धनगढी : कैलाली निर्वाचन क्षेत्र नम्बर ५ का निर्वाचन अधिकृत बिरामी भएपछि मतगणना अनिश्चित बनेको छ । यहाँका मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी परेपछि मतगणना अनिश्चित बनेको हो ।
निर्वाचनको बढ्दो दौडधुपका कारण उनी बिरामी परेको बताइएको छ । उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ । यसअघि आज दिउँसो १ बजेदेखि मतगणनाा गर्ने भनेर सर्वदलीय बैठक बसेको थियो । तर, बैठकमा नेकपा एमाले र गठबन्धनबीच सहमति नभएपछि ३ घण्टा चलेको बैठक नै स्थगित भएको थियो ।
यसैबीच मतगणनाको माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराबाजी गरिएको छ ।
नेकपा एमालेका कार्यकर्ता र स्वतन्त्र उम्मेदवार समर्थकले नाराबाजी गरेका हुन् ।
उनीहरूले सहमतिअनुसार मतगणना नगरिनुमा मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्यालले षड्यन्त्र गरेको समेत आरोप लगाएका छन् ।
कैलाली–५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् ।
प्रकाशित:
१३९८ दिन अगाडि
|
५ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९