Above News Title

रहेनन् थारु भाषा, साहित्यका धरोहर महेश चौधरी 

नेपाल संस्कृत विश्वविद्यालयका लागि लेखिरहेको उनको गउँटेह्वा महाकाव्य अपुरो रह्यो
रहेनन् थारु भाषा, साहित्यका धरोहर महेश चौधरी 

थारु भाषा, साहित्यका धरोहर महेश चौधरीको निधन भएको छ । दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा जेठ  २४ गते दिउँसो उनको निधन भएको हो ।

पूर्वराज्यमन्त्री समेत रहेका उनी हर्नियाबाट पीडित थिए । काठमाडौंमा हालै शल्यक्रिया गरेर गृह जिल्ला दाङ फर्किएका उनी स्वास्थ्यमा पुनः समस्या देखिएपछि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका थिए ।

चौधरी २०४८ सालमा राष्ट्रिय सभा सदस्य र २०५४ सालमा स्थानीय विकास राज्यमन्त्री बनेका थिए ।
एमालेका पूर्व सल्लाहकारसमेत बनेका चौधरी पछिल्लो समय भने राजनीतिबाट निष्कृय झैंथिए ।

उनी २०२८ सालमा दाङबाट प्रकाशित थारू भाषाको साहित्यिक पत्रिका ‘गोचाली’का संस्थापक प्रधान सम्पादक  थिए।

उनले ‘द हिडनट्रेजर अफ द लो ल्याण्ड नेपाल (भाग १ र २)’, ‘नेपालको तराई तथा यसका भूमिपुत्रहरू’, ‘स्थविरहरुको प्राचीन इतिहास र संस्कृति’, थारू भाषाको पहिलो गीति नाटक ‘छारा’, थारू भाषामा ‘लिरौसी व्याकरण’ माँगर, गुर्वावक् जन्मौटी लगायत पुस्तक लेखेका छन् । नेपाल संस्कृत विश्वविद्यालयका लागि लेखिरहेको उनको गउँटेह्वा महाकाव्य अपुरो रह्यो । 

पछिल्लो समय उनले घोराही–१७ स्थित बेलभारमा सूर्यशक्ति सुपर जैविक प्राङ्गारिक मल उत्पादन केन्द्र सञ्चालन गर्दै आएका थिए ।

आज विहीवार उनको पुर्ख्यौली घर दाङको बैबाङस्थित बबई घाटमा उनको दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ । उनको एक छोरी, एक छोरा तथा श्रीमती छन् । ढकियाखबर उनीप्रति हार्दिक श्रद्धान्जली ब्यक्त गर्दछ ।

प्रकाशित:

११९९ दिन अगाडि

|

२५ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९