एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

एन पिस अवार्ड विजेता वसन्तीको ‘दहिटान घर’

८८३ दिन अगाडि

|

१३ पुष २०८०

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

अनुसन्धान केन्द्र बन्दै थारू सङ्ग्रहालय

८८५ दिन अगाडि

|

१० पुष २०८०

दाङको दङ्गीशरण गाउँपालिका–३ चखौरामा रहेको थारू जातिको इतिहास र संस्कृति बचाउने ‘चखौरा सङ्ग्रहालय’ मा अध्ययन तथा अनुगमन गर्नेको घुइँचो लाग्ने गरेको छ । पछिल्लो समय आन्तरिक र बाह्य पर्यटक यस सङ्ग्रहालयमा अध्ययन र अनुगमनका लागि आउने गरेका हुन् । घोराही उपमहानगरपालिका–१५ भरतपुरमा रहेको पद्मोदय पब्लिक नमुना माध्यामिक विद्यालय शिक्षा सङ्कायको कक्षा १२ मा अध्ययनरत विनिता केसी विद्यालयको अध्ययन अनुगमनका लागि दङ्गिशरण–३ मा रहेको थारु सङ्ग्रहालयमा गइन् । सङ्ग्रहालयभित्र प्रवेश गर्ने गेटको अगाडि थारू राज्यका अगुवाको मूर्ति र उनीहरूले शासन गरेको भूगोलको नक्शा देख्दा सबैले चाख मानेर हेरेको उनले बताइन् । यहाँ पुग्दा थारु जातिको पहिचानलाई बचाइ राख्नलाई तयार गरिएको सङ्ग्रहालय देख्दा खुसी लागेको केसीले बताइन् । लोप हुन लागेको संस्कृतिसँग जोडिएका थारू समुदायका पुराना सामान, गहना र पोसाक संरक्षण गरेर राखेको देख्दा खुसी लागेको उनको भनाइ थियो ।  सोही विद्यालयमा कक्षा १२ मा अध्ययनरत सुशीला चौधरीले पनि सङ्ग्रहालय अवलोकन गरिन् । उनले थारू गाउँको झल्को दिने परम्परागत घर, कोठा र देउता राख्ने ठाउँ देख्दा खुसी लागेको बताइन् । थारु समुदायमा लोप हुन लागेका गरगहना, कपडा र विवाहमा दुलाहा दुलही बोक्ने डोली सङ्ग्रह गरेर राखिएको उनले जानकारी दिइन् । “घरमा हजुरआमाले आफ्ना पालका गरिने चालचलन र सामग्रीको बारेका सुनाउने गर्नुहुन्थ्यो यहाँ पुगेर सबै अवलोकन गर्न पाउँदा खुसी लागेको छ”, चौधरीले भनिन्, “थारू जातिका परम्परा, नाचगान, चाडपर्व र सामाजिक जीवन झल्किने चित्र घरको भित्तामा सजिएका छन् । थारू राजाले कसरी राज्य सञ्चालन गरेका थिए भन्ने झल्काउन मूर्ति र नक्शा कोरिएका छन् ।”  विद्यालयका शिक्षक प्रकाश देवकोटाले विद्यालयमा शिक्षा सङ्कायका विद्यार्थीलाई आन्तरिक पर्यटकीयस्थलको अवलोकन गराएर स्थानीयस्तरमा भएका कला संस्कृतिका बारेमा जानकारी गराउने गरिएको बताए । विद्यार्थीले पुस्तकमा पढेका कुराले मात्रै नपुग्ने भएकाले उनीहरुलाई स्थलगत अध्ययन गराउने गरिएको उनको भनाइ थियो । आफ्नै आँखाले देखेका कुरा विद्यार्थीले छिटो सम्झने भएकाले विद्यार्थीलाई अध्ययनरअवलोकन गराउने गरिएको उनले बताए । लुम्बिनी प्रदेश सरकारबाट दङ्गीशरण–३ चखौरामा रहेको थारु सङ्ग्रहालयमा पार्क निर्माणका लागि रू ५० लाख, मूर्ति निर्माण तथा खरिद गर्न रू ५० लाख, माथिल्लो तलामा थारु घर तथा विश्राम स्थल निर्माण गर्न रू ३० लाख छुट्याइएको सङ्ग्रहालयका सह व्यवस्थाक नरेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार पछिल्लो समय यहाँ आन्तरिक तथा बाह्य पर्यटक अध्ययन अनुगमनका लागि आउने गरेका छन् । यो वर्ष मात्रै  ३६ जना विदेशी पर्यटक सङ्ग्रहालय अवलोकनका लागि आएका चौधरीले जानकारी दिए । सातवटै प्रदेशका पर्यटक यहाँ आउने गरेका उनको भनाइ थियो । यस वर्ष एक लाख भन्दा धेरैले सङ्ग्रहालयको अवलोकन गरेको उनले जानकारी दिए ।  शनिबार र सार्वजनिक बिदाको दिन धेरै आन्तरिक पर्यटक आउने गरेका छन् । दैनिक तीन सयदेखि चार सयको सङ्ख्यामा आन्तरिक पर्यटक आउने गरेका चौधरीले जानकारी दिए । उनका अनुसार साधारण नगरिकलाई रू ७०, विद्यार्थी तथा ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई रू ५० प्रवेश शुल्क लिने गरिएको छ । “थारु पहिरन लगाएर फोटो खिच्न चाहनेका लागि ड्रेसको रू एक सय, सङ्ग्राहलय पछाडि रहेको जलाशयमा डुङगा चलाउन रू ५० तोकिएको छ”, उनले भने । पर्यटकीयस्थलको संरक्षण गर्नका लागि  स्थानीय, प्रदेश र सङ्घ सरकार तथा पर्यटन बोर्डको पनि लगानी रहेको चौधरीले बताए । तुलसीपुर उपमहानगरपालिकाबाट ११ किलोमिटर पश्चिममा रहेको चखौरा पुग्न अटो रिक्साको सुविधा छ । अटो रिक्सालाई रू एक सय दियो भने सङ्ग्रहालयसम्म पुग्न सकिन्छ ।  पुरानो र नयाँ पुस्ताबीच ठूलो अन्तर रहेकाले पुरानो लोकसंस्कृति पुस्तान्तरण गर्नका लागि थारु सङ्ग्रहालयले सकारात्मक भूमिका खेलेको थारू संस्कृतिका ज्ञाता अशोक थारूले बताए । “संस्कृति हस्तान्तरण नहुँदा लोपहुँदै गएका छन् । यसलाई बचाउन सङ्ग्रहालयले सहयोग पुगेको छ,” उनले भने, “नयाँ पुस्ताले थाहा नपाएका धेरै कुरा यहाँ सङ्कलन गरिएका छन् । हाम्रो पहिचान सुरक्षित हुनेछ ।” 

