Above News Title

गठबन्धन, तालमेल स्वतन्त्र मताधिकार विरुद्धको सिण्डिकेट 

गठबन्धन, तालमेल स्वतन्त्र मताधिकार विरुद्धको सिण्डिकेट 

हे देशका युवाहरु हो, देश टाट पल्टिसक्यो, देशले परिवर्तन खोजिरहेको छ । तपाईंहरुका अगाडि दलका विकल्प दल छन्, ब्यक्तिका बिकल्प ब्यक्ति छन् ।

विश्व कहाँ पुगिसक्यो, हामी २०४८ सालदेखि हालसम्म ३० वर्ष भुलभुलैयामा पार्नेलाई भोट दिइराखेका छौं । 

ती भुलभुलैयामा पार्नेहरु पहिले एक्ला एक्लै आए, अहिले गठबन्धनको नाममा तालमेलको नाममा मोर्चा बनाएर ठग्न आइपुगेका छन् । गठबन्धन, तालमेल भनेको स्वतन्त्र नागरिकलाई स्वतन्त्र रुपमा ब्यक्ति, पार्टी रोज्न नदिने अंकुश हो । स्वतन्त्र मताधिकारविरुद्ध लगाइएका अंकुश हो, सिण्डिकेट हुन् । त्यसैले सोच्नुस्, विचार गर्नुस् । 

आज बालेन, हर्क, गोपी किन उदाए ? काँग्रेस, एमाले, माओवादीले जनचाहनाअनुरुप राम्रोसँग काम गरिदिएको भए यी जननेताहरु उदाउने थिए ? पक्कै थिएनन् । यिनका काला कर्तुत, निकम्मापनका कारण बालेन, हर्क, र गोपीको उदय भएको हो । यिनले चाहेको भए ३० वर्षमा के हुन्नथ्यो ? 

यिनले ३० वर्षसम्म पनि देशका युवालाई विदेश जानबाट रोक्ने, रोजगार सिर्जना गर्ने कार्य गर्न सकेनन्, किसानलाई मल, बीउ, पानी दिन सकेनन्, निःशुल्क र गुणस्तरीय शिक्षा दिन सकेनन्, सस्तो र सहज रुपमा स्वास्थ्य उपचार दिन सकेनन्, सामान्य नागरिकहरुलाई निःशुल्क बिजुली बत्ती दिन सकेनन् । 

प्रतिब्यक्ति आय बढाउनुको साटो प्रतिब्यक्ति ऋण बढाए । फेरि पनि लाजै नमानी घोषणा पत्र, प्रतिबद्धता पत्र, कसम पत्र अनि के के हो के के हो ? नयाँ नयाँ नाम दिंदै ठग्न आइरहेका छन् । प्रदेश माग्दा जेल, अस्पताल जाँदा नेल लगाइरहेका छन् । ताज्जुवको कुरा त के छ भने अधिकार माग्दा जेल जानेहरु पनि तिनै जेल जाँक्नेहरुकै पछाडि कुदेका छन्, कुदेका छन् । 

थारुवान प्रदेश, स्वशासनको अधिकार दिने भनी जनतालाई उकास्नेहरु २०६३ सालदेखि थारुवान प्रदेश शब्द उच्चारण नगर्ने कसम खाएका छन् । अधिकार नदिने सवालमा काँग्रेस, एमालेसँगै घाँटी जोडेका छन् । अहिले पनि अधिकार दिन नचाहने संकीर्ण सोंचका ब्यक्तिहरु साना दलले केही गर्न सक्तैनन्, स्वतन्त्र भनेका बिना पिंढका लोटा हुन्, यिनबाट केही सम्भव हुँदैन भन्दै जनतालाई गुमराह, भ्रममा राखिरहेका छन्, छलकपट गरिरहेका छन्, ढाँटिरहेका छन् । हामी दास मानसिकता भएकाहरु पनि अझैं तिनीहरुकै कुरा पत्याइरहेका छौं, तिनकै पछि कुदिरहेका छौं ।  

उनीहरु तीन दशकसम्म के के गरे ? के के गर्न सकिन्थ्यो ? थरुहट प्रदेश दिंदा के बिग्रन्थ्यो ? आदिवासी जनजाति, दलित, महिलाको कोटा जस्तै थारुहरुलाई आरक्षण कोटा छुट्याउँदा के बिग्रन्थ्यो ? यी यावत बिषयहरुको बारेमा हाम्रो मनमा तरंगहरु आउनुपर्ने, प्रश्नको बौछार आउनुपर्ने हो तर आइरहेको छैन । तिनीहरुकै पुच्छर समात्दै कुदिरहेका छौं । 

काँग्रेस, एमाले, माओवादीले बिल्कुलै केही नगरेका होइनन्, केही त गरेकै हुन् । यो लेख्ने, बोल्ने स्वतन्त्रता, वातावरण दिनमा उनीहरुकै देन छ । तर उनीहरुको मात्रै देन होइन, त्यो भन्दा बढी देन जनताको छ, त्यो भन्दा बढी गर्न सकिन्थ्यो भनी आवाज उठाउने तपाईं हामी सबैको देन छ । स्वशासन, स्वायत्त क्षेत्र, विशिष्ट क्षेत्रको गुलियो सपना र आशामा माओवादी सशस्त्र युद्धमा होमिने बलिदानी दिने मगर, थारू, दलित, मधेसी, मुस्लिम, उत्पीडित, पिछडा वर्गको अझ ठूलो देन छ । 

