Above News Title

दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

दाङका तीन निर्वाचन क्षेत्रमा आठ महिलाबीच प्रतिस्पर्धा

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि दाङमा तीन क्षेत्रमा आठ महिला उम्मेदवार प्रतिस्पर्धामा छन् ।

दाङ क्षेत्र नं १ बाट नेकपा एमालेकी शान्ता चौधरी र सत्ता गठबन्धनबाट सहरी विकासमन्त्री मेटमणि चौधरी मुख्य प्रतिस्पर्धामा छन् । घोराही उपमहानगरपालिका–४ डाँडागाउँ ठेगाना भएकी चौधरी पूर्वकमलरी हुनुहुन्छ । पच्चीस वर्ष कमलरी जीवन बिताएकी चौधरी एमालेको सचेतक हुँदै संसद्को प्राकृतिक स्रोत समितिको संयोजकसमेत हुन् । उनले कमलरी र गरिब किसानका हकअधिकारबारे आवाज उठाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् । देउखुरी उपत्यकाको राप्ती नदी र अन्य खोलामा तटबन्ध गर्ने उनको प्रतिबद्धता छ ।

सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरुहटबाट रुक्मिणी चौधरी र हाम्रो नेपाली पार्टीबाट गङ्गा चौधरी सत्गौवा पनि चुनावी मैदानमा छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट प्रतिमा बुढामगर र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिली बुढाथोकी पनि चुनावमा होमिनएकी छिन् । दाङ क्षेत्र नम्बर १ मा पाँच महिला प्रतिस्पर्धामा छन् । देउखुरी उपत्यकाका चार गाउँपालिका र घोराही उपमहानगरपालिकाको १, २, ३ र ५ वडा दाङ क्षेत्र न १ मा पर्दछ ।

क्षेत्र नं १ ‘क’ मा ७० हजार दुई सय ६७ र (ख) मा ६४ हजार चार सय ६६ मतदाता छन् । क्षेत्र नं (क) मा २४ मतदानस्थल र ७८ मतदान केन्द्र कायम गरिएको छ । क्षेत्र नं १ (ख) मा २७ मतदानस्थल र ७४ मतदान केन्द्र रहेको क्षेत्र नं १ का निर्वाचन अधिकृत मानबहादुर विष्टले जानकारी दिए ।

क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेबाट पार्टीका महासचिव एवं लुम्बिनी प्रदेशका पूर्वमुख्यमन्त्री शङ्कर पोखरेल र सत्ता गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र) की पोलिटब्युरो सदस्य एवं पूर्वमन्त्री रेखा शर्मा प्रतिस्पर्धी छन्। शर्माले आमाको नामबाट नागरिकता पाउनुपर्ने विषयलाई उठाएकी छिन् ।

नेपाल आमा पार्टीकी गीता रावत पनि चुनावी प्रतिस्पर्धामा छिन् । क्षेत्र नं २ मा प्रतिनिधिसभातर्फ दुई महिला प्रतिस्पर्धीमा हुनुहुन्छ । क्षेत्र नं २ (क) मा ६३ हजार तीन सय २२ तथा (ख) मा ७० हजार चार सय २६ मतदाता छन् । क्षेत्र नं २ (क) मा २५ मतदानस्थल र ६८ मतदान केन्द्र तथा क्षेत्र नं २ (ख) मा २३ मतदानस्थल र ७८ मतदान केन्द्र तोकिएको छ ।

क्षेत्र नं ३ मा प्रतिनिधिसभा सदस्यका लागि एमालेकी केन्द्रीय सदस्य कोमल वली र सत्तारुढ गठबन्धनबाट कांग्रेसक केन्द्रीय सदस्य दीपक गिरी चुनावी मैदानमा छन्। दाङका जनताको भावना, चाहना र आवश्यकताका आधारमा काम गर्ने प्रतिबद्धता वलीको छ । पूर्वसञ्चारकर्मी एवं गायिका वली २०७४ सालको प्रतिनिधिसभा निर्वाचनमा दाङ क्षेत्र न ३ बाट समानुपातिक सांसद चुनिएकी थिइन् । क्षेत्र नं ३ मा प्रतिनिधिसभातर्फ महिला उम्मेदवार वली मात्रै हुन् । क्षेत्र नं ३ (क) मा २१ मतदानस्थल र ७४ मतदान केन्द्र तथा क्षेत्र नं ३ (ख) मा ३३ मतदानस्थल र ९३ मतदान केन्द्र कायम भएको प्रदेश निर्वाचन अधिकारी नारायणप्रसाद भण्डारीले जानकारी दिए । चार लाख १९ हजार नौ सय सय २४ मतदाता छन् । एक सय ५३ मतदानस्थलमा चार सय ६५ मतदान केन्द्र तोकिएको छ ।

रासस

प्रकाशित:

१४१० दिन अगाडि

|

२४ कात्तिक २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८५ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४४० दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७८ दिन अगाडि

|

२७ मंसिर २०७९