Above News Title

चौधरी दम्पती उल्टो पैदलयात्रा गर्दै

६४ दिनमा मेचीबाट दाङ पुगे
चौधरी दम्पती उल्टो पैदलयात्रा गर्दै

दाङ । श्रीमानको शिरमा पहेलो रामनामी, मैलिएको सेतो कुर्ता र सुरुवाल अनि खुट्टामा फाटेका जुत्ता । घामले डढेको अनुहार । कपाल, जुँगा, दारी बढेर झुस्स परेका छन् । श्रीमतीको टाउकोमा कालो झोलाको कुम्लो, काँधमा झुलको थैली । यी दम्पती हुन् कोहलपुर नगरपालिका–७, लखनवाका ५० वर्षीय रुपन चौधरी र उनी श्रीमती ५३ वर्षीय पत्ररानी चौधरी । विश्व शान्तिको कामना गर्दै चौधरी दम्पती मेची–महाकालीको उल्टो पैदलयात्रामा निस्किएका हुन् । यात्राको ६४ औँ दिन बुधबार उनीहरू मेचीबाट दाङ आइपुगेका हुन् ।

गौतम बुद्धको पवित्र भूमिमा शान्तिको खोजीका लागि पैदल यात्रामा निस्किएको उनीहरू बताउँछन् । सामान्य परिवारका चौधरी दम्पती कृषि पेसा गर्दै जीविका चलाइरहेका थिए । तर मुलुकको अवस्था पनि आफ्नो जस्तै दयनीय रहेको भन्दै उनीहरू मुलुकको शान्ति र समृद्धिको संकल्पसहित मेची–महाकाली उल्टो पैदलयात्रामा निस्किएको बताउँछन् ।

रुपनले भने, ‘जहाँ पुग्दा सूर्यास्त हुन्छ, त्यहीँ बस्छौं, जहाँ सूर्योदय भएपछि यात्रा सुरु गर्छौँ । भोकैप्यासै पनि यात्रा निरन्तर छ ।’ चौधरी दम्पती यात्राका क्रममा निकै दुःख कष्ट झेल्नु परेको बताउँछन् । ‘म सामान्य खेती किसानी गर्ने मान्छे, उल्टो हिँडेर देशको यात्रा गरिरहेको छु । दुःखसुख यसैभित्र छ,’ रुपनले भने ।

परिवारको आर्थिक अवस्था कमजोर भए पनि मेची–महाकाली पैदल यात्रालाई चौधरी दम्पतीले सपनाको यात्रा बनाएको हो । तर त्यो सपना पूरा गर्न उनीहरूलाई निकै चुनौती देखिएको छ । रुपनले भने, ‘कसैले सहयोग गर्छन्, कसैले वास्तै गर्दैनन् । कसैले सहयोग गरेनन् भनेर यात्रा बिचमै रोक्ने कुरा पनि भएन ।’

मेची–महाकाली यात्रा पश्चात्त उनले भारतको बद्रीनाथसम्म नयाँ यात्रा आरम्भ गर्ने योजना बनाएका छन् । ‘मेची–महाकाली यात्रामा मुलुकको शान्तिको कामना गरेको छु भने नेपाल–बद्रीनाथको यात्राले विश्व शान्तिको कामना गर्नेछु,’ उनले भने ।

प्रकाशित:

१२७० दिन अगाडि

|

१५ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९