आज माओवादीले चारैतिर भन्ने गरेको छ, उसले उठाएका जनताका माग मुद्दामा काँग्रेस, एमालेले समर्थन नजनाएको कारण थारुवान, मगरात, तमुवान, तामाङसालिङ, नेवा प्रदेश दिन सकिएन रे । काँग्रेस, एमालेले समर्थन नजनाउँदा माओवादीले माग मुद्दा छोड्नैपथ्र्यो ? यी यावत प्रश्नका सवाल जवाफ हुन जरुरी छ । 

आज तीन दशकमा पनि फेरि उही अनुहार, उही पार्टीको विश्वास गरिराख्ने हो त हामी ? अहिले त ब्यक्तिका बिकल्प ब्यक्ति तयार छन्, पार्टीका विकल्प पार्टी तयार छन् । राम्रा राम्रा स्वतन्त्र ब्यक्तिहरु मैदानमा आएका छन् । तिनीहरु मध्येमै बालेन, हर्क र गोपी पनि थिए । छान्न सक्ने, रोज्न सक्ने हाम्रो खुबीको कुरा हो । 

काँगेस, एमाले, माओवादी संगठन मात्रै देशमा छैनन्, नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टीहरु पनि यो देशमा छन् । रोज्ने अवसर पनि छ । यी साना संगठनको काम छैन भन्नु होला । ठूला दल पनि पहिले सानै थिए । हामी सबै मिली ठूला बनाएका हौं । तिनीहरु पनि सत्ता बाहिरै थिए, हामी सबै मिली तिनलाई सत्तामा पठाएका हौं । उनीहरुले आलोपालो ३० बर्षसम्म शासन गरेकै हुन्, गरिरहेकै छन् । 

आज गठबन्धन बनाएर, तालमेल गरेर फेरि पनि तपाईं हाम्रा बिचमा आएका छन् । काँग्रेसले माओवादीलाई, माओवादीले काँग्रेसलाई, एमालेले राप्रपालाई, राप्रपाले एमालेलाई भोट हाल्न भनिरहेका छन् । यो स्वतन्त्र मताधिकारको सदुपयोगमा लगाइएको अंकुश हो, सिण्डिकेट हो, अनैतिक कार्य हो । 

उनीहरुले चुनाव एक्ला एक्लै लड्नु पथ्र्यो, लड्न सक्नु पर्थ्यो । आ आफ्नो पार्टीको नीति सिद्धान्त, घोषणापत्र, कार्ययोजना प्रस्तुत गर्नुपथ्र्यो, भोट माग्नु पथ्र्यो । चुनाव पश्चात ठूला दलले सरकार बनाउनु पथ्र्यो । एउटै दलको सरकार नबने गठबन्धनको सरकार बन्थ्यो । अहिले त गठबन्धन र तालमेल गरी को कहाँ जित्ने म्याच फिक्सिङ्ग गरेका छन् ।
तर गठबन्धनलाई समेत जनताले स्थानीय तहको चुनावमा धुलो चटाइसकेका छन् । यो चुनावमा पनि जनताले आफ्नो स्वतन्त्र मताधिकारको प्रयोग गर्दै धेरै ठाउँमा गठबन्धन र तालमेललाई निकम्मा सावित गर्दैछन् ।  

म त भन्छु, ३ ठूला दलबाट राम्रो उम्मेदवार छैनन् भने राम्रो स्वतन्त्र ब्यक्तिलाई हाल्नुस् । जहाँ ढकियाको लहर छ, त्यहाँ ढकियालाई मत हाल्नुस्, जहाँ घण्टीको लहर आइसक्यो, त्यहाँ घण्टीलाई हाल्नुस् । तपाईंलाई देउवा–प्रचण्डको गठबन्धन मनपर्छ, गठबन्धनलाई भोट हाल्नुस्, ओली–थापा–लिङदनको तालमेल मनपर्छ त्यसलाई हाल्नुस् ।

कसलाई रोज्ने तपाईंको अधिकार कुरा हो । कसैको दवाव, प्रभावमा नपर्नुस्, उन्मुक्त वातावरणमा स्वतन्त्र मताधिकारको प्रयोग गर्नुस् । आज भोट हालेर भोलि पछुताउने काम नगर्नुस् । तपाईं जसलाई भोट हाल्नुहुन्छ, जित्ने उसैले हो, आफ्नो अमूल्य मतको सही सदुपयोग गर्नुस् । निर्वाचन शान्तिपूर्ण होस्, सबैको जय होस् । 
  

प्रकाशित:

१४४२ दिन अगाडि

|

१ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४७९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१५१३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१५२३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४७८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१४२७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४८३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१४१६ दिन अगाडि

|

२७ मंसिर २०७९