नागरिक उन्मुक्ति पार्टीका बारेमा सुरुदेखि नै आलोचनात्मक विचार राख्दै आएका सुरेन्द्र चौधरीले अन्ततः शुक्रबार नागरिक उन्मुक्ति पार्टी परित्याग गरेका छन् ।
नागरिक उन्मुक्ति पार्टीको विहीबारदेखि दुई दिने केन्द्रीय समितिको बैठक तमु बौद्ध सेवा समितिको हलमा चलिरहेको थियो । समाचार स्रोतअनुसार पहिलो दिन अनुपस्थित नेता सुरेन्द्र चौधरी शुक्रवारको बैठकमा भने सहभागी भए ।
राजनीतिक संवाद समितिका संयोजक सुरेन्द्र चौधरी केन्द्रीय सदस्य पनि हुन् । तर शुक्रबार सुरेन्द्र हलमा प्रवेश गर्ने वित्तिकै पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनिन्, ‘तपाईंलाईं पार्टीले साधारण सदस्य पनि नरहने गरी कार्वाही गरिसकेको छ । तपाईंलाई कार्यक्रममा बस्ने कुनै अधिकार छैन । तपाईं जान सक्नुहुन्छ ।’
समाचार स्रोतअनुसार कार्यक्रममा सुरेन्द्रले कुनै सफाईको स्पष्टीकरण दिन पाएनन् । अपमानित ढंगले हलबाट बाहिरिएलगत्तै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखे, ‘आज (शुक्रबार) बाट नागरिक उन्मुक्ति पार्टीबाट औपचारिक रूपमा अलग भएको जानकारी गराउँदछु । नयाँ राजनीतिक यात्राको लागि सबै जिल्लाका नेता तथा अभियन्ताहरूसँग छलफलको लागि मेची महाकाली यात्रामा भेट हुने नै छ ।’
उत्तरदायी, समावेशी, सहभागितामूलक लोकतन्त्रको लक्ष्य र ध्येयको लागि नयाँ शिराबाट राजनीतिक यात्राको लागि तयार रहन भन्दै सम्पूर्ण शुभचिन्तक अभियन्ता, नेताहरूमा उनले अपिल समेत गरेका छन् । उनले नयाँ पार्टी खोल्ने तयारी गरेको देखिन्छ ।
आफूले अन्य जिल्लाबाट विभिन्न दलका वरिष्ठ नेताहरूलाई नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गराएकोमा कुनै जिम्मेवारी नदिएको गुनासो थियो सुरेन्द्रको । यसका साथै राजनीतिक समितिको संयोजक भएको नाताले अन्य दलसँग सहकार्य, समन्वयको जिम्मेवारी आफ्नो भएको उनको भनाई थियो । तर आफूलाई भूमिकाविहीन बनाएको प्रसंग उनले बेला बेलामा सामाजिक सञ्जाल फेसबुकमा उठाउँदै आएका थिए ।
नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी संघीय चुनावमा दाङ–१ बाट उम्मेदवार भई चौथो स्थान ल्याएका थिए ।
उता नागरिक उन्मुक्ति पार्टीका एक केन्द्रीय पदाधिकारीले सुरेन्द्र चौधरी पार्टीमा कुनै जिम्मेवारीमा नरहेकाले उनले पार्टी त्याग्नुले कुनै अर्थ नराख्ने बताए ।
उता नयाँ राजनीतिक यात्राको लागि मेची महाकाली यात्रामा जाने तयारीमा रहेका सुरेन्द्र चौधरीले नयाँ संगठन बनाएमा नागरिक उन्मुक्ति पार्टीको संगठनलाई घाटा पुग्ने देखिन्छ ।
यसै गरी नागरिक उन्मुक्ति पार्टीको शुक्रबार बसेको बैठकले पार्टीको महिला संयोजकमा एन्जिला गौतमलाई जिम्मेवारी दिएको छ । पहिले महिला संयोजक रहेकी गीता चौधरी (कञ्चनपुर) लाई कानुनी संयोजकको जिम्मेवारी दिएपछि उनी असन्तुष्ट भएकी छिन् ।
त्यस्तै, टीकापुरमा पार्टीको पहिलो महाधिवेशन आगामी २०८० वैशाख ४ देखि ६ सम्म तोकिएकोमा आगामी पुसमा महाधिवेशन गर्ने तय भएको छ । त्यसबेलासम्म आफ्नो रिहाइ हुने पार्टी संरक्षक रेशम चौधरीले आकलन गरेका छन् ।
प्रकाशित:
१२६० दिन अगाडि
|
२५ चैत २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९