सीएन थारू
थारू विद्रोहको करिब एक दशक हामी एकल आयामिक तवरले सोच्यौं । नेपालको सरहदभित्र रहेका राना थारू यही बीच आफ्नो विशिष्ट पहिचान दावी गरे । यी सब राजनीतिक खेलमा थारूले आज पराजित मानसिकता बोक्नुपर्ने हो कि सोच्ने विधि फरक ढंगले विकास गर्ने हो ? विचारणीय सवाल उठेको छ ।
अर्कोतिर थारू स्वपहिचानको आन्दोलनमा पहिलो पटक २०६५ फागुन २२ गते मानव रगतले थरुहट भूति सिञ्चित हुँदा दुई जनाले सहादात पाएका थिए । चितवनको टाँडी केन्द्र रणमैदान बनेको त्यो दिन सार्र्र्र्वभौमिकता उपर प्रश्न उठ्नु स्वभाविक थियो । तर, उत्तरको खोजी फेरि अधिकार प्राप्तिको आन्दोेलनबाटै जहाँ सचेत धक्काको परिकल्पना थिएन, शक्तिव्यूह त्यहाँ वहसको विषय थिएन ।
आज त्यसबाट पाठ सिकेर नयाँ ढंंगले राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न गर्न राजनीतिक कार्यभार थपिएको छ । थारू आन्दोलनको पुनर्गठन अपरिहार्य शर्त बनेको छ । प्रहरी मारिएको उक्त थारू विद्र्र्र्रोहलाई अपराधिक गतिविधिको नजरले हेर्न मिडियाले राम्रै मलजल गरेको थियो । राज्य षड्यन्त्र पर्दाफास गर्न आवश्यक थियो तर राज्यविहीन राष्ट्र थारूहरुसँग त्यो सामथ्र्य रहेन ।
अन्ततः छानी छानी मुद्दा लगाउने र जेल चलान गर्ने अवस्था विद्यमान रह्यो । यो परिवेशले नेपालमा नश्लीय शासनसत्ता टिकाउन थप उत्साहित बनायो र यहाँका राज्य सम्भ्रान्तवर्ग जीतकोे मनस्थितिमा आफूलाई उभ्यायो । थारू लगायतका आन्दोलनरत पक्षसंग आफू मालिक रहेको बुझाईसहित व्यवहार प्रदर्शन गर्यो । रेशमलाल चौधरी सहितका बन्दीहरुको सजाय माफी गराएर थारू उपर गुण लगाएको भ्र्र्र्र्र्र्र्र्र्र्र्रम सिर्जना गरेको छ ।
थारूको परिकल्पनामा राष्ट्रिय मुक्ति क्रान्ति थारूले विभिन्न चरणको आन्दोलनमार्फत् आफ्ना मालिकसंग उनी उपर शासन गर्ने साश्वत अधिकार रहेको मतलाई हदैसम्म अस्वीकार गरे । साथै, राष्ट्रिय उत्पीडनको सवाल हल गर्न थारू अगुवाहरु विभिन्न उपाय खोेजी गर्ने गर्न थाले । त्यस पश्चात नेपालमा वहुलराष्ट्रिय राज्यको अवधारणा उपर वहस सुरु भयो ।
लामो समयसम्म मधेस आन्दोलनले बोकेको दुई राष्ट्रियताको मतलाई स्वायत्त शासनकको जगमा वहुल राष्ट्रियताले प्रतिस्थापन गर्दा प्रथम राष्ट्र आदिवासी जनताको स्वशासित हुने हक सम्बोधन भएकोे र प्रत्येक आदिवासी जनताको आत्मनिर्णयको अधिकार ग्यारेन्टी भएसंगै राष्ट्रिय मुक्ति क्रान्तिको जमिन सिँचाई हुन पुग्यो ।
नेपाल अधिराज्यको परिकल्पना वर्णाश्रम धर्म विधानअनुरुप हुने क्रमसंगै यहाँका वहुलराष्ट्रियता आफ्ना बडिपोलिटिकल अभ्यास गर्न साँस्कृतिक आधार टेके । राजनीतिक जीवनमा एक भाषा, एक भेष तथा एकल हिन्दू संस्कृतिको वर्चश्वशाली सत्ताले यी वहुलराष्ट्रिय चरित्रलाई मास्न खोजे पनि अन्ततः सकेन ।
अहिले फुटाउ र राज्य गरकोे नीतिमार्फत् राष्ट्रिय उत्पीडनको सवाल ढाकछोप गर्न तल्लिन देखिए । तर, वैश्वीक राजनीतिक मञ्चमा देखिएको पहिचान राजनीतिको लहर राज्य सम्भ्रान्त वर्गको लागि सहज उपाय प्रदान गरेन । यो स्वायत्त शासनको उपाय स्वीकार गर्न बाध्य बनाउँदै छन् ।
