कारी महतो
थारु कल्याणकारिणी सभा (थाकस) चितवन जिल्ला कार्यसमितिको आयोजनामा राष्ट्रिय राजनैतिक परिस्थिति र थारुहरुको सरोकार विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शनिबार भएको कार्यक्रमबाट पहिचान, पहँुच र प्रतिनिधित्वको लागि थाकस चितवनका थारु समुदायले निरन्तर संघर्ष गरिरहने निचोड निकालिएको छ ।
थरुहट पहिचानको आन्दोलनमा षडयन्त्रपूर्वक घटाइएको टीकापुर घटनाका राजबन्दीहरुका रिहाईका लागि संघर्ष गर्ने एवं सरकारले ल्याएको अध्यादेशको पक्षमा संघर्ष गर्ने, राज्यको हरेक अंगमा समानुपातिक पहुँचको लागि थाकस केन्द्रीय समितिले अगाडि बढाएको न्यायिक आन्दोलनका लागि नैतिक आर्थिक तथा भौतिक रुपमा साथ दिने र प्रतिनिधि तथा प्रदेश सभामा चितवनको थारु समुदायको प्रतिनिधित्व नभएकोले समानुपातिक प्रतिनिधित्वको सूत्र परिवर्तन गराउन संघर्ष गर्ने थाकस चितवनका सभापति ललित कुमार चौधरीले जानकारी गराए ।
कार्यक्रमका प्र्रमुख अतिथि थारु आयोगका अध्यक्ष विष्णु प्रसाद चौधरीले समावेशीताको विषयमा संविधानले केहि कुरा सच्याईसकेको भएपनि कानूनले अझै अल्झाईरहेको बताए । थारु समुदायको संयुक्त आन्दोलनको क्रममा भएको टिकापुर घटना राजनैतिक विषय भएकोले यसलाई राजनैतिक रुपमा समाधान गर्नुपर्ने भनेर थारु आयोगले प्रतिवेदनमा सिफारिस गरिएको आयोगका अध्यक्ष चौधरीले जानकारी दिए ।
वागमती प्रदेशका पूर्व सांसद रामलाल महतोले थारुहरुको आन्दोलन दबाउनका लागि टीकापुर घटना सुनियोजित ढंगले घटाइएको बताए । यो राजनैतिक मुद्दा भएकोले राजनैतिक रुपमा फसाएका आन्दोलनकारीहरुको रिहाईका लागि सरकारले ल्याएको अध्यादेश राष्ट्रपतिले पास गर्नुपर्ने बताए । जातीय जनसंख्याको अनुपातमा जनताको प्रतिनिधित्व नभएकोलले त्यसका लागि हामीले फेरि संघर्ष गर्नुपर्ने पूर्व साँसद महतोले बताएका छन् ।

कार्यक्रममा डा. संजय कुमार महतोले थारुहरुको राजनैतिक अवस्था र अबको बाटो, थारु मानक भाषा मस्यौदा समितिका संयोजक कुछत नारायण चौधरीले थारुहरुको न्यायिक आन्दोलनबारे र अधिवक्ता सरिता तिवारीले थारुहरु सम्बन्धि प्रकाशनमा आएका विषयवस्तुबारे अवधारणा पत्र प्रस्तुत गरेका थिए । अधिवक्ता श्रवण कुमार चौधरीले संविधानको प्रस्तावना र विभिन्न धाराहरुबारे प्रष्ट पारेका थिए ।
कार्यक्रममा माडी नगरपालिकाका उपप्रमुख खेम चौधरी, थाकसका केन्द्रीय सदस्य राजेन्द्रप्रसाद चौधरी, आदिवासी जनजाति महासंघ चितवनका पूर्वअध्यक्ष पदम गुरुङ, सचिव रामबहादुर भुजेल, विश्राम महतो, जोखा चौधरी, सत्यनारायण चौधरी, भजुमनराम महतो, कृष्णलाल चौधरी, रामेश्वर चौधरी, सुरेश चौधरीलगायतले अवधारणापत्रमा टिप्पणी गरेका थिए । कार्यक्रम थाकस चितवनका सभापति ललित कुमार चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रकाशित:
१३६२ दिन अगाडि
|
१२ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९