Above News Title

भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

भलमन्सा प्रणालीको संरक्षणमा कुनै कसर बाँकी राख्तिनः अध्यक्ष चौधरी 

कैलालीको कैलारी गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले भलमन्सा प्रणाली समाज सञ्चालनको अति लोकतान्त्रिक विधि भएकोले यसको संरक्षण र सम्बद्र्धनमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता गरेका छन् ।

आदिवासी जनजातिहरुको मानव अधिकारसम्बन्धि वकिल समुह (लाहुर्निप) र थाकस कैलारी गाउँपालिकाद्वारा बुधबार वैशाख १२ गते आयोजित एक छलफल कार्यक्रममा बोल्दै अध्यक्ष चौधरीले उक्त प्रतिबद्धता गरेका हुन् । 

भलमन्सा अर्थात् थारु गाउँका बरघरहरुलाई सक्रिय र सशक्त बनाउन उनीहरुलाई आवश्यक पर्ने पुस्तक तयारीको लागि छलफल डाकिएको थियो । छलफलमा भलमन्सा प्रणाली के हो ? लोकतान्त्रिक भलमन्सा प्रणालीलाई जोगाउन किन आवश्यक छ ? यसलाई सक्रिय र सशक्त बनाउन लाहुर्निप, थाकस र पालिकाको भूमिका किन जरुरी छ ? उनीहरुका लागि कस्तो पुस्तकको आवश्यकता छ ? आदि बिषयमा छलफल भएको थियो । 

छलफलको अन्त्यमा पालिका अध्यक्ष चौधरीले लाहुर्निपले उठान गरेको राम्रो सवालको सम्बोधनमा स्थानीय सरकार पछि नहट्ने, नीतिगत निर्णय मात्रै होइन, पालिका तन मन धनले समेत सहयोग गर्ने प्रतिबद्धता जाहेर गरे । उनले भलमन्साहरुलाई आवश्यक हुने पुस्तक प्रकाशनको लागि पालिकाको पूर्ण सहयोग रहने बताए । 

सहभागीहरुले पुस्तकमा भलमन्साका कार्यवधि, कर्तव्य, दायित्वसमेत उल्लेख हुनुपर्ने सल्लाह दिएका थिए । छलफलमा कैलारी गाउँपालिकाका कानुनी सल्लाहकार अधिवक्ता जोहारीलाल चौधरी र लाहुर्निपका संस्थापक सदस्य सर्जुप्रसाद चौधरीले बिषयबस्तुको उठान गरेका थिए भने लाहुर्निपका कैलाली सहजकर्ता दिलबहादुर चौधरीले छलफलको उद्देश्यबारे प्रकाश पारेका थिए ।

कार्यक्रम थारु कल्याणकारिणी सभा कैलारीका सभापति अशोक चौधरीको सभापतित्वमा भएको थियो ।   
   
प्रकाशित:

८२६ दिन अगाडि

|

१४ वैशाख २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९