Above News Title

‘पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको हो’

 सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा समेत पार्टीले उचित मन्त्रालय लिएर सहभागी हुनेः अध्यक्ष, रन्जिता श्रेष्ठ चौधरी
‘पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको हो’

नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले पहिलो महाधिवेशन आगामी २०८० पुस ६ देखि ८ गतेसम्म टीकापुरमा गर्ने तय गरेको छ । काठमाडौंमा शुक्रबार सम्पन्न पार्टीको दुई दिने केन्द्रीय समितिको बैठकले उक्त निर्णय गरेको हो । 

यस अघि २०८० वैशाख ४ देखि ६ सम्म महाधिवेशन गर्ने मिति तोकिएको थियो । पार्टीले आगामी मंसिर मसान्तसम्म पार्टी संरक्षक रेशम चौधरीलगायत टीकापुरका राजवन्दीको रिहाई हुने आकलन गर्दै महाधिवेशनको अर्को मिति तय गरेको हो ।

यसै गरी, १३६ सदस्यीय केन्द्रीय कार्यसमितिलाई अनुमोदन गरेको छ । उता पार्टीको महिला विभाग संयोजकमा एलिजा गौतमलाई जिम्मेवारी दिइएको छ । पत्रकार ऋषि धमलाका पत्नी एलिजा दुई महिना पहिले मात्र पार्टीमा भित्रिएकी थिइन् । पहिले पार्टीको महिला विभाग संयोजक रहेकी अधिवक्ता गीता चौधरीलाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् ।

यसै गरी यसअघि प्रवक्तामा सीमित दामोदर पण्डित पार्टीको वरिष्ठ उपाध्यक्षको जिम्मेवारी पाएका छन् भने उपाध्यक्षद्वयमा लक्ष्मणकिशोर जोगेठ्वा थारु तथा हिमाञ्चल भट्टराई चयन भएका छन् । यी तीनै कैलालीका हुन् ।

पार्टी हित विपरीत गएपछि कारबाही

अर्को प्रसङ्गमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले पार्टी हित विपरीत गएपछि पार्टी नेता सुरेन्द्र चौधरीलाई कारबाही गर्नु परेको बताएकी छिन् ।

अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘सुरेन्द्रले पार्टीका सांसदहरूलाई बोलाई नयाँ पार्टी खोल्न उक्साउनु भयो । त्यसैले, पार्टीबाट निकाल्न बाध्य भएका हौं ।’ नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए । 

नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले शुक्रबार नागरिक उन्मुक्ति पार्टी परित्याग गरेको फेसबुकमार्फत् जनाएका थिए ।

राजनीतिक संवाद समितिका संयोजक समेत सुरेन्द्र चौधरी शुक्रबार पार्टीको बैठकको लागि हलमा प्रवेश गर्दा पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कड्केर भनेकी थिइन्, ‘तपाईंलाईं पार्टीले साधारण सदस्य पनि नरहने गरी कारबाही गरिसकेको छ । तपाईंलाई कार्यक्रममा बस्ने कुनै अधिकार छैन । तपाईं जान सक्नुहुन्छ ।’

समाचार स्रोतअनुसार कार्यक्रममा सुरेन्द्रले कुनै सफाइको स्पष्टीकरण दिन पाएनन् । अपमानित ढंगले हलबाट बाहिरिएलगत्तै  उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे,  ‘आज (शुक्रबार) बाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’ उनले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ ।

रेशमको रिहाईकै लागि सरकारमा गएको भनाई

अर्को प्रसङ्गमा अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले टीकापुरका राजवन्दीहरुको रिहाइको वातावरण बनाउन सरकारमा सहभागी भएको बताएकी छिन् ।  उनले भनिन्, ‘मन्त्रीमण्डलमा गएपछि बैठकको अवसरमा प्रधानमन्त्रीलगायत अरू पार्टीका सिनियर साथीहरूसँग नियमित भेटघाट हुने भयो । यसले रेशम चौधरीलगायत टीकापुरका निर्दोष राजवन्दीहरुको रिहाइको वातावरण बन्ने लागेर सरकारमा सामेल भएका हौं ।’

साथै, अध्यक्ष श्रेष्ठ चौधरीले सुदूरपश्चिम प्रदेश तथा लुम्बिनी प्रदेशमा समेत पार्टीले उचित मन्त्रालय लिएर सहभागी हुने जनाइन् । 

एमाले गठबन्धनको सरकारमा नाउपाले समर्थन नदिँदा एमाले नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकार ढलेको थियो । अहिले काँग्रेस नेतृत्वको सरकार बनेको छ, यद्यपि सरकारले पूर्णता पाएको छैन । 

सुदूरपश्चिम प्रदेश सरकारमा एमाले गठबन्धनको सरकारमा नाउपाका लागि उपसभामुख छुट्याइएको थियो । उसले त्यो पद नलिएपछि एमालेलाई चिट्ठा परेको थियो । अब भने नाउपा लाभको कुनै पद छोड्ने पक्षमा देखिँदैन ।

प्रकाशित:

१२६० दिन अगाडि

|

२५ चैत २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९