नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका रेशमलाल चौधरी र लक्ष्मण चौधरी थारू विरुद्ध उजुरी परेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बर्दिया निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका रेशमलाल र कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका लक्ष्मण चौधरीविरुद्ध उजुरी परेको हो ।
रेशमको मनोनयनविरुद्ध माओवादी केन्द्र निकटका उम्मेदवारले उजुरी दिएको बताइएको छ । त्यस्तै, लक्ष्मण चौधरीविरुद्ध धनगढी उपमहानगरपालिका १५ ठेगाना रहेका स्वतन्त्र उम्मेदवार रामबहादुर सिंहले उजुरी दिएको सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए ।
आइतबार उम्मेदवारी मनोनयन गरेका उम्मेदवारविरुद्ध आज सोमबार १० देखि ३ बजेसम्म दाबी विरोधको समय तोकिएको थियो । टीकापुर घटना मुद्दामा जिल्ला अदालत कैलाली र उच्च अदालत दिपायलबाट दोषी ठहर भइ जेल जीवन बिताइरहेका रेशमलाल र फरार सूचीमा रहेका लक्ष्मण चौधरीले वारेस नाममार्फत उम्मेदवारी दिएका थिए । टीकापुर घटना सम्बन्धी मुद्दा हाल सर्वोच्च अदालतमा विचाराधीन छ ।
२०७४ को निर्वाचनमा रेशमलाल चौधरीले कैलाली निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित भएका थिए । लक्ष्मण चौधरी कैलाली कारागारबाट कैलाली निर्वाचन क्षेत्र नं. ५ बाट उम्मेदवारी दिएका थिए । मंगलबार उजुरीउपर जाँचबुझ गर्ने बताइएको छ । ५ प्रतिनिधि र १० प्रदेश सभा निर्वाचन क्षेत्र रहेको कैलालीमा ४८ जनाले प्रतिनिधि सभा र ९६ जनाले प्रदेशसभा सदस्यको लागि उम्मेदवारी दिएका छन् ।

प्रकाशित:
१३९१ दिन अगाडि
|
२४ असोज २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३९ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९५ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९