Above News Title

यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)

योगेन्द्र चौधरी सांसद बन्ने संभावना न्यून, थारु कोटाबाट महिलामा कल्पना चौधरीसँगै विनाकुमारी थनेत पर्ने संभावना
यी हुन् कांग्रेसका सम्भावित समानुपातिक सांसदहरु (सूचीसहित)


कांग्रेसले समानुपातिकतर्फ प्राप्त गरेको मतका आधारमा करिब ३२ प्रतिनिधि सभा सदस्य पाउने  देखिएको छ।

 प्रतिनिधि सभाको समानुपातिकतर्फ ११० सिट छ। त्यसमा पनि जातीय क्लस्टर अनुसार सांसद चुनिने व्यवस्था छ। 

जसअनुसार प्रतिनिधि सभामा २८.७ प्रतिशत आदिवासी जनजाति, ३१.२ प्रतिशत खस आर्य, ६.६ प्रतिशत थारु, १३.८ प्रतिशत दलित, १५.३ प्रतिशत मधेसी र ४.४ प्रतिशत मुस्लिमको प्रतिनिधित्व हुनेछ। यसरी प्रतिनिधित्व गराउँदा महिलाको संख्या ३३ प्रतिशत पुर्याउनै पर्ने संवैधानिक व्यवस्था छ। 

महिलाको ३३ प्रतिशत सहभागिता पुर्याउनै पर्ने बाध्यात्मक अवस्था भएका कारण समानुपातिकतर्फ  कांग्रेसका बढीमा ४ जना पुरुष मात्रै सांसद बन्ने सम्भावना देखिन्छ। यसमा थारु कोटातर्फ पहिलो नम्बरमा रहेका काँग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी सिफारिश हुने सम्भावना अत्यन्त न्यून देखिन्छ । 

महिलाको संख्या पुर्याउनु पर्ने बाध्यात्मक अवस्थाका कारण विभिन्न क्लस्टरबाट १ नम्बरमा सिफारिस भएका पुरुषहरु समेत नपर्ने अवस्था आएको हो । प्रत्यक्षतर्फ काँग्रेसकी सीता गुरुङ एकजना मात्रै तेह्रथुमबाट विजयी भएकी छिन् । एक जना मात्र महिला उम्मेदवार जितेपछि अब महिला सहभागिता पुर्याउन समानुपातिकबाट बढीभन्दा बढी महिला पठाउनै पर्ने हुन्छ । यस्तोमा एक नम्बरमा सिफारिस भएका पुरुषहरुको सम्भावना एकदमै कम छ।

योगेन्द्र यो चुनावमा गच्छदार क्याम्प परिवर्तन गर्दै गृहमन्त्री बालकृष्ण खाँण क्याम्पमा थिए । उनी खाँणलाई चुनाव जिताउन धेरैजसो समय दाङदेउखुरीभन्दा रुपन्देहीमै थिए । त्यसो त उनी समानुपातिक उम्मेदवार रहेको दाङ–१ मा प्रतिनिधिसभामा प्रत्यक्ष तर्फ काँग्रेस उम्मेदवार नभएपछि पार्टीले उनलाई रुपन्देहीमै खटाएको थियो । तर खाँण राप्रपाका दीपक बोहरासँग पराजित भए । खाँण पनि हारेपछि सांसदमा योगेन्द्रको सिफारिश हुने संभावना क्षीण भएको हो । 

थारु कोटाबाट महिलामा कल्पना चौधरी अनिवार्य तथा विनाकुमारी थनेत पर्ने देखिएको छ ।

त्यस्तै काँग्रेसबाट समानुपातिकबाट सांसद बन्ने सम्भावना देखिएकाहरु यसप्रकार छन्ः

सरस्वती बजिमय, लिलादेवी बोखिम, सीताकुमारी राना, सुशीला थिङ, सपना राजभण्डारी, माया राई, कुसुम थापामगर, अम्बिका बस्नेत, सरिता प्रसाईं, आरजु राणा देउवा, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, मञ्जु खाण, रमा कोइराला पौड्याल, कान्तिका सेजुवाल, शान्ति विक, रुपा विक, सीता मिजार, आशा विक, विष्णुमाया परियार, नगिना यादव, मुक्तकुमारी यादव, चन्दा चौधरी, संगीता मण्डल, नीनुकुमारी मण्डल, जावेदा खातुन जागा, डा। प्रकाशशरण महत, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि र जीवन परियार।   

प्रकाशित:

१३८९ दिन अगाडि

|

१४ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९