Above News Title

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

थारू सुमदायमा आज अनत ब्रत मनाइँदै

मणिराज महतो

चितवन, नवलपुर(पूर्वी नवलपरासी) देखि कैलाली सम्मकाका थारुहरुले मनाउने अनत पाबन भदौ महिनाको शुक्ल पक्षको चतुर्दशी तिथिमा मनाइने ब्रत हो। 

यो बर्ष असोज ११ गते  आज अनत पर्व परेको छ। यस दिन बिशेष गरेर थारूहरूले ब्रत बसेर पिङ (हेणौला) खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर ब्रत राख्ने चलन रहेको छ।

अनतको ब्रत राख्ने पुरुषहरुले १४ गाँठो भएको अनतको डोरो दाहिने पाखुरामा बाध्ने र ब्रतालु महिलाहरुले बायाँ पाखुरामा बाध्ने चलन रहेको छ। यसरी बाँधेको अनतको डोरो अमोसा(पितृऔंसी) मा बिसर्जन गर्ने चलन रहेको छ।

अनतको डोरो बाँधेको ब्यक्ती ले डोरो बाँधेपछि अमोसा(पितृ औंसी) सम्म शाकाहारी जीवन बिताउनु पर्ने चलन रहेको छ।

कथा: 

जब पाण्डवहरुले जुवामा आफ्नो राजकाज हारेर बनवासको कष्टकर जीवन बाँचिरहेका थिए तब भगवान श्रीकृष्ण ले पाण्डवहरुलाई भगवान अनन्तको ब्रत राख्न सल्लाह दिएका थिए र पाण्डवहरु आफ्नो बनवासको समयमा १४ बर्ष सम्म हरेक साल अनत पाबनको दिन भगवान अनन्तको डोरो बाँधेर बिधिवत ब्रत राखेका थिए र यसैको प्रभावले गर्दा पाण्डवहरुले महाभारत को युद्ध मा बिजयी भएका थिए र आफ्नो गुमेको राजकाज फिर्ता पाउन सफल भएका थिए। तत्पश्चात सबैले अनत ब्रत लिन थालिएको पौराणिक कथा र किम्बदन्ती रहेको छ।

ब्रत बिधि:

अनतको अघिल्लो दिन बिहान स्नान गरी चोखो बस्नुपर्दछ जसलाई लहा खाने भनिन्छ र त्यही राती पिङ बाटेर अनतको दिन को तयारी गरी राती नै भाले बास्नु अगाडी मिठो मिठो परिकारहरुको डटकट खाएर शुरु गरिन्छ। अनतको दिन सफा बस्त्र धारण गरेर पिङ खेल्ने, भोदी खेल्ने र अनतको डोरो बाँधेर बेलुकीपख स्नान गरी फरहर गर्ने चलन रहेको छ।

बेलुकीपख ब्रतालुले स्नान गरेर आइ फरहर गर्ने ठाउँमा गाईको गोबरले लिपपोत गरी त्यसै माथी पिर्का मा बसेर केराको पातमा चिउरा, दुधदही, केरा आदि फलफूल हरु भगवान अनन्तको पूजापाठ गरेर फरहर गर्ने गर्दछन। फरहरमा नुन बर्जित गरेको पाइन्छ।

ब्रतफल: 

यस दिन ब्रत बस्नाले गुमेका धन सम्पत्ति, राजपाट, यश, आराम, आदि प्राप्त हुने, बिष्णुलोक प्राप्त हुने र सधै सत्यको जित हुने गर्दछ भन्ने जनविश्वास रहदै आएको छ। 

नवलपुर(पूर्वी नवलपरासी) को कावासोती नगरपालिका, मध्यबिन्दु नगरपालिका र देवचुली नगरपालिका, कैलालीको जोशीपुर गाउँपालिका लगायतले अनत (अनत्तर) पर्वको अवसरमा आज विदा दिएका छन् ।

कावासोती

प्रकाशित:

११२७ दिन अगाडि

|

११ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९