Above News Title

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

सुदूरपश्चिममा नाउपाको ‘बटमलाइन’ आफ्नै नेतृत्वमा सरकार निर्माण

धनगढी । सुदूरपश्चिम प्रदेशमा निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टी (नाउपा)ले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्ने बटमलाइन तय गरेको छ ।

पार्टी संरक्षक रेशमलाल चौधरीको उपस्थितिमा बुधबार बसेको सातै जना सांसदबिचको छलफलले आफ्नै नेतृत्वमा सरकार निर्माण गर्न पहल थाल्ने निर्णय गरेको हो । 

काम चलाऊ सरकारका सामाजिक विकास मन्त्री लक्ष्मणकिशोर चौधरीले बैठकले पार्टीभित्र आन्तरिक द्वन्द्व नरहेको तथा आफूहरू एक ढिक्का रहेको सन्देश दिन खोजेको बताए । साथै कमल बहादुर शाह नेतृत्वको सरकार ढलेपछि अब बन्ने सरकार नाउपाको नेतृत्वमा बन्ने निष्कर्ष रहेको उनले बताए ।

उनले भने, ‘जनतालाई दिएको बाचा अनुसार अबको सरकार नाउपाकै नेतृत्वमै बन्छ । मुख्यमन्त्रीसहित २ क्याबिनेट मन्त्री हाम्रो दाबी हो । सो अनुसारको ग्राफ उहाँहरूलाई (अन्य राजनीतिक दल)लाई पठाइ सकेको छाँै ।’

साथै मन्त्री चौधरीले नयाँ सत्ता समीकरण अनुसार सरकार बनाउने सम्भावना प्रबल रहेको आशय व्यक्त गरे । प्रदेश प्रमुख नजिर मियाँले वैशाख २ गतेसम्म दिएको समयसीमाभित्र सरकार बन्ने उनले बताए ।  

सुदूरपश्चिमको सबैभन्दा ठुलो दल नेपाली कांग्रेस पनि सरकार निर्माणमा अग्रसर देखिएको छ । नाउपालाई नेतृत्व दिएर सहयोग गर्न कांग्रेस तयार रहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । तर अझै नाउपाले कुन गठबन्धन अनुसार सरकार निर्माण गर्नेबारे भने ठोस निर्णय लिन नसकेको हो ।

यहाँ कांग्रेसका १८ सांसद छन् । नाउपालाई कांग्रेसका सबै सांसदले साथ दिँदा पनि २ सांसद अपुग हुने देखिन्छ । बहुमतको लागि पुनः राप्रपा र स्वतन्त्र सांसदकै साथ अनिवार्य हुन जान्छ ।

अर्कोतिर यहाँ नयाँ सत्ता गठबन्धनका माओवादीका सभामुखसहित ११, एमालेका १० नाउपाका कारबाही बाहेक ६ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन् । जसबाट सहज रुपमा सरकार बन्ने देखिन्छ ।

दलको नेता यथावतै

त्यस्तै, नाउपा अध्यक्ष रञ्जिता श्रेष्ठले बर्खास्त गरिएको भनिएको संसदीय दलका नेता घनश्याम चौधरी नै दलको नेतामा कायम रहेको बताइएको छ । सभामुख भीमबहादुर भण्डारीले पनि प्रदेश सभाले पार्टीलाई भन्दा संसदीय दललाई चिन्ने भएको हुँदा घनश्याम चौधरी कायम रहेको एक सांसदले बताए ।

नाउपा अध्यक्ष श्रेष्ठले घनश्याम चौधरीलाई हटाएर दलको नेतामा कैलाश चौधरीलाई जिम्मेवारी दिएको पत्र सभामुख भण्डारीलाई पठाएकी थिइन् ।

प्रकाशित:

८४० दिन अगाडि

|

२९ चैत २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८८ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२२ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३२ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८७ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३६ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९२ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२५ दिन अगाडि

|

२७ मंसिर २०७९