Above News Title

के थारूहरू थार मरुभूमिबाट आएका हुन् त ?

के थारूहरू थार मरुभूमिबाट आएका हुन् त ?

भुलाइ चौधरी

२०८३ वैशाख १९ गतेको गाेरखापत्र शनिवार पेजमा थारूबारे सन्ताेष दहितजीको (दाङका थारू जहाँबाट फैलिए देशभर शीर्षकको) लेख पढे । बडाे अनाैठाे लाग्याे । अन्तै पढेकाे भन्दा फरक पाएँ । मेराे प्रतिकृयाकाे अर्थ याे हाेईन कि अरु साथीहरु न लेखाै । सबैजना लेखाै, खूब लेखाै । यै लेखतकाे कमीले गर्दा हामी थारू सभ्यताकाे अग्रदूत हुँदाहुँदै पनि पछि परेका छाै । त्यसैले याे लेखत काममा सबै जनाले जाेड दिनै पर्याे । तर अलिकता मिलाएर लेख्नु पर्याे । हाम्रा अग्रजहरु के लेख्नु भएकाे छ? हाम्राे लेखाईले बनेकाे घर पनि भत्किने त हाेईन ? हाम्राे समाजमा समाजिक केही खराब असर त पार्ने हाेईन भने कुराहरु विचार गर्नुपर्छ ।

हामी थारूकाे उत्पतिकाे बारेमा नेपालकाे ईतिहास शिराेमणी डा. बाबुराम आचार्यकाे पनि लेख "थारूकाे मूल घर कहाँ ? पक्कै पढेकाे हुनुपर्छ, जहाँ उहाँ जाेडदार रुपमा लेख्नुभएकाे छ कि थारू कहै अन्तैबाट नेपाल आएकाे छैन । थारूकाे उत्पति नै नेपालमा भएकाे छ र थारूकाे पुरै परिवरिस नेपालमा भएकाे छ र युगयुगान्तरदेखि नेपालमा नै बस्दै आएका समूह हुन् । थारू नेपालका आदिबासी मुलबासी  धर्तीपुत्र हुन् । याे हाम्राे लागि गाैरवकाे विषय हाे । याे कुरा हामी थारूले बिर्सनु हुँदैन ।

अर्काे कुराे हाम्रा विद्वान नेपालका भू.पू. महान्यायाधिवक्ता श्री रमानन्द प्रसाद सिंहद्वारा लेखिएका थारू ईतिहास "The real story of the Tharus"  जसकाे मर्म थारू शाक्य हुन् र बुद्धका बन्सज हुन् । शाक्यका मूल घर नेपाल तराई कपिलवस्तु हुन् ।  तर अरु जातिका इतिहासकारहरुले थारूलाई गिज्याउन निम्ति, छाेटा देखाउन निम्ति थारूहरु थार मरुभूमिबाट मुगल आक्रमणकाे समयमा चिताैरगढकाे युद्धमा मुगलहरुबाट परास्त भए, पुरुषहरु मरे र उनीहरुकी राजपुतनी श्रीमतीहरु र छाेरीहरु ज्यान बचाउन साथमा भएका अनुचरहरु साथ नेपाल तराई आई ज्यान बचाइन र पछि उनीहरुका सम्बन्ध ती अनुचरहरुसंग भइ तिनीहरुबाट उत्पन्न भएका शाखा-संतानहरु आजका थारू हुन् भने उनीहरुकाे जिकिर थियाे र प्रमाणमा थारूहरुमा अहिले पनि पत्नीले श्रीमानलाई भात पस्केर दिदा नजिकमा पुग्दा हातले हाेईन, खुटाले ठेलेर दिने चलन छ ।  किनकि आफूहरु राजपुत खलकका हाै भने कुराे देखाउछिन रे भने गर्दछन् तर उनीहरु भन बिर्सन्छन् कि महिलाहरु मात्रै हाेईन साथमा साना-साना केटाहरु, पिटाई खाएका, हात-खुट्टा भांचिएका र बुढा पुरुषहरु तथा युद्ध पश्चात् पछि पनि केही लाेग्न मानिसहरु त समूहमा फर्के हाेलान् र पछि अनुचरहरुबाट मात्रै हाेईन तिनीहरुबाट पनि त बंश चले हाेलान नि ? ती संख्या खाेई। त्याे उल्लख गर्नै बिर्सन्छन् । वास्तविकता त्याे केही हाेईन । त्यतिखेर केही मानिसहरु भागेर ज्यान बचाउन नेपाल तराईकाे बनमा आए हाेलान्, जुन समूह राना थारूलाई लिन सकिन्छ ।