सैद्धान्तिक रुपमा थारूहरुले राष्ट्रिय मुक्ति क्रान्तिलाई औपनिवेशिकताबाट मुक्त हुने आधार बुझे अतिश्योक्ति नहोला । थारू यो राज्यमा सामाजिक–साँस्कृतिक, आर्थिक तथा राजनीतिक तवरले राष्ट्रिय उत्पीडन भोगेको प्राकृतिक मानव समुह हुन् । मासिन्या मतवालीको रुपमा कानुनी तवरले नैै सर्वहारा बनाइएका थारूलाई पुनः मालिक स्थापित गराउने जुक्ति स्वायत्त शासन र जल, जंगल, जमीन उपरको अग्राधिकार तथा थरुहट भूमिको रक्षा नै हो । यसको जगमा नेपाल वहुलराष्ट्रिय राज्य हुने विषय मननयोग्य छ ।
अर्को अर्थमा मधेसी जनताको संघात्मक राज्यव्यवस्था स्थापना गर्ने सोंच तथा थारू लगायतका प्रथम राष्ट्रका जनताको स्वायत्त शासनको लागि गरिएका संघर्षहरु लोकतान्त्रिक अभ्यास हुन्, जसलाई बहुलराष्ट्रिय राज्य नेपालमार्फत् सम्बोधन गर्न सम्भव छ । लोकतन्त्रको मामिलामा हामी प्र्र्र्र्रतिबद्ध रहेको र राष्ट्रिय मुक्ति क्रान्ति वहुलराष्ट्रियताको लोकतान्त्रिक परिपाटी संंस्थागत गर्ने ठोस उपायको रुपमा बुझ्ने चेष्टा गरेका छन् थारूहरुले ।
जिसकी लाठी–उसकी भैंस
राष्ट्रिय मुक्ति क्रान्ति सम्भव छ । यसले नयाँ राजनीतिक परिवेश निर्माण गरेको छ र हाल राजनीतिक तथा सामाजिक हिसाबले देखा परेको निराशा अन्त्य गर्न मार्गनिर्देश गर्छ । पहिचान सहितको आत्मगौरव स्थापित गर्दा साँस्कृतिक सापेक्षतावादलाई बल पुग्ने हुन्छ । यो मार्फत् कुनै पनि साँस्कृतिक पहिचानयुक्त जनता छोटा नागरिक अथवा बडा नागरिकको रुपमा बुझ्ने परम्परालाई अन्त्य गर्छ भन्ने हो ।
त्यस अर्थमा वर्णाश्रम विधानमा आधारित नेपाल राज्यको जग भत्काएर सेकुलरिज्मको जगमा नयाँ नेपाल राज्य गठन गर्न प्र्रोत्साहित गर्छ । संविधान सभाबाट नब्बे प्रतिशत सभासदले कानुनी मान्यता दिलाएका संविधान वैधताको संकट भोग्नुको पर्दा यसले पुरानै धरातल टेकेको बोध हुन्छ र राजनीतिक क्रान्ति सम्पन्न भइनसेको कारण राष्ट्रिय मुक्ति क्रान्ति अपरिहार्य छ भन्ने मत बलियो हुँदैैछ ।
आवरणमा नवउदारवाद र नवमाक्र्सवादको रटान लगाए पनि नेपालको राज्य सम्भ्रान्तवर्ग वाहुनवादलाई प्रश्रय दिएको छ । त्यही नै सत्ताको बीऊ ठहर भई वाहुनवाद रक्षार्थ आज संविधानमा आर्य–खस परिभाषित गर्न पुग्यो । शक्तिव्यूह रचना गर्दा पनि यसैलाई आधार बनाएको कारण मौजुदा शक्तिव्यूहभित्र थाप्ने वर्गमा पर्ने भइहाल्यो । दिने त जो शक्तिव्यूहको केन्द्रमा छ, उही नै ठहर्छ । त्यसो हो भने आफ्नै शक्तिव्यूह रचना नभएसम्म परशासित हुने दिन अन्त्य हुँदैन । अहिले जसको लाठी, उसको भैंसी कथन चरितार्थ भएको छ ।
नेपालको भूराजनीति पनि रणनीतिक तवरले हेर्न पश्चिमा ज्ञान प्रणाली सहयोगी बने । भारत र चीन दुई सम्राज्यवादी मुलुकको बीचमा अवस्थित नेपाल अधिराज्यको शक्तिव्यूहमा पछिल्लो पटक पश्चिमा शक्तिको दवदवा बढेर गएको हो भने भारतले पनि बल पुग्ने गरी आफ्नो नियन्त्रण माक्रोम्यानेजमेन्टको तहसम्म पुर्यायो । त्यो सफ्ट पावरमार्फत् नियन्त्रित हुने गरेको प्रष्टै छ । राम मन्दिरको प्रसंगले नेपालमा ठूलो प्रचारवाजी गर्न सफल भयो । साथै सफ्ट पावरमार्फत् हार्ड पावरमा प्रभाव पार्ने क्षमता विकास गरेर नियन्त्रण कायम राख्दै आए । त्यसले पनि दिल्ली दौडलाई सान्दर्भिक बनाउँदै लगेको छ । यसमा शक्ति सन्तुलन कायम गर्न राष्ट्रिय मुक्ति क्रान्तिको भूमिका अपरिहार्य रहदै आएको छ ।
अन्त्यमा,
थारू आन्दोलन पुनर्गठन हुने बाटो राष्ट्रिय मुक्ति क्रान्तिले पहिल्याउँछ । कारण थारूको स्वशासित हुने अन्तरमनको चाहना यही राष्ट्रिय मुक्ति क्रान्तिले पुरा गर्छ । साथै, थारू बडि पोलिटिकलले रोपेको सत्ताको बीऊबाट राज्य विहिनताको स्थिति अन्त्य गर्न पहल हुने र थारू राष्ट्रिय मुक्ति मोर्चामार्फत् राजनीतिक रंग दिएको अवस्थामा त्यसको विकास गर्न पनि मद्दत गर्छ । बरु राजनीतिमा विकल्प खोज्ने राष्ट्रिय मुक्ति क्रान्ति सम्पन्न भइ छाड्छ भने विश्वास नेतृत्वमा हुनैपर्छ । अर्थात् त्यसको बहुआयामको ज्ञानले प्रशिक्षित हुनु परे पनि तयार भएर संगठित भए वेश, ता कि भोलि केही कमजोरी देखिए आत्मसात गर्न लगाउँछ ।
पहिलो संविधान सभाले निर्णय गरेको वहुराष्ट्रिय राज्यको मान्यता पुरा नहुँदा संविधान विटुलो बनेको हो । विटुलिएको संविधानले त्यसको समर्थकलाई नै निरास बनाए र दीपावली मनाएको केही समय बित्न नपाउँदै तीसब भ्रममा रुपान्तरण भएको मानिन्छ । आज राजनीति र समाज दुइटै अस्वभाविक संसयको शिकार भएको छ । यसको उपचार समयमा नै चाहिएकोले अब राजनीतिको विकल्पमा स्वदेशवादको दार्शनिकी टेकेर संश्लेषण भइ आएको राष्ट्रिय मुक्ति क्रान्तिमा लामबन्द हुनुपरेको छ ।
नेपाल अधिराज्यलाई सबैको साझा बनाउने परियोजना हो राष्ट्रिय मुक्ति क्रान्ति । स्वायत्त शासन स्थापित गर्न पनि एकल राष्ट्रियता विरुद्ध वहुलराष्ट्रियताको संघर्ष चल्नुपर्छ भने त्यसलाई संगठीत रुप प्रदान गर्न राष्ट्रिय मुक्ति क्रान्ति मार्फत थारू लगायत अन्य आन्दोलन हरु पुनर्गठन गर्न सक्नैपर्छ । यसबाट शक्तिव्युहको खातिर विऊको रुपमा उदारवाद अथवा माक्र्सवाद नभएर स्वदेशवाद आत्मसात गर्नैपर्छ । मुुख्य रुपमा विशिष्ट संस्कृतिको जगमा उठेका पहिचानहरु आफ्नो धरातलमा जरा गाड्ने कामलाई प्राथमिकता दिई अबको कार्यदिशा अभियान, सघर्ष र विद्रोह अपनाउँदै जानुपर्छ । यो भनेको नेतृत्वको रयाङ्क एण्ड फायल तयार गर्ने विषय हो ।
व्यवहारिक राजनीति बलियो हुन पनि सैद्धान्तिक हिसावले स्पष्ट हुन सक्नुपर्छ । सैद्धान्तिक स्पष्टता हुँदा कार्यदिशा बुझ्न सकिन्छ र त्यस मार्फत रणनीति एवम् कार्यनीति निर्माण गर्ने हो । यसैको आधारमा शक्तिको व्युह निर्माण गर्दा कार्यक्रमहरु मार्फत उत्सर्जन भएको शक्ति संचयको लागि योग्य बन्छ । अन्ततः त्यही शक्तिले हाम्रो लागि सत्य निर्माण गर्छ भने हामी सत्यलाई अंगिकार गर्दा तर्कपूर्ण अभ्यास गर्न सफल हुन्छौ । राष्ट्रिय मुक्ति क्रान्ति त्यस अर्थमा विचारधाराको संवाहक बनेर परिवर्तन गर्न सामथ्र्य बोक्छ र थारू लगायत सम्पूर्ण राष्ट्रिय उत्पीडनको शिकार बनाइएका राष्ट्रहरुको मुक्ति सम्भव बनाउँछ ।
प्रकाशित:
९६७ दिन अगाडि
|
२३ फागुन २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७९ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९