दाङको घोराहीमा पुस २२ र २३ गते माघ महोत्सव हुन गइरहेको छ ।
थारु कल्याणकारिणी सभा दाङको आयोजनामा जिल्ला समन्वय समितिको प्राङगणमा हुन गइरहेको माघ महोत्सवको तयारीका लागि १२१ सदस्यीय तयारी कमिटि गठन गरिएको छ ।
‘आर्थिक जागरण ओ साँस्कृतिक रुपान्तरण हमार अभियान, सामाजिक न्याय सहितक समृद्धिम हमार योगदान’ भन्ने नारासहित आयोजना हुन गइरहेको महोत्सवलाई भब्य र सभ्य बनाउनको लागि अशोक चौधरीको संयोजकत्वमा १२१ सदस्यीय स्वंयसेवक परिचालन समिति गठन गरिएको हो ।
त्यस्तै स्वंयसेवक परिचालन समितिको सचिवालयमा लब्लिन क्यानभास, वीरेन्द्र चौधरी, जंग चौधरी र कल्पना चौधरी रहेका छन् । यसैगरी ११ वटा स्वंयसेवक परिचालन उपसमिति गठन गरिएको महोत्सव प्रचारप्रसार समितिका संयोजक सन्तोष दहितले बताए ।
उनका अनुसार वीरेन्द्र चौधरी, भीमबहादुर चौधरी, तिलक चौधरी, जंग चौधरी, शोभाराम चौधरी, श्रीनारायण चौधरी, कुलराज चौधरी, राजेश चौधरी, सुन्दर चौधरी, स्यानु चौधरी र मेघराज चौधरीलाई उपसमितिको संयोजकको जिम्मेवारी दिएको छ ।
थारु कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षतामा भएको युवाहरुको भेलामा बोल्ने बक्ताहरुले थारु समुदायको आर्थिक, सामाजिक, साँस्कृतिक र राजनीतिक अधिकारको सुनिश्चिताको लागि महोत्सवमार्फत् घोराहीमा थारु समुदायको सशक्त उपस्थिति देखाउनु पर्ने बताएका थिए ।
बैठकपछि महोत्सव स्थल जिल्ला समन्वय समितिको प्राङगण पनि सरसफाई गरिएको थियो ।
महोत्सवमा मघौटा, छोक्रा, हुर्डुङ्या लगायत ४ दर्जन भन्दा बढी नाच प्रस्तुतिका साथै थारु समुदायको परम्परागत हस्तकला, काष्ठकला, थारु भाषाको पुस्तक प्रर्दशनी, मौलिक खानाको परिकार रहने थाकस दाङका अध्यक्ष भुवन चौधरी जानकारी दिए ।
प्रकाशित:
१३५९ दिन अगाडि
|
१५ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९