तर नेपालका सम्पूर्ण थारू त्यतिखेर नै भारतबाट नेपाल आए हाेलान याे गलत कुरा हाे । नेपालमा थारूहरु हजाराै हजार वर्ष अघिदेखि बस्दै आएका छन् । याे मुगल आक्रमण १६ हाै शताब्दिमा भएकाे हाे । यसलाई नै सत्य मानने हाे भने थारूकाे यहाँ नेपालमा आएकाे यही पांच सय वर्ष भएकाे हाे र ? पक्कै याे सत्य हाेईन । लेखकहरुकाे थारूप्रतिकाे केही बैरभाव हाे र थारूकाे ईतिहास बंगियाउन खाेजेकाे हाे ।

अर्काे कुरा स्व.डा. शंकरलाल चाैधरी र स्व. उपेन्द्र प्रसाद चाैधरीहरु बी.एस्सी.एजी. डीग्री राजस्थानबाटै पूरा गरेका थिए । उहाँहरु थारू उत्पति इतिहास पनि लेख्नु भएका छन् । यसबारे उहाँहरुसंग कुरा हुँदा उहाँहरु के भन्नू भएकाे छ कि हामीले त्यहाँ पढिराख्दा खेरि के मरुभूमि मात्र हाे र पूरा राजस्थान चहारियाै तर याे कुराकाे केही कुनै जानकारी भेटाएनाै । काेनी कहाँबाट किन मानिसहरु के के लेख्दा रहेछन् थाहा भएन। (गोपाल) दहितजी पनि स्व. महेश चाैधरीकाे नाम उल्लेख गर्नु भएकाे छ । याे मलाई सत्य लाग्दैन । हाम्राे यस्ता कुराहरुमा धेरै सेयर गर्ने बानी थियाे । जब मलाई समस्या आयाे भने म उहाँलाई भन्थे र उहाँलाई समस्या आएकाे बेला उहाँ मलाई भन्नु हुन्थ्यो । याे थरुहट र मधेसकाे कुरा मैले उठाउँदा उहाँले मात्र मलाई सहयाेग गर्नु भएकाे हाे । तर थार मरुभूमि र त्यहाँबाट थारूहरु दांग आएका र दांगबाट थारूहरु पुरै नेपाल फैलिका कुरा कहिले पनि सेयर गर्नु भएकाे छैन र मलाई याे साँचाे लाग्दैन पनि । बरु उहाँले के सेयर गर्नु भएकाे छ भने सभ्यताकाे सुरुवातमा भाषा र मानिसहरु पुरबबाट नै पश्चिम, पश्चिम उत्तर र पश्चिम दक्षिणतिर आएकाे हाे । उहाँकाे र सर्वहारीकाे भाषा विवादकाे समयमा भन्नू भएकाे हाे । कटिंग खोज्दै गराैला । पूर्व भनेकाे माेरङलाई सम्बाेधन गर्नु भएकाे हाे ।

वास्तवमा माेरङकाे गुणगान धेरै सुनिन्छ पनि ।  माेरङ र सिन्धुघाटीकाे सभ्यता समकालीन हाे । माेरङ किन इतिहासकारहरुकाे नजरमा ओझलमा पर्याे थाहा भएन तर हाम्राे थारूहरुकाे नजरमा ओझलमा परेकाे छैन । थारू संस्कृति त्याे बेलासम्मकाे ईतिहास बाेकेकाे छ जतिखेर काेशी नदी थिएन । नेपालमा कुन इतिहासकारले भन्लान् काेशी नदी कहिले बन्याे तर थारूहरुकाे पाैरानिक गीत भन्छ । हाम्राेमा केही गीतहरु अहिले पनि गाउने गरिन्छ, जसलाई माेरङ सैर भनिन्छ ।

माेरङ सैरकाे अर्थ हाे माेरगकाे गवन, भ्रमण । त्यतिखेर राजा रजवारा मात्रै हाेईन, देवताहरु पनि तपस्या गर्न माेरङ आउने गर्दथे । एउटा गीतकाे बाेल छ :  देशमध्ये माेरङ राज्य बसैए सुजान, घर घर  गुवा गाछ घर घर पान। सुजानकाे अर्थ ज्ञानी, विद्मान, भलादिमानिस, राजा रजवारा, झृषिमूनि आदि । साेरठीका राजा बृजभान, रानी हेमती, बिजयपुर सबै माेरङ क्षेत्र नै हाे ।

अर्काे कुरा मानव उत्पति स्थान बुटवल रुपन्देही यही छ, कपिलवस्तु तराईका थारू चिरपरिचित स्थानहरु यहि छदैछन, त्याे न देखेर कहाँ थार मरुभूमिबाट थारू मानिस दांग ल्याएर नेपालैभरि बसाल्न थाल्नु त्यति भर पर्दाे लागेन । 

साभारः लेखकको फेसबुक वालबाट

सन्ताेष दहितको दाङका थारू जहाँबाट फैलिए देशभर शीर्षकको लेखको लिंकः

https://gorkhapatraonline.com/news/204016

प्रकाशित:

२१ दिन अगाडि

|

२६ वैशाख २०८३

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३२६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१३६१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१३७१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३२६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१२७५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३३१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१२६४ दिन अगाडि

|

२७ मंसिर २०७९