दाङदेउखुरी लमही नगरपालिका–४, गुर्जिह्वा गाउँको ककनडार (बरघर)मा मंगल चौधरी पुनः चयन भएका छन् ।
माघ १३ शनिवार बसेको गाउँको भुरा खेलले मंगल चौधरी पुनः चयन भएका हुन् । गत वर्ष पनि ककनडार रहेका उनले गाउँलेले पुनः विश्वास गरी नेतृत्व गर्ने अवसर दिएकोमा आभार व्यक्त गरे ।

ककनडारका अर्का प्रत्याशी विक्रम चौधरीले उम्मेदवारी फिर्ता लिदै जसले नेतृत्व लिए पनि गाउँको समग्र विकासमा दिलोज्यान दिएर लाग्नुपर्ने बताए । उनले गुर्जिह्वा गाउँको सिँचाई प्रणालीमा झरन पानी मात्रै भएकाले मूल कुलोबाट सिँचाईको लागि प्रगन्ना सिँचाई आयोजनासँग ककनडारबाट पहल गरिनुपर्ने धारणा राखे ।
यसैगरी कुलो सरसफाईका लागि कुलराज चौधरीले ठेक्का हात पारे । ४ जनाले टेण्डर दिएकोमा उनले ३६८ रुपैया ५० पैसा प्रति कट्ठा पनकर लिने शर्तमा ठेक्का पाएका हुन् । गुर्जिह्वा टोलअन्तर्गत भुरीपुर, पत्थरपुवा, चारघरुवा टोल रहेकोमा ती टोलका बरघर पनि चयन भएका छन् ।

यसैबीच, दाङको लमही नगरपालिकाको महटावाँ÷बरघर प्रणालीसम्बन्धी ऐन यही माघभित्र बस्ने नगरपालिका परिषदले पास गर्ने लमही नगरपालिकाका मेयर जोगराज चौधरीले जानकारी दिएका छन् ।
प्रकाशित:
१००५ दिन अगाडि
|
१४ माघ २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९