समानुपातिकको जारी मतगणनामा विभिन्न १२ पार्टीले ५ हजार मत पनि कटाउन सकेका छैनन् ।
मतगणना अन्तिमतिर पुग्दै गर्दा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट)सहितका १२ दलले प्रतिनिधिसभाको समानुपातिकमा ५ हजार मत कटाउन नसकेका हुन् ।
जसअनुसार पिछडावर्ग निषाद दलित जनजाती पार्टीले ४ हजार ३६, विवेकशील साझाले ३ हजार ८२४, नेकपा माओवादी समाजवादीले ३ हजार ५२७, एकीकृत शक्ति नेपालले ३ हजार २२७, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) ले ३ हजार ९५, राष्ट्रिय मुक्ति आन्दोलन नेपालले ३ हजार ९०, मौलिक जरोकिलो पार्टीले ३ हजार २८, जमलोपाले २ हजार ९३१, नेपाल समावेशी पार्टीले २ हजार ५१४, नेकपा परिवर्तनले १ हजार ९८२, नेश्नलिस्ट पिपल्स पार्टीले १ हजार ८९७ र राष्ट्रिय नागरिक पार्टीले सबैभन्दा कम १ हजार ८४१ मत पाएको निर्वाचन आयोगले जनाएको छ ।
यसअघि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (थरुहट) की केन्द्रीय अध्यक्ष रुक्मिणी चौधरी दुइ पटक समानुपातिकबाट सांसद भएकी थिइन् । मंसिर ४ मा उनी दाङ–१ बाट प्रत्यक्षमा प्रतिनिधि सभामा प्रत्यक्षमा पहिलो पटक उम्मेदवार भएकी थिइन् । तर मात्र २९३ भोट पाइन् ।
प्रकाशित:
१३९० दिन अगाडि
|
१३ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९