कैलाली । सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिबाट निर्वाचित पाँचजनाले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने भएका छन् ।
प्रदेश सभा सचिवालयले आज साँझसम्म मातृभाषामा शपथ ग्रहण गर्नका लागि प्रदेश सभा सचिवालयमा जानकारी गराउन सूचना जारी गरेको थियो । त्यही सूचनाको आधारमा यहाँका प्रत्यक्ष निर्वाचित पाँचजना प्रदेश सभा सदस्यहरूले थारु भाषामा पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने जानकारी प्रदेश सभा सचिवालयमा गराएका छन् ।
आज नागरिक उन्मुक्तिको तर्फबाट दलका नेता रामेश्वार चौधरी र सांसद खुशीराम चौधरी प्रदेश सभा सचिवालयमा पुगेर आफ्नो पार्टीका पाँच जनाले थारु भाषामा शपथ ग्रहण गर्ने जानकारी गराएका हुन् ।
कैलालीका ५ वटा प्रदेश सभामा नागरिक उन्मुक्तिले प्रत्यक्ष तर्फ जित हासिल गरेको थियो । समानुपातिक तर्फ प्रदेश सभा सदस्य भएका टीका थापा र इन्दिरा गिरीले भने नेपाली भाषामै शपथ गर्ने भएका छन् ।
अहिलेसम्म नागरिक उन्मुक्तिका पाँच जनाले मातृभाषामा शपथ ग्रहण गर्ने जानकारी प्रदेश सभामा दिए पनि अन्यले भने अझै आधिकारिक जानकारी दिएका छैनन् ।
आज साँझसम्म समय भएको हुँदा अझै केही नाम दर्ता गराउन सम्पर्क आउन लागेको प्रदेश सभा सचिवालयका सचिव देव बहादुर बोगटीले जानकारी दिए ।
प्रकाशित:
१३६२ दिन अगाडि
|
१२ पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९