सरला चौधरी
माघ पर्वको तेस्रो दिन थारू समुदायमा छोरीचेलीलाई निसराउ दिन जाने परम्परा रहेको छ । तर, समय परिवर्तनसँगै यो परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।
माघ लाहानपछि नदी किनारमा पूजा गरी मटावा वा मान्यजनको हातबाट सेतो टीका लगाई एकापसमा आर्शीवाद लिने गरिन्छ । स्नानपछि घरमा आएर चामल, नुन र मासको दालको निसराउ काहार्ने गरिन्छ ।
लाहानको दिन काह्रेको निसराउ भोलिपल्ट विवाहित छोरीचेलीलाई कोसेलीको रुपमा चामल, मिठो परिकार र दक्षिणासहित निसराउ दिन जाने परम्परा रहेको छ । उता छोरी चेली पनि माइती आउने आसमा मिठा भोजन तयार पारी माइतीको राम्रो सत्कार गर्ने परम्परा छ । माघ पर्व थरू समुदायमा धुमधामको साथ मनाइए ता पनि निसराउ दिन जाने परम्परा भने लोपोन्मुख अवस्थामा रहेको छ ।
दाङदेउखुरी लमही–७, सतबरिया उचानिम्वु निवासी देवी चौधरीको अनुसार पहिला छोरी चेलीलाई अनिवार्य रुपमा माघमा निसराउ दिन जाने परम्परा थियो । उनले भनिन्, म पनि पहिला आप्नो नन्दहरुलाई निसराउ दिन गएँ तर अब छोरीहरुको पालोमा निसराउ दिन जाने गरेको छैन । यो परम्परा हराउन लागिसक्यो ।
निसराउ मात्र हैन, अब थारू परम्परागत गीत, बाजागाजा पुराना गरगहना पोशाक पनि हराउँदै छ । वर्तमान अवस्थामा युवायुवतीहरु डीजे लगाएर नाच्ने गरेको देवी चौधरीले बताईन् ।

देवी चौधरीसँग कुराकानी गर्दै सञ्चारकर्मी सरला चौधरी ।
थारू समुदायमा माघको पहिलो साताभित्र प्रत्येक घर तथा गाउँमा विगतको घरायसी तथा सार्वजनिक कामको समीक्षा गरिन्छ । साथै, आउँदो वर्षको लागि नयाँ योजना बनाउने काम पनि गरिन्छ । थारू जातिले माघ पर्वलाई नयाँ वर्षको साथै मुक्ति दिवसको रुपमा पनि मनाउने गर्दछन् ।
प्रकाशित:
८६४ दिन अगाडि
|
२ माघ २०८०
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
८ दिन अगाडि
|
८ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९