Above Header
Above News Title

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

बरघरको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी दोहरिए

मटाँवा, बरघर, भल्मन्सा संघको केन्द्रीय अध्यक्षमा पुनः डिल्लीबहादुर चौधरी चयन भएका छन् । 

दंगीशरण गाउँपालिका–३, चखौरास्थित थारु संग्रहालय परिसरमा माघ २६ र २७ गते भएको मटाँवा, बरघर, भल्मन्सा संघको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । 

यसैगरी, समितिमा वरिष्ठ उपाध्यक्ष विनयकुमार चौधरी (कैलाली), उपाध्यक्ष धीरेन्द्र डंगौरा (कञ्चनपुर), महासचिव मथुराप्रसाद थारु (बर्दिया), सचिव केशवा थारु (बाँके) चयन भएका छन् ।

उता सदस्यमा आशाराम थारु (कपिलबस्तु), रामबलि चौधरी (रुपन्देही, सुनिता डंगौरा (कञ्चनपुर), कैलालीबाट यज्ञराज चौधरी, विमला डंगौरा र गणेश चौधरी, बाँकेबाट सुशील चौधरी र फुलकुमारी चौधरी, दाङबाट चन्द्रप्रसाद चौधरी, मनकुकमारी चौधरी, जगवीर चौधरी र यमबहादुर चौधरी, दुर्गाबहादुर थारु (सुर्खेत), बर्दियाबाट लखनप्रसाद वैद्य, माघुराम थारु तथा मोतिराम चौधरी रहेका छन् । विधानअनुसार उपाध्यक्ष, कोषाध्यक्ष, सचिव पद अझै पनि खाली रहेको छ । 

कतिपयले बरघर नभएकाहरु पनि मटाँवा, बरघर, भल्मन्सा संघको कार्यसमितिमा बस्ने लोभ गर्नु अशोभनीय रहेको टिप्पणी गरे । उता, कार्यक्रमको सहजीकरण गरेका वेसका कार्यकारी निर्देशक चूर्णबहादुर चौधरीले कार्यसमितिमा ९९ सय प्रतिशत बरघरहरु नै रहेको बताए । मुख्यमन्त्री भइसकेका डिल्लीबहादुर चौधरी संघको संरक्षक भएर बस्नु पर्नेमा पुनः अध्यक्षको जिम्मेवारी लिनु ठिक नभएको एक सहभागीको भनाई थियो । नयाँ कार्यसमितिको नामावली घोषणापछि निर्वाचन समितिका संयोजक हल्लुप्रसाद चौधरीले शपथ खुवाउन खोजेका थिए । तर, अध्यक्ष डिल्लीबहादुर चौधरी नामावली घोषणा अगावै बाहिरिएकाले शपथ कार्यक्रम नै भएन । 

मटाँवा, बरघर, भल्मन्सा संघको बन्द सत्रको उद्घाटन नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले गरेका थिए । त्यस्तै, भेलालाई पूर्वमन्त्री दीपक गिरी, लुम्विनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मेजय तिमिल्सिना लगायतले सम्बोधन गरेका थिए । सत्रको अध्यक्षता लुम्विनी प्रदेश सभाका सभामुख पूर्णबहादुर घर्ती मगरले गरेका थिए ।

माघ २६ पहिलो दिनको उद्घाटन सत्रमा करिब १४० नाच इन्ट्री गरिएको थियो । समय नपुग्दा कतिपय टोली नृत्य प्रदर्शन नगरी फर्किएको थियो । कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका थिए । 

प्रकाशित:

२१५ दिन अगाडि

|

२७ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१०६७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

११०२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

११११ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१०६६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१०१६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१०७२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१००४ दिन अगाडि

|

२७ मंसिर २०७९