हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले माओवादी जनयुद्धका क्रममा म्याग्दीको बेनी आक्रमणमा गोली लागेको बिजुलीको पोल फिर्ता गरेका छन् ।
म्याग्दीको सदरमुकाम बेनीमा तत्कालीन माओवादी र नेपाली सेनाबिच २०६० चैत ७ गते भएको भिडन्तमा दुवै पक्षको गोली लागेर छिया छिया भएको बिजुलीको पोल म्याग्दी फिर्ता पठाएका हुन् ।
बिहीबार दीक्षितले बेनी नगरपालिकाका प्रतिनिधिलाई सो पोल हस्तान्तरण गरेका हुन् । उनले २०६७ साल असोजमा म्याग्दीबाट गोली लागेको बिजुली ल्याएर पाटनमा राखेका थिए ।
दीक्षितले सामाजिक सञ्जालमा ‘बेनीको खम्बा घर फर्कँदै’ शीर्षकमा सो पोल बेनी नगरपालिकालाई हस्तान्तरण गरेको विवरण राखेका छन् । पाटनको मदन पुरस्कार पुस्तकालय हाताभित्र राखिएको उक्त बिजुलीको पोल फिर्ता गराउन म्याग्दीको नगरपालिका, राजनीतिक दल, अधिकारकर्मी र नागरिक अधिकारकर्मीले पटक पटक आग्रह गर्दै आएका थिए ।
फिर्ता लगिएको बिजुलीको पोल बेनी नगरपालिका वडा नम्बर ७ मा बन्न लागेको शान्ति पार्कमा राखिने बेनी नगरप्रमुख सुरत केसीले जानकारी दिएका छन् ।
प्रकाशित:
१०११ दिन अगाडि
|
२१ मंसिर २०८०
१० घण्टा अगाडि
|
२८ भदौ २०८३
१३ दिन अगाडि
|
१५ भदौ २०८३
१५ दिन अगाडि
|
१३ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
७ भदौ २०८३
३० दिन अगाडि
|
२९ साउन २०८३
४१ दिन अगाडि
|
१८ साउन २०८३
१४३३ दिन अगाडि
|
२५ असोज २०७९
१४६८ दिन अगाडि
|
२१ भदौ २०७९
१४७७ दिन अगाडि
|
१२ भदौ २०७९
१४३२ दिन अगाडि
|
२६ असोज २०७९
१३८२ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३८ दिन अगाडि
|
२० असोज २०७९
१३७० दिन अगाडि
|
२७ मंसिर २०७९