प्राडा प्राज्ञ खेमराज खनाल
शङ्कर पढिरहन्थ्यो, लेखिरहन्थ्यो । किताबहरू छापिएका थिए । पत्रपत्रिकामा लेखरचना छापिन्थे । पाठकहरू उसलाई धेरै मन पराउँथे । उसले ठुलै पुरस्कार पायो ।
पाठकहरूले भने, "को होला यस्तो पुरस्कार पाउने लेखक ?" धेरैले चिनेका थिएनन् ।
"आफ्नै गाउँठाउँमा भएको लेखक नचिन्नू ? साह्रै भएन ।" केही पाठकले गुनासो गरे ।
सोधीखोजी सुरु भयो । लेखकको डेरामै पुगे । सामान्य जीवनशैली, छरपस्ट किताब, सानो टेबुल, भुइँमा बसेर लेखिरहेको व्यक्ति; सबै छक्क परे ।
कतिपयले भने, "उहाँ त बेलुकीतिर यही बाटो हिँड्नुहुन्छ ।" कतिले विश्वास गरेनन् । भित्ताभरि सम्मानपत्र रहेछन् ।
एक जनाले भन्यो, "यत्रो पुरस्कार पाउनुभो । जीवनस्तर अलिक उकास्नु पर्यो कविज्यू ।"
"मैले जीवनस्तरमा पुरस्कार पाएको हैन त, लेखनस्तरमा हो; त्यो अवश्य सुधार्नेछु ।" शङ्करले भन्यो ।
पिण्डेश्वर क्याम्पस, धरान-१४, सुनसरी ।
प्रकाशित:
४७४ दिन अगाडि
|
२६ असार २०८२
२ दिन अगाडि
|
१० कात्तिक २०८३
२ दिन अगाडि
|
९ कात्तिक २०८३
३ दिन अगाडि
|
८ कात्तिक २०८३
१३ दिन अगाडि
|
२९ असोज २०८३
१४ दिन अगाडि
|
२८ असोज २०८३
१८ दिन अगाडि
|
२४ असोज २०८३
२१ दिन अगाडि
|
२० असोज २०८३
१४७७ दिन अगाडि
|
२५ असोज २०७९
१५१२ दिन अगाडि
|
२१ भदौ २०७९
१५२२ दिन अगाडि
|
१२ भदौ २०७९
१४७७ दिन अगाडि
|
२६ असोज २०७९
१४२६ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८२ दिन अगाडि
|
२० असोज २०७९
१४१५ दिन अगाडि
|
२७ मंसिर २०७९