धनगढी : अविरल वर्षापछि कैलालीको मोहना र खुटिया नदीमा आएको बाढीमा फसेका २९ जनाको उद्धार गरिएको छ ।
धनगढी उपमहानगरपालिका १८ नुक्लीपुरस्थित मोहना र खुटिया नदीको दोभानमा आइतबार साँझ करीब ६ बजे अचानक बाढी आउँदा २९ जना बाढीमा फसेका थिए ।
धनगढी उपमहानगरपालिका १८ का वडाध्यक्ष भुवन रिजालका अनुसार फूलबारी डिपो बजार भन्दा २ किलोमिटर पश्चिममा पर्ने सो दोभान क्षेत्रमा फसेकाहरुको उद्धार गरिएको छ ।
पहिलो लटमा १६ जनाको र दोस्रो लटमा १३ जनाको सकुसलै उद्धार गरेको सशस्त्र प्रहरीका प्रहरी नायव उपरीक्षक किसन टेरले जानकारी दिए ।
अन्ध्यारो भइसकेको समयमा नदीमा फसेकाहरुको आवाजको भरमा उद्धार गरिएको टेरले जानकारी दिए । उनीको उद्धार कार्य नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले गरेको हो ।
सो क्षेत्र नदी तटीय क्षेत्र हो । नदी पारि गाई बस्तु चराउन गएका तथा भारत गएकाहरु फर्किने क्रममा नदीमा फसेका हुन् ।
प्रकाशित:
१४०५ दिन अगाडि
|
९ असोज २०७९
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
७ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३९० दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९