धनगढी : सुदूरपश्चिम प्रदेश सभाक नवनिर्वाचित प्रदेश सभा सदस्यहरुले शुक्रबार पद तथा गोपनीयको शपथ ग्रहण गरेका छन् ।
सर्वप्रथम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले प्रदेश प्रमुख देवराज जोशीबाट शपथ ग्रहण गरेका थिए ।
तत्पश्चत रावलले बाँकी ५२ जना प्रदेश सभा सदस्यहरुलाई शपथ ग्रहण गराएका हुन् । ५३ जना प्रदेश सभा सदस्यहरुमध्ये ६ जनाले आफ्नै मातृभाषामा शपथ ग्रहण गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीबाट प्रत्यक्षतर्फ निर्वाचित ५ र नेपाली कांग्रेसतर्फ समानुपातिक निर्वाचित १ गरी ६ जनाले स्थानीय थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।
नागरिक उन्मुक्तिबाट कैलाली क्षेत्र नम्बर १ (१) बाट निर्वाचित कैलाश चौधरी, क्षेत्र न. १ (२) का लक्ष्मण किशोर चौधरी, निर्वाचन क्षेत्र नम्बर २ (२) का रामेश्वर चौधरी, निर्वाचन क्षेत्र नम्बर ३ (१) का घनश्याम चौधरी र क्षेत्र नं. ३ (२) का खुसीराम डगौरा थारूले थारु भाषामा शपथ लिएका छन् । त्यस्तै कांग्रेसकी समानुपातिक प्रदेश सभा सदस्य गीताकुमारी चौधरीले पनि थारु भाषामा शपथ लिएकी हुन् । उनी कञ्चनपुरकी हुन् ।
शपथ ग्रहण सकिएपछि प्रदेशसभा सचिवालय परिसरमा चियापान तथा बधाई ज्ञापन कार्यक्रम समेत आयोजना गरिएको थियो ।
प्रकाशित:
१३५९ दिन अगाडि
|
१५ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९