Above News Title

भाषा फराकिलो र सहज हुनु बेस

भाषा फराकिलो र सहज हुनु बेस

थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीस्थित सर्वोदय पुस्तकालय तथा वाचनालयमा ।

पोमराज शर्मा

पूर्व मेचीदेखि पश्चिम महाकाली अनि उत्तर हिमशैलदेखि दक्षिणको धानकौली तराईसम्म लमतन्न परेको यस देवभूमिमा बस्ने हरेकले मेरो देश नेपाल अनि म नेपाली भनी गर्वले आफ्नो ढुकुरे छाती नि ढक्क फुलाएर शिर ठाडो बनाउँछन् । हरेकका मातृभाषा जन्मजात आर्जित छ । यसमा कसैले न घमण्ड न कसैले होची अर्घेल्यायी गर्नु छ।

जुम्लाको सिँजाबाट प्रसारित खसभाषा जति फैलियो त्यति परिस्कृत र परिमार्जित हुने सुअवसर प्राप्त गर्यो । सुदूरपश्चिमको डोट्याली भाषा होस् वा पर्वते, झापाली अथवा सुदुर पूर्वेली दार्जिलिङे भाषामा खसभाषाको कुनै छेकछन्द छैन। तर पनि नेपाल र नेपाली शब्दसँग रक्त सम्बन्ध हुनेलाई मुटु जत्तिकै प्यारो लाग्छ। भाषाका विद्यार्थी वा शिक्षक जो कसैले पनि कुनै भाषा प्रति आक्रोश ,आक्षेप र विष बमन गरेमा कदवृद्धि नभइ आफ्नै विद्वत्तालाई अवमूल्यन गर्नु हो ।

थारु भाषाको पाठ्यक्रम तथा पाठ्यपुस्तक बनाउने  बारबर्दिया नगरपालिकाको मस्यौदा टोली छलफलको क्रममा घोराहीमा छलफलपछि।

हरेक भाषा कथ्यमा मात्र सीमित भए उसको अस्तित्व अनिश्चित हुन्छ । अतः हरेक भाषाविद्को दायित्व हो भाषालाई युगानुकुल लिपिबद्ध गर्नु। भाषालाई व्याकरणिक अनुशासनमा बाँधेर जटिल अनि असहज बनाइ नवसिकारुलाई किलिष्ट पारिनु हुदैन । त्यस्तै  भाषालाई सहज बनाउने भन्दैमा भाषिक अराजकता सिर्जना पनि गरिनु हुदैन ।
 

नेपालको संविधानमै मातृभाषाको संरक्षण, सम्वर्द्धन र  विकासका लागि आवश्यक पहल गर्न निर्दिष्ट गरेको छ। जसका लागि  विभिन्न स्थानीय निकायले आफ्नो प्राथमिकता राखिरहेका छन् ,जसलाई अन्यथा लिनु हुदैन । हरेक बालबनिता, युवायुवती बृद्धबृद्धा जो कोहीले जुनसुकै उमेरमा जति धेरै भाषाको ज्ञान हासिल गर्छ, उसको बौद्धिकताको आयतन र परिधिको क्षेत्रफल वृद्धि हुनेमा कुनै शङ्का छैन ।तपाईंलाई जति धेरै भाषाभाषीसँग समागम हुने अवसर र मौका मिल्दछ, सम्झनुस् तपाईं भाग्यमानी हो । नौतुनवा, गोरखपुर, रुपैडिया, बलैगाँउ, गौरीफण्टा र बनबासा गएर कनिकुथी हिन्दी बोल्दा महान भाषिक दक्षता प्राप्त गरेको बौद्धिक व्यक्तित्व  महसुस गर्नेले आफ्नै छिमेकीको मातृभाषाको रुपमा रहेका कोचिला थारु, दगाहा थारु,देउखुरीया धारु,देसौरी थारु र राना थारु भाषाका विषयमा चर्चा परिचर्चा हुँदा निधार खुमच्यानु पर्ने कुनै कारण देखिदैन ।

हरेक भाषामा मानक र मानकीकरणका कुरा चल्नु स्वभाविकै हो । तर जुन भाषा कथ्यमा व्यापकता तर लेख्यमा अझै सङ्कुचन छ, त्यस भाषा विकासको प्रारम्भिक चरणमा नै मानकीकरणको कुरा उठाउनु पनि अप्रत्यक्ष रुपमा भाषा विकासमा अवरोध सृजना गर्नु हो भन्ने लाग्छ ।

बाँके, बर्दियामा जन्मे हुर्केका व्यक्ति हुन वा सरल जीवनको सपना बुनी  नयाँवस्ती सरेका देसारु हुन वा जागिरे जीवनका क्रममा  वस्ती सरेका नवआगन्तुक सबैले यस क्षेत्रमा रहेका बहुसंख्यक जातिले बोल्ने थारु भाषा जानी नजानी आत्मसात् गरेकैछ, गरिरहेकै छ । सहज विचार विनिमय गर्न होस् वा आपसी घनिष्टताको गाँठोलाई मजबुत गर्न पनि यस भाषालाई प्रेमको आलिङ्गनमा बाँध्नु बुद्धिमता देख्दछु।

बारबर्दिया नगरपालिकाले  स्थानीय पाठ्यक्रम तथा पाठ्यपुस्तकलाई आगामी शैक्षिक सत्रदेखि  थारुभाषाको पाठ्यक्रम पाठ्यपुस्तक क्रमशः लागू गर्दै जाने निर्णय गरेबमोजिम पाठ्यक्रम तथा पाठ्यपुस्तक लेखन कार्यदलको सदस्यका नाताले  थारु भाषा, कला, साहित्य तथा संस्कृतिका विद्वान् व्यक्तिसँग भलाकुसारी गर्ने मौका मिल्यो, जुन अवसरले दाङदेखि बर्दियासम्म यस भाषाको विगत, वर्तमान र भविष्यमाथि थोरबहुत  सहजता, असहजता, प्रयास ,सफलता, विफलता, समस्या, चुनौती जस्ता विषयमा दृष्टिगोचर भयो ।

                                                                                                                                                                            लेखक पोमराज शर्मा

यस क्रममा साक्षत्कार हुने व्यक्ति डा कृष्णराज सर्वहारी, छविलाल कोपिला ,अशोक थारु, केवि चौधरी  लगायतसँगको अन्तर्क्रियाले धेरै अन्तरवस्तु नजिकबाट बुझ्ने अवसर प्राप्त भयो । थारु भाषा,साहित्य  र संस्कृतिको संरक्षण सम्वर्द्धनमा उहाँहरुले खेलेको भूमिका प्रशंसनीय छ। उहाँहरुको लेखनीले थारु भाषा साहित्यको श्रीवृद्धिमा अझै निख्खारता ल्याओस्,यहीँ छ शुभकामना । यसका साथै बारबर्दियाको भाषिक कदममा सकारात्मक सल्लाह ,सुझाव र सहयोगको पनि अपेक्षा राख्दछु ।

                                                                                     लेखक पोमराज शर्मा अंशुवर्मा उच्च मावि जयनगर, बर्दियाका प्रधानाध्यापक हुन् ।

प्रकाशित:

८५८ दिन अगाडि

|

११ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९