Above News Title

थारू बस्तीमा कुलाही

थारू बस्तीमा कुलाही

धनगढी । पश्चिम तराईका थारू बस्तीमा सिँचाई प्रणाली व्यवस्थापनको लागि कुलाही सुरु भएको छ ।

स्वस्फूर्त रुपमा सार्वजनिक कुलो, नहर, बाटोघाटो मर्मत सम्भारको लागि श्रमदानस्वरुप कुलाही सुरु गरिएको हो । वर्षात् भन्दा अगावै तथा बर्खे खेतीको तयारीको रुपमा थारू बस्तीमा कुलाही गर्ने परम्परा चलिआएको कैलालीको कैलारी गाउँपालिका–८ दक्षिण टेंढीका भलमन्सा बाँधुराम चौधरीले जनाए । 

दक्षिण टेंढीगाउँमा दुई दिनसम्म चल्ने कुलाहीमा गाउँका ११५ घरधुरीको सहभागिता छ । भलमन्साको नेतृत्वमा उनीहरुले गाउँको सबै सिँचाइ प्रणालीको कुलो, नहरको सरसफाई, मर्मत सम्भार, बाटो मर्मतको कार्य गर्ने भएका छन् ।

कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतोले केही दिनमा कुलाही सुरु गरिने बताए । २५० बढी घरधुरी रहेको बेनौलीका स्थानीयले पनि उहिलेदेखि कुलाही गर्दै आएको भलमन्सा महतोको भनाइ छ ।

उनले भने, ‘सार्वजनिक कार्यमा श्रमदान गर्नु भलमन्सा प्रथाको मुख्य पाटो हो । भाइचारा, सहकार्य र सहअस्तित्वको आधारमा थारू समुदाय चलेको छ । जुन हाम्रो पहिचान, संस्कार हो ।’दक्षिण टेंढी र बेनौलीमा मात्रै होइन, पश्चिम तराईको हरेक थारू बस्तीमा कुलाही गरिँदै आइएको छ । जसमा सरकारको कुनै निकायको संलग्नता हुँदैन ।

थारू समुदायमा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको छ । भलमन्साको नेतृत्वमा गाउँ समाजमा कुलाही मात्रै होइन, हरेक सार्वजनिक कार्यक्रमका साथै जन्मदेखि मृत्यु संकारको कार्य हुँदै आएको छ ।

प्रकाशित:

१२०३ दिन अगाडि

|

२१ जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९