Above News Title

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी

काठमाडौं,१९ जेठ । चितवनको कालिका नगरपालिकाले विद्यालयको दिवा खाजामा गाउँकै फापर र कोदोको रोटी खुवाउन थालेको छ ।

स्थानीय रैथाने बाली प्रवर्द्धन गर्नका लागि नगरपालिकाले स्कुलका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाउन थालेको हो । पहिलो चरणमा यस वर्ष कालिका वडा नं १० स्थित उक्त विद्यालयका विद्यार्थीलाई फापर र कोदोको रोटी खुवाइएको नगरप्रमुख विनोद रेग्मीले जानकारी दिए । उनका अनुसार यस विद्यालयका विद्यार्थीलाई असारसम्म फापर र कोदोको रोटी खुवाइनेछ ।

यस वर्ष परीक्षणस्वरुप एउटा विद्यालयबाट कार्यक्रम सुरुवात गरेका छौँ, नगरप्रमुख रेग्मीले भने, “यसको प्रभावकारिताका आधारमा आगामी वर्ष अन्य विद्यालयमा पनि यो कार्यक्रम लागु गर्छौं । पालिकाले कृषि शाखाको रैथाने बाली प्रवर्द्धन कार्यक्रममार्फत यस वर्ष रु एक लाख बजेट विनियोजन गरिएको छ भने यस विद्यालयमा सरकारले दिने नियमित खाजा पनि छ”, आगामी वर्षदेखि विद्यार्थीलाई फापर र कोदोसँगै गिठ्ठा भ्याकुर, तरुल र पिडालु पनि खुवाउने उनले बताए ।
विद्यालयका प्राचार्य जीतबहादुर भट्टराईले रैथाने बालीको प्राङ्गारिक हुने भएकाले यसैलाई जोड दिइएको बताए । रैथाने वालीहरु लोप हुँदै गइरहेको अवस्थामा विद्यालयस्तरमा यस्ता खाजा खुवाउँदा पछिल्लो पुस्तालाई रैथाने बालीका बारेमा राम्रोसँग जानकारी हुने उनको भनाइ थियो । विद्यालयमा अधिकांश चेपाङ र जनजाति समुदायका बालबालिका अध्ययनरत छन् । कक्षा पाँचसम्ममा एक सय ६४ विद्यार्थीलाई खाजा नियमित खुवाइएको र खाजाकै कारण विद्यार्थीको सङ्ख्यासमेत बढेको छ । कतिपय बालबालिका भोकभोकै विद्यालय आउने गरेका छन्, प्राचार्य भट्टराईले भने, “खाजा खान पाइन्छ भन्ने आसले पनि बालबालिका विद्यालय आउँछन् तर खाजा खुवाउन सरकारले दिने रकम थोरै भएकाले यसलाई बढाउनसके अझै राम्रो खानेकुरा खुवाउन सकिन्थ्यो ।”

नियमित खाजाका लागि सरकारले दैनिक रु पन्ध्र दिने गरेको छ । त्यसबाट स्कुलले बालबालिकालाई जाउलो चिउरा तरकारी खुवाउने गरेको छ ।

कालिका नगरपालिकाका कृषि शाखा प्रमुख लक्ष्मण पोखरेलले रैथाने बाली प्रवर्द्धन कार्यक्रमअन्तर्गत यस वर्ष विनियोजित रु १० लाख बजेटबाट केही रकम विद्यालय खाजामा प्रयोग गरिएको बताउनुभयो । रैथाने बालीमा पौष्टिकतत्व बढी हुने हुँदा बालबालिकालाई यो खाजा खुवाउनु लाभदायिक हुने उहाँको भनाइ थियो । रासस

प्रकाशित:

१२०५ दिन अगाडि

|

१९ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९