दाङ सोसाइटीका पदाधिकारी पूर्व सञ्चार मन्त्री रेखा शर्मासंग । फायल फोटो
दाङ सोसाइटीको आयोजनामा काठमाडौंमा दंगाली बुद्धिजीवीहरूको बृहत् भेला आगामी शनिवार साउन १९ गते हुने भएको छ ।
दाङ जिल्लाको सर्वाङ्गीण विकासमा नागरिक सहभागिता विषयक् दंगाली भेटघाट तथा छलफल कार्यक्रम नाम दिइएको कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानको सिद्धिचरण सभाहलमा दिनको १ बजे सुरु हुने दाङ सोसाइटीका सचिव ई. जनार्दन आचार्यले जानकारी दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेल, गायक, संगीतकार सन्तोष श्रेष्ठ, वरिष्ठ अधिवक्ता डा भीमार्जुन आचार्य, नेपाल जियो टेक्निकल सोसाइटीका अध्यक्ष डा मन्दिप सुवेदीले आआफ्नो क्षेत्र विषयबारे मन्तव्य दिनेछन् ।
त्यस्तै, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारी, अतिरिक्त सचिव डा विकास देवकोटा, लोकसेवा आयोगका सदस्य डा गोविन्द कुसुम, सांसदत्रय मेटमणि चौधरी, रेखा शर्मा, दीपक गिरी, एमाले महासचिव शंकर पोख्रेलले पनि विशेष मन्तव्य दिनेछन् ।
साथै, कार्यक्रममा गायकद्वय शोभा पाण्डे र चन्द्र शर्माको सांगीतिक प्रस्तुति पनि रहनेछ ।

प्रकाशित:
७२९ दिन अगाडि
|
१७ साउन २०८१
३ दिन अगाडि
|
१३ साउन २०८३
५ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
११ दिन अगाडि
|
५ साउन २०८३
१३ दिन अगाडि
|
३ साउन २०८३
१४ दिन अगाडि
|
२ साउन २०८३
१५ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२४ दिन अगाडि
|
२१ भदौ २०७९
१४३४ दिन अगाडि
|
१२ भदौ २०७९
१३८९ दिन अगाडि
|
२६ असोज २०७९
१३३८ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९४ दिन अगाडि
|
२० असोज २०७९
१३२७ दिन अगाडि
|
२७ मंसिर २०७९