Above News Title

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

कपिलबस्तुका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम 

राम अवतार चौधरी

पर्यटन डिभिजन कार्यालय रुपन्देहीले कपिलबस्तुका थारु जातिका बरघरहरुलाई नेतृत्व तथा क्षमता विकास सम्बन्धि तालिम वैशाख ३१ बाट सुरु गरेको छ । कपिलबस्तुको बुद्धभूमि नगरपालिका–२, गोरुसिंगेमा सुरु भएको ५ दिने तालिम जेठ ४ गतेसम्म चल्नेछ । 

सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य जन्जिर प्रसाद थारुले बरघर प्रथा लोपोन्मुख अवस्थामा रहेकाले राज्य यसको संरक्षणमा चुकेको बताउनुभयो । पछिल्लो समुदाय बरघर प्रथा लोप हुँदै गएकोप्रति चिन्ता व्यक्त गर्दै संरक्षण गर्न आवश्यक रहेको उहाँले जिकिर गर्नुभयो । थारु समुदायको हक हितका लागि बरघर प्रथा आवश्यक रहेको समेत थारुले उल्लेख गर्नुभयो। 

थारु समुदायको संस्कृति, सभ्यता र पहिचानलाई बचाएर राख्नका निम्ति बरघरहरुको सशक्त नेतृत्व विकास हुन आवश्यक रहेको केन्द्रिय सदस्य थारुले जनाउनुभयो । बरघरले गाउँघरमा हुने गरेका स–साना घटना न्यूनीकरण गर्न सकारात्मक भूमिका निर्वाह गरेको उहाँले जनाउनुभयो । समुन्नत समाजमा सकारात्मक भूमिका खेल्ने बरघर प्रथालाई टोल विकास संस्थाले विस्थापित होइन, सशक्त बनाउनुका साथै पूर्णरुपमा कानुनी दायरामा ल्याउनुपर्ने उहाँको भनाई छ ।

यस्तै उद्घाठन सत्रमा थाकसकी केन्द्रिय सदस्य सुमित्रा थारुले खासगरी थारु समुदायको अस्तित्व जोगाउने युवा पुस्ता गैरजिम्मेवार देखिएको बताउनुभयो । उहाँले पुर्खौली रीतिरिवाज बचाउन सबै थारु समुदायका अगुवा एक हुन जरुरी रहेको धारणा राख्नु भयो । थाकस कपिलवस्तु जिल्ला सभापति पवन कुमार चौधरीले थारु बाहुल्यता रहेको पालिकामा पालिकास्तरीय बरघर समिति गठन गर्ने र स्थानीय सरकारसँग समन्वय गर्दै क्षमता विकास तथा संस्कृति संरक्षणका कार्यक्रमहरू गर्ने योजना रहेको बताउनुभयो । 

पहिलो चरणमा बरघरहरुलाई नेतृत्व क्षमता विकास तालिम सकिएको तथा यो दोस्रो चरणमा सीपमूलक तालिम सञ्चालन भइरहेको पर्यटन डिभिजन कार्यालय रुपन्देहीका अधिकृत जनक राज खनालले जानकारी दिनुभयो । तालिममा कपिलवस्तुको विजयनगर, शिवराज, र बुद्धभूमि लगायत पालिकाका विभिन्न गाउँका ३ दर्जन बरघर तथा थारु समुदायका अगुवाहरूको सहभागिता रहेको पर्यटन डिभिजन कार्यालयले जनाएको छ । पर्यटन डिभिजन कार्यालय रुपन्देहीकी प्रमुख गीता आचार्यले थारु बरघरको काम गर्ने शैलीबाट अरु समुदायले पनि सिक्नुपर्ने धारणा राखिन् । कार्यालयका लेखा अधिकृत बिनोद पौडेलले सबैलाई स्वागत गरेका थिए ।

तालिमका प्रशिक्षक डा कृष्णराज सर्वहारीले तालिमाको पहिलो र दोस्रो दिनमा थारु जातिको इतिहास, थारु बरघरले गर्नुपर्ने काम कर्तव्य र अधिकार, असल बरघरको गुण र भूमिका, थारु भाषा, कला, संस्कृतिको संरक्षण, थारुका परम्परागत प्रथा चलन र क्षमता विकास लगायतबारे विषयमा प्रशिक्षण दिए । 

प्रकाशित:

८९८ दिन अगाडि

|

१ जेठ २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९