धनगढी : जिल्ला प्रशासन कार्यालय कैलाली र अछामले आगामी कार्तिक ५ गतेभित्र इजाजत प्राप्त हातहतियारहरु बुझाउन निर्देशन दिएको छ ।
ती जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै मंसिर ४ गते हुने प्रतिनिभि सभा तथा प्रदेश सभा निर्वाचनको सुरक्षा व्यवस्थालाई मध्यनजर गर्दै हातहतियार बुझाउन निर्देशन दिएका हुन् ।
निर्वाचनलाई स्वच्छ, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्न सुरक्षा व्यवस्थापन गरी भयरहित वातावरण सृजना गर्नु अपरिहार्य रहेकाले कार्तिक ५ गतेभित्र जिल्लाभित्र रहेका इजाजत प्राप्त हातहतियार नजिकको प्रहरी इकाइमा बुझाउन सूचनामार्फत भनिएको छ । बुझाइएका हातहतियार सुरक्षित राखिने र निर्वाचनपछि हतियार धनीलाई नै फिर्ता गरिने पनि सूचनामा उल्लेख छ ।
त्यस्तै कसैले बिना इजाजतका भरुवा तथा एयर गन बन्दुक राखेको भए पनि स्वस्फूर्त रुपमा प्रहरी इकाइहरुमा बुझाउन भनिएको छ । निर्धारित समयभित्र हातहतियार नबुझाए कानुन बमोजिम कारबाही गरिने जनाइएको छ ।
प्रकाशित:
१४८९ दिन अगाडि
|
१५ असोज २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९