Above News Title

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

डा सर्वहारीलगायत विभिन्न व्यक्तित्व सम्मानित 
घुम्ना सामुदायिक वन उपभोक्ता समुहको साधारण सभा सम्पन्न

घुम्ना सामुदायिक वन उपभोक्ता समुहको १५ औ साधारण सभा पुस २० गते समूहको कार्यालय परिसरमा सम्पन्न भएको छ । 

कार्यक्रमका प्रमुख अतिथि डिभिजन वन कार्यालय लमही, देउखुरीका प्रमुख महेन्द्रराज  वाग्लेले बिचमा अस्तित्व हराएको वन व्यवस्थापनलाई पुनस्थापन गरेकोमा समूह नेतृत्वको प्रशंसा गरे । 

डा कृष्णराज सर्वहारीले घुम्ना सामुदायिक वन उपभोक्ता समुहले वन संरक्षणमा केन्द्रित रहेर कथा, निवन्ध, कवितालगायत प्रतियोगिता गराउन तथा वनसंग संस्मरण जोडिएको विषयबस्तु समेटेर स्मारिका प्रकाशन गर्न सुझाए । 

कार्यक्रममा वडा प्रहरी कार्यालय लमहीका प्रमुख प्रकाश भुसाल, लमही–४ का वडासदस्य भोजराज चौधरी, बुट्कह्वाका ककन्दार मुकेश चौधरी लगायतले शुभकामना दिएका थिए । 

घुम्ना सामुदायिक वनका अध्यक्ष हल्लुप्रसाद चौधरीको अध्यक्षतामा भएको कार्यक्रमा उनले बार्षिक प्रगति प्रतिवेदन तथा भावी योजना तथा कोषाध्यक्ष राजकुमार चौधरीले २०८१/२०८२ को आय ब्यय प्रस्तुत गरेका थिए । गत वर्ष १९ लाख ५ हजार १०५ रहेको तथा खर्च १६ लाख ६२ हजार ११० भई २ लाख ४२ हजार ९९५ मौजदात रहेको जानकारी दिइयो । होम स्टे, राप्तीमा डुंगा सवारी, गाउँलाई पर्यटकीय हब बनाउने लगायत योजना रहेको छ ।

सोही कार्यक्रममा दाङदेउखुरी, लमही–४, बरका घुम्ना, छुट्की घुम्ना, बुट्कह्वा गाउँको ककन्दार समितिकता तर्फबाट गाउँका विभिन्न क्षेत्रमा योगदान पुर्याउने ब्यक्तिहरूलाई सम्मान गरियो ।

जसमा थारू साहित्य, संस्कृतिमा संरक्षण पुर्याएको तथा विद्यावारिधि हासिल गरेकोमा डा कृष्णराज सर्वहारीलाई, धर्मलाई संरक्षण गर्ने गुरुवाद्वय सुवेदार चौधरी तथा तुलसीराम चौधरी, पूजारी रौइनी चौधरी, घुम्ना सामुदायिक वनका संस्थापक अध्यक्ष मिश्रुलाल चौधरी, गायिका वसन्ती चौधरी लगायत सम्मानित भए । 

साथै, सोही कार्यक्रममा महेन्द्र चौधरीको संयोजनमा महिलाहरूको ढकिया दौड, बालबालिकाहरूलाई चकलेट दौड र ब्यालुन फोर्ने, पुरूषहरूलाई घैटाफोर प्रतियोगिता गरी पुरस्कृत पनि गरियो ।

सभाको सहजीकरण सचिव सीता चौधरी तथा स्वागत उपाध्यक्ष शिव प्रसाद चौधरीले गरेका थिए । 


 

प्रकाशित:

६६२ दिन अगाडि

|

२१ पुष २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९