थारू समुदायको अट्वारी, भदौ १२ कि १९ गते ?

थारू समुदायको अट्वारी, भदौ १२ कि १९ गते ?

१११४ दिन अगाडि

|

९ भदौ २०७९

रन्जिताले गरिन् कैलाली–१ बाट उम्मेदवारीको घोषणा

रन्जिताले गरिन् कैलाली–१ बाट उम्मेदवारीको घोषणा

१११५ दिन अगाडि

|

८ भदौ २०७९

काठमाडौं नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली–१ बाट उम्मेदवारीको घोषणा गरेकी छिन् ।  आज बुधबार कैलालीको लम्कीमा मौन जुलुस तथा कोणसभा कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।  कोणसभालाई सम्बोधन गर्दै उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनामा थारु समुदायलाई मात्रै दोष दिइएको तर भदौ ८ को थारुहरुको घर, पसलमा आगजनी गरिएको घटना नजरअन्दाज नगरिएकोमा दुःखेसो पोखिन् । यसअघि प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा जहाँ उठ्ने, त्यहीँबाट रन्जिताले चुनाव लड्ने हल्ला आए पनि अब त्यो हल्लामा सीमित भएको छ ।  तीन हप्ते मेची–काली अभियान कहिले कहाँ ? नागरिक उन्मुक्ति पार्टीको तीन हप्ते मेची–काली अभियान भदौ ६ बाट सुरु गरेको छ । यस क्रममा पहिलो दिन कञ्चनपुरमा संगठन बिस्तारको कार्यक्रम तथा दोस्रो दिन ७ गते टीकापुरमा थरुहट विद्रोहको स्मरण दिवस मनाएको छ । तेश्रो दिन आज कैलालीको लम्कीमा मौन जुलुस तथा कोणसभा कार्यक्रम गरिएको छ । मेची–काली अभियान अन्तर्गत भदौ ९ गते बाँकेको राप्तीसोनारी, भदौ १० गते दाङदेउखुरी, भदौ ११ गते कपिलबस्तु, भदौ १२ गते रुपन्देही, भदौ १३ गते नवलपरासी कार्यक्रम गरिने भएको छ । त्यस्तै, भदौ १४ गते चितवन, भदौ १५ गते पर्सा, भदौ १६ गते बारा, भदौ १७ गते रौतहट, भदौ १८ गते सर्लाही तथा भदौ १९ गते महोत्तरी कार्यक्रम गरिने भएको छ ।  त्यस्तै, भदौ २० गते धनुषा, भदौ २१ गते सिराहा, भदौ २२ गते सप्तरी, भदौ २३ गते सुनसरी, भदौ २४ गते मोरङ, भदौ २५ गते झापा तथा भदौ २६ गते उदयपुरमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रम गर्ने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीका अनुसार पार्टीले पहाड क्षेत्र लगायत हालसम्म ४१ जिल्लामा प्रदेश तथा संघीय सांसदको उम्मेदवारी दिने भएको छ । तर मेची–काली अभियानमा पहाडी जिल्लामा कार्यक्रम समेटिएको छैन ।   

रेशमसहित राजबन्दीलाई तत्काल रिहाइ गर्न टीकापुरमा एकै स्वर

रेशमसहित राजबन्दीलाई तत्काल रिहाइ गर्न टीकापुरमा एकै स्वर

१११६ दिन अगाडि

|

७ भदौ २०७९

टीकापुर २०७२ भदौ ७ गते टीकापुरमा घटना भएको दिनलाई विद्रोह दिवसको रुपमा मनाउन मंगलबार टीकापुरमा दुइ स्थानमा छुट्टा–छुट्टै कार्यक्रम गरिएको छ । कार्यक्रमका वक्ताहरूले सांसद् रेशम चौधरीसहित सम्पूर्ण राजबन्दीलाई रिहा गर्नुपर्ने आवाज बुलन्द गरे । साथै, ठूला पार्टीहरुले टीकापुर घटनालाई राजनीतिक घटना भने पनि निर्णय गर्न नसकेको अभिव्यक्ति दिए ।  नागरिक उन्मुक्ति पार्टीले आयोजना गरेको कार्यक्रममा भजनी नगरपालिकाका मेयर केवल चौधरीले भने, ‘अधिकार प्राप्तीको राजनीतिक आन्दोलनमा राज्यले दमन गर्दा टीकापुर घटना घटेको हो । यहाँको सुशासन र विकासको लागि राज्यले टीकापुर घटना सम्बन्धमा सम्बोधन गर्न ढिलाइ गर्नु हुन्न ।  सोही कार्यक्रममा नेता लक्ष्मण थारुले हालसम्म थारुहरुको राजनीतिक आन्दोलनलाई सरकारले आपराधिक आन्दोलनको रुपमा लिएको आरोप लगाए । उनले कार्यक्रममा उपस्थित जनतालाई आगामी प्रदेश तथा संघको चुनावलाई आन्दोलनको रुपमा लैजान आह्वानसमेत गरे । टीकापुर विद्रोहको जगमा नागरिक उन्मुक्ति पार्टीको जन्म भएको बताउँदै नेता थारुले सरकारले हालसम्म आफूहरुको मुद्दाप्रति सकारात्मक नरहेको बताए । उनले भने, ‘आमजनताको एउटै माग छ, टीकापुर घटना राजनीतिक हो । यसलाई राजनीतिक ढंगले नै सम्बोधन गरिनुपर्छ ।’ स्थानीय निर्वाचनमा नागरिक उन्मुक्ति पार्टीले कैलालीको चार पालिकामा जित्नु आन्देलनकै देन भएको धारणा राख्दै उनले आगामी चुनावलाई पनि आन्दोलनको रुपमा लिन आह्वान गरे ।  त्यस्तै, थरुहट, थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभालगायतले आयोजना गरेको अर्को कार्यक्रमलाई सम्बोधन गर्दै टीकापुर नगरपालिकाका मेयर रामलाल डंगौराले भने, ‘विकास, समृद्धि र सद्भावको लागि तत्काल टीकापुर घटनाको अभियोगमा थुनिएका सबै राजबन्दीहरुलाई तत्काल रिहा गरिनुपर्छ ।’  आसन्न निर्वाचन अगाडि नै जेलबन्दीहरुलाई रिहा गरी सामाजिक सद्भावको वातावरण राज्यले सिर्जना गर्नुपर्ने समेत मेयर डंगौराको माग थियो ।  लम्की चुहा नगरपालिकाकी मेयर