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

कैलारी गाउँपालिकामा समलिंगी विवाह दर्ता

८८८ दिन अगाडि

|

७ पुष २०८०

कैलाली । सर्वोच्चको आदेशपछि नेपालमा पहिलो पटक समलिंगी (ट्रान्स कपल) ले विवाह दर्ता गराएका छन् । सर्वोच्च अदालतले समलिंगी विवाह दर्ताको व्यवस्था गर्न सरकारलाई अन्तरिम आदेश दिएको सूचना पाएपछि प्रकाश र मनिला विवाह  दर्ताको लागि कैलारी गाउँपालिका वडा नम्बर ८ मा प्रक्रिया अगाडी बढाएको बताए । उनीहरु चार वर्ष अगाडी नै मन्दिरमा गएर नेपाली परम्परागतरुपले विवाह गरिसको फोटो भिडियो र विवाह क्रममा मन्दिरमा तिरेको रसिद देखाएपछि वडाले विवाह दर्ता गरेको बताए । मनिला भन्छिन् ‘ट्रान्स कपल जोडी विवाह  गरेर कानूनी मान्यता पाउने नेपालमै हामी पहिलो जोडी बन्यो । सरकारले हाम्रो माग सुनुवाई गरिदिएकोमा एकदमै खुशी छौं ।’ उनीहरु विवाह  हुनुभन्दा अगाडीदेखि नै प्रेम सम्बन्धमा थिए । अफिसले उनीहरुको चार वर्ष अगाडी विवाह  गरिदिएको हो । विवाह पश्चात उनीहरु दुबै जना एक अर्काको घरमा जाने बस्ने गर्दछन् । अहिले परिवारले पनि स्वीकार गरिसकेको प्रकाश बताउँछन् । उनी भन्छन् ‘हामी कानुनी मान्यता नपाउँदा सम्म पारिवारिक र सामाजिक लडाई त थियो नै, जटिल विरामी भएको बेला स्वास्थ्य उपचारमा जाँदा सम्बन्धको आधारमा गर्न नपाउँने । अस्पतालले परिवार नै खोज्थ्यो । बैंकि· कारोवारमा पनि हामीलाई गाह्रो भयो ।’ उनका अनुसार जहिलेपनि हाम्रो यौनिकता र लैंगिकतामाथि प्रश्न खडा हुन्थ्यो, अब हामी ढुक्कका साथ विवाहित जोडी बन्यो । यस अघि सर्वोच्च अदालतको आदेशमा परम्परागत रूपमा विबाह मान्यता पाउँदै आएको महिला र पुरुषबीचको विवाह मात्रै दर्ता हुने कानुनी व्यवस्था थियो । विवाह दर्ता गर्ने सरकारी निकायले कानुन अभाव देखाउँदै समलिंगीहरूको विवाह दर्ता अस्वीकार गर्दै आएका थिए । त्यस्तो अवस्थामा समलिंगी जोडीले आर्थिक, सामाजिक, सांस्कृतिक, स्वास्थ्य सेवा, सम्पत्ति लगायतका व्यवहार र कारोबारमा अड्चन आउँथ्यो । समलिंगी विवाहलाई दर्ता गर्ने कानुनी व्यवस्था गरिपाऊँ भन्दै पिंकी गुरुङ (सञ्जीव गुरुङ) समेतले दायर गरेको निवेदनमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको इजलासले अन्तरिम आदेश दिएको हो ।

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

चीनमा भूकम्प जाँदा सय भन्दा बढीको मृत्यु

८९३ दिन अगाडि

|

३ पुष २०८०

उत्तरी चीनमा भूकम्प जाँदा एक सयभन्दा बढीको मृत्यु भएको छ । दुई सय भन्दा बढी घाइते  भएका  छन् । नेपाली समयअनुसार  पुस ३ गते बिहान २ बजे कान्सु प्रान्तलाई केन्द्रविन्दु बनाएर ६.२ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पले कान्सु र छिङ्हाइ प्रान्तमा क्षति पुगेको छ । चिनियाँ समाचार एजेन्सी सिन्ह्वाका अनुसार कान्सुमा १०० जनाको मृत्यु र ९६ जना घाइते भएका छन् । यसैगरी छिङ्हाइमा ११ जनाको मृत्यु र १२४ जना घाइते भएका छन् । भूकम्पले यातायात, सञ्चार, विद्युत आपूर्ति बन्द भएको छ । कतिपय स्थानमा पानीको आपूर्ति पनि रोकिएको छ । भूकम्प प्रभावित क्षेत्रमा अत्यधिक जाडो रहेकाले स्थानीय समस्यामा परेका छन् । बिहानैदेखि खोज तथा उद्धारलाई तीव्रता दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले एक वक्तव्य जारी गर्दै भूकम्प प्रभावितहरुको उद्धार, राहत र घाइतेहरुको उपचारमा पूरै शक्ति परिचालन गरिएको जानकारी दिएका छन् ।

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

ठुम्रारको ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न

८९५ दिन अगाडि

|

१ पुष २०८०

ठुम्रार साहित्यिक बखेरीले कीर्तिपुरको बरघर रेस्टुरेन्टमा ९७औं थारू साहित्यिक श्रृंखला सम्पन्न गरेको छ । मंसिर ३० गते शनिवार सम्पन्न भएको कार्यक्रममा गणेश वर्तमान, भूमिका थारु, अरुण चौधरी, कृष्णराज सर्वहारी, हर्षित चौधरी लगायतले रचना वाचन गरेका थिए ।  कार्यक्रममा सिताराम चौधरी, डा रामबहादुर चौधरी लगायतले  हरेक महिनाको अन्तिम शनिवार आयोजना हुने थारू साहित्यिक श्रृंखलाबाट खास गरी थारु युवाहरुले लाभ उठाउनु पर्नेमा जोड दिएका थिए ।  त्यस्तै,  श्रृंखलाका सुत्राधार डा कृष्णराज सर्वहारीले आगामी २०८० माघ २६ देखि २८ सम्म सुनसरीको गढीमा हुन गैरहेको आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनमा काठमाडौंबाट धेरैभन्दा धेरै सहभागिता जनाउन आग्रह गरे । २०७० मंसिर २९ गते १० वर्ष पहिले बखेरीको कार्यक्रममा प्रमुख अतिथि तात्कालीन सांसद जनकराज चौधरीलगायत सहभागी ।

पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता गर्ने, प्रथमलाई १ लाख पुरस्कार

पृथ्वी जयन्तीमा राप्रपाले कविता प्रतियोगिता गर्ने, प्रथमलाई १ लाख पुरस्कार

८९८ दिन अगाडि

|

२७ मंसिर २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले पृथ्वी जयन्तीको अवसरमा कविता प्रतियोगिता आयोजना गरेको छ । राप्रपा प्रवक्ता मोहन श्रेष्ठले ३०२ औं पृथ्वी जयन्तीको अवसरमा पुस २७ गते राप्रपाले ४० वर्ष ननाघेका युवाको कविता प्रतियोगिता गर्न लागेको जानकारी दिए ।  कविता पृथ्वी नारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसँग सम्बन्धित विषयमा हुनुपर्ने उनको भनाइ छ । राप्रपाले स्वदेश तथा विदेशमा रहेका इच्छुक कविहरुलाई प्रतियोगितामा सहभागी हुन राप्रपाको खुला आह्वान गरेको छ ।  प्रतियोगीले १५ पुसभित्र कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ । ५०० शब्दसम्मको कविता इमेल र ह्वाट्सएपबाट पठाउन सकिने वा राप्रपाको धुम्बाराहीस्थित कार्यालयमै आएर पनि बुझाउन सकिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख, दोस्रो हुनेले ५० हजार, तेस्रो हुनेले २५ हजार र त्यसपछिका ३ जनालाई सान्त्वनास्वरुप १०/१० हजार रुपैयाँ प्रदान गरिने राप्रपाले जनाएको छ । पुरस्कृत कविताहरु २७ पुसमा भृकुटीमण्डपमा आयोजित कार्यक्रममा वाचन गरिने प्रवक्ता श्रेष्ठले जानकारी दिए । कविताको मूल्यांकन ३ जना प्रतिष्ठित कविले गर्ने र उनीहरुको नाम २७ पुसमा सार्वजनिक गरिने राप्रपाले बताएको छ ।