Above News Title

जसले राज्यलाई थारूका मुद्दा सम्झाए, एक मधेश एक प्रदेशको प्रतिवाद गरे

नेपालको भूगोल, संस्कृति र थारू सभ्यतामा उनले गरेको योगदान उल्लेखनीय छ।
जसले राज्यलाई थारूका मुद्दा सम्झाए, एक मधेश एक प्रदेशको प्रतिवाद गरे

आभास बुढोथोकी

संघीयताको माग गर्दै मधेश दनदनी बलिरहेको थियो। पूर्वदेखि पश्चिमसम्मको सबै तराई भूभाग मधेश प्रदेश हुनुपर्ने माग राज्यसँग औपचारिक रूपमा राखिरहेका थिए, आन्दोलनकारीहरू। एक थिए महेश चौधरी, जसले ऐतिहासिक तथ्य-प्रमाणका आधारमा सम्पूर्ण तराईको भूभाग मधेश प्रदेश हुन नसक्ने भन्दै खण्डन गरे।

‘एक मधेश एक प्रदेश’ को आन्दोलन चर्किरहेको बेला उनले एकातिर राज्यलाई त्यहाँको वास्तविक समस्या बोध गराउने गरी विचार व्यक्त गरे। अर्कातिर एक मधेश एक प्रदेशको माग व्यावहारिक, तथ्यपरक र सम्भव नरहेको भन्दै आफूलाई भिन्न कित्तामा उभ्याए। चौधरीको प्रयासले बहसलाई निम्तो दियो।

यस्ता अध्येता महेश चौधरी ७२ वर्षको उमेरमा बुधबार बिहान विते। पूर्वराज्यमन्त्री तथा अध्येता चौधरी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका थिए । काठमाडौंमा हालै हर्नियाको शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी घरमै बितेका थिए।

राष्ट्रिय सभा हुँदै राज्यमन्त्री समेत भएका चौधरीको राजनीतिक पृष्ठभूमि जे छ, त्योभन्दा धेरै नेपालको भूगोल, संस्कृति र थारू सभ्यतामा उनले गरेको योगदान उल्लेखनीय छ। भूगोलका प्राध्यापक समेत रहेका उनी पश्चिम तराईको भूगोल र थारू सभ्यताका गहिरो अध्येता हुन्। उनको भौतिक शरीर नरहे पनि उनले नेपालको इतिहास, भूगोल, संस्कृति र थारू सभ्यताबारे दर्जन बढी गहिरो अनुसन्धानमूलक दस्तावेजहरू हामीमाझ छोडेर गएका छन्।

२००७ सालमा दाङको तत्कालीन हेकुली गाविसको बैबाङमा जन्मिएका चौधरीले भूगोल विषयमा स्नातकोत्तर गरे। पछि उनी वामपन्थी आन्दोलनमा होमिए। स्वर्गीय कम्युनिष्ट नेता नेत्रलाल अभागीसँग किसान आन्दोलन अघि बढाउन र थारू समुदायमा चेतना फैलाउन लागे। २०२८ सालमा थारू भाषाको पहिलो पत्रिका ‘गोचाली’ को संस्थापक सम्पादक समेत रहे।

महेन्द्र बहुमुखी क्याम्पसका सहायक-प्रमुख एवं थारू समुदायका ज्ञाता केवी चौधरीका अनुसार महेश चौधरी नेपालको भूगोलबारे गहिरो जानकार भएको व्यक्तिमध्ये एक हुन्। उनले दाङ लगायत पश्चिम तराईका जिल्लामा थारूहरू माथि जमिनदारहरूको ज्यादती भएका इतिहासहरू पर्गेलेका थिए।

२०२१ सालमा सरकारले भूमि नीति ल्याएपछि र त्यसअघि पनि साहुले गरेको ज्यादती सहन नसरेर हुलका हुल थारूहरू आफ्नो भूमि छोडेर बर्दियातिर गइरहेका थिए। जसलाई बुरहान जाने भनिन्थ्यो। उनी त्यही बेलादेखि थारू आन्दोलनमा होमिए।

महेशले थारू भाषाको पहिलो गीति नाटक ‘छारा’ प्रकाशित गरे। जहाँ उनले भूमि छोडेर जान नहुने भन्दै थुप्रै नाटक मञ्चन गर्दै थारूहरूलाई बुरहान जानबाट रोक्न भूमिका खेले। पछि उनले थारू समुदायभित्र रहेको सामाजिक कुरीति र अन्धविश्वास हटाउन जागरणको अभियान पनि चलाए।

२०४१ सालतिर उनी प्राध्यापनमा लागे। दाङस्थित महेन्द्र बहुमुखी क्याम्पसमा भूगोल विषयको अध्यापन गराए र विभागको प्रमुख पनि भए।क्रमशः २०४६ सालपछि उनी सक्रिय राजनीतिमा लागे।

२०४८ र २०५४ सालमा गरी दुई पटक राष्ट्रिय सभा सदस्य बने। २०५४ सालमा राष्ट्रिय सभा सदस्य हुँदा उनी स्थानीय विकास राज्यमन्त्री समेत भए। पछि २०६४ सालमा उनी पहिलो संविधानसभा सदस्यका लागि सरकारद्वारा मनोनित भए।

राजनीतिक व्यस्तताबीच महेशले आफ्नो अध्ययन र अनुसन्धान पनि जारी राखे। अझ भनौं आफ्नो जीवन त्यसैमा समर्पित गरे। उनी नेपालको भूगोल र इतिहासबारे गहिरो अध्ययनमा लागे।

हुन पनि चौधरीले नेपालको भूगोलबारे थुप्रै अनुसन्धानमूलक पुस्तक लेखेका छन् । ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग-१ र २)’ त्यस्तै एक पुस्तक हो। जहाँ उनले नेपाली भूगोलमा भएका प्राकृतिक स्रोत-साधन, खोलानाला, धातुहरू, धार्मिक-सांस्कृतिक कुराहरूको खोज गरेका छन्।

महेश चौधरीद्वारा लिखित पुस्तक

पुस्तकमा तराईमा कहाँ-कहाँ कस्तो प्राकृतिक स्रोतसाधन, ऐतिहासिक सम्पत्ति छन् भनेर उल्लेख गरेका छन्। नेपालको भूगोलबारे गरिएको यो एउटा एकदमै महत्वपूर्ण र गहिरो अनुसन्धान मध्ये एक हो।

चौधरीले नेपालको इतिहास र भूगोलबारे जे-जति अनुसन्धान गरे, त्योभन्दा धेरै थारू सभ्यताको गहिरो अध्येता र अनुसन्धानकर्ता रहे। उनका अधिकांश पुस्तक इतिहास, थारू सभ्यता, संस्कृतिबारे छन्। ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’ र ‘स्थविरहरूको प्राचीन इतिहास र संस्कृति’ उनका महत्वपूर्ण पुस्तक हुन्। ती पुस्तकमा उनले थारू समुदायको सभ्यताको विकास कसरी भयो भन्नेबारे गहिरो अनुसन्धान गरेका छन्।

पुस्तकमा उनले तराईका सामाजिक र सांस्कृतिकसँग जोडिएका इतिहासका कुराहरू लेखेका छन्। जहाँ उनले थारू सभ्यताको विकास तराईबाटै भएको उल्लेख गरेका छन्।

त्योभन्दा महत्वपूर्ण अनुसन्धान त उनले गौतम बुद्ध पनि थारू परिवारका सदस्य हुन् भनेर गरेका छन्। ‘उहाँले गौतम बुद्ध पनि थारूका सन्तान थिए भन्ने लामो अनुसन्धान गरेर निष्कर्ष निकाल्नुभएको छ र, थारूहरूलाई गौतम बुद्धका सन्तान भन्न मिल्छ भन्ने उहाँको अध्ययनले देखाएको छ’ उप-प्राध्यापक समेत रहेका चौधरी भन्छन्।

पछिल्ला केही वर्षहरू भने महेश गुमनाम जस्तै थिए । सक्रिय राजनीतिदेखि केही टाढा रहेर उनी जैविक मलबारे अध्ययन-अनुसन्धानमा जुटेका थिए। दाङको घोराही उपमहानगर-१७ बेलवारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र संचालन गर्दै जैविक प्राङ्गारिक मल उत्पादन गर्दै आएका थए ।

उनले आफ्नो जीवनकालमा भूगोल, अर्थशास्त्र र थारू समुदायको भाषा, कला, संस्कृति सम्बन्धी दर्जन बढी अनुसन्धानमूलक पुस्तक प्रकाशित गरे।

लोकसंस्कृतिविद् डा. गोविन्द आचार्य चौधरी भूगोल र थारू सभ्यताबारे राम्रो अध्येता भएको बताउँछन्। खासगरी उनले पश्चिम तराईको भूगोल र थारू सभ्यताबारे महत्वपूर्ण अनुसन्धान गरेको उनी बताउँछन्। ‘उहाँले थारूको इतिहास र उत्पत्तिको विषयमा गरेको खोज अनुसन्धान निकै महत्वपूर्ण छ’ उनले भने, ‘थारू सभ्यतामाथि उहाँले गरेको अनुसन्धान मुलुककै लागि महत्वपूर्ण दस्तावेज हो।’

खासगरी चौधरीले थारू जातिको लोकसंस्कृति, भाषा र साहित्य संकलनमा ठूलो योगदान पुर्‍याएको उनी बताउँछन्।’थारू जातिका थुप्रै लोपोन्मुख मौखिक काव्य, महाकाव्य, गीतहरू संकलन गरेर पुस्तक प्रकाशित गर्नुभएको छ’उनले भने, ‘यो एउटा धेरै महत्वपूर्ण काम हो।’ उनले चौधरीले थारू इतिहासबारे मुलुकलाई नै ठूलो सम्पत्ति हस्तान्तरण गरेर गएको बताए।

संयोग कस्तो भयो भने नेकपा एमालेको केन्द्रीय राजनीतिक सल्लाहकार रहेका उनलाई पार्टीले मंगलबार मात्रै सल्लाहकारबाट हटाएको थियो। र, बुधवार बिहान उनी अस्ताए । अनलाइनखबरबाट

प्रकाशित:

११९९ दिन अगाडि

|

२५ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९