काँग्रेसको सहमहामन्त्री रहेका खानेपानी मन्त्री उमाकान्त चौधरीलाई बारा जिल्ला काँग्रेस कमिटिले साधारण सदस्य पनि नरहने गरी मंगलबार निलम्वन गरेको छ ।
स्थानीय चुनावमा अन्तर्घात गरेर राजापुर नगरपालिकाका काँग्रेस उम्मेदवार दीपकजंग शाहलाई हराएको अभियोग लगाउँदै डा गोपाल दहितलाई काँग्रेस बर्दियाको अनुशासन कमिटीले स्पष्टीकरण सोधेको तरंग सेलाउन नपाउँदै खानेपानी मन्त्री उमाकान्त चौधरी पनि कार्वाहीमा परेका हुन् । उनलाई पनि पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ ।
डा दहितलाई पार्टीले स्पष्टीकरण मात्र सोधेको थियो, जुन उनले दिएनन् । तर मन्त्री चौधरीलाई भने साधारण सदस्य पनि नरहने गरी निलम्वन नै गरिएको छ ।
अनुशासन समितिका बारा जिल्ला संयोजक अरुणकुमार यादवको नेतृत्वमा बसेको बैठकले मन्त्री चौधरीलाई निलम्वन गर्ने सिफारिश गरेको हो । निलम्वन गरिएको पत्र केन्द्रीय अनुशासन समितिमा पठाइएको छ ।
तर मन्त्री चौधरी निकट स्रोतले पार्टीको सहमहामन्त्री जस्तो व्यक्तिलाई जिल्ला अनुशासन समितिको कार्वाहीको निर्णयको कुनै अर्थ नरहने जनाएको छ । सहमहामन्त्री चौधरी कृष्णप्रसाद सिटौला निकट मानिन्छन् । सिटौला निकट एक विद्यार्थी नेताले भने, अर्कै गुटले चुनावमा सिट हत्याउन कार्वाहीको नाटक गरेको हो । यसको कुनै अर्थ छैन । टिकट मन्त्री चौधरीले नै पाउनुहुनेछ ।
पार्टीको केन्द्रीय सदस्य रहेका डा दहितको टोलीले जिल्लाबाट कार्वाही गरिएको बारे पार्टी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई काठमाडौंमा भेटेर अवगत गराउँदा केन्द्रीय सदस्यलाई जिल्लाबाट कार्वाही गर्ने अधिकार नरहेकाले ढुक्क भएर पार्टी काममा लाग्न आश्वासन दिएका थिए ।
प्रकाशित:
१५०६ दिन अगाडि
|
२८ भदौ २०७९
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९