Above News Title

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

गुर्जिह्वा गाउँमा चुनिए रमन चौधरी ककन्डार 

माघ १४ गते सोमवार दाङदेउखुरी, लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको भुरा खेलले ककन्डारमा रमन (जगनारायण) चौधरी चुनिएका छन् । 

विगत २ वर्षदेखि ककन्डार रहेका मंगलप्रसाद चौधरी, वडासदस्य लीला चौधरी लगायतले नवनिर्वाचित ककन्डार रमन तथा टोल अघारीहरुलाई माला, टीका लगाइदिएका थिए । 

त्यस्तै, अघारीमा रगिता चौधरी (गुर्जिह्वा), रामबहादुर चौधरी (भुरीपुर), मनिराम चौधरी (पठरपुरवा), विमला चौधरी (चारघरुवा), स्याने चौधरी (छुटकी घुम्ना) चुनिएका छन् । गुर्जिह्वा, भुरीपुर, पठरपुरुवाको तथा छुटकी घुम्नाको आंशिक कुलोपानी एउटैमा लाग्ने गर्छ । यी गाउँको कुलोपानी एउटैमा लाग्ने भएकाले मूल ककन्डार एकजनालाई चुन्ने गरिएको छ । 

खोज्नी बोज्नी कार्यक्रमले रमन चौधरीको अगुवाईमा कुलो लाग्ने सबै गाउँका अघारी, गुरुवा पनि सदस्य रहने गरी १७ सदस्यीय गाउँ सुधार समिति पनि बनाइएको छ । जसको सल्लाहकारमा पूर्व ककन्डार मंगलप्रसाद चौधरी रहेका छन् । 

कार्यक्रममा थारु साहित्य–संस्कृति प्रतिष्ठानका कार्यकारी निर्देशक डा कृष्णराज सर्वहारील ककन्डार समितिमा महिला, युवाहरुलाई पनि समावेश गरेकोमा प्रशंसा गरे । श्री बाल जनता उच्च माविको व्यवस्थापन समितिका अध्यक्ष विक्रम चौधरी, रेशम चौधरी लगायतले सम्बोधन गरेको कार्यक्रमको सहजीकरण खेमलाल चौधरीले गरेका थिए । 

गाउँको कुलोको ठेक्का रामप्रसाद चौधरीले प्रतिकट्ठा रु ३४९ मा हात पारे । प्रगन्ना कुलोलाई दिइने रु १५ सहित उनले ३६५ रुपैया प्रतिकट्ठा पनकर उठाउन पाउने छन् । 

प्रकाशित:

५९३ दिन अगाडि

|

१५ माघ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३३ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६८ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७७ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३२ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८२ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३८ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७० दिन अगाडि

|

२७ मंसिर २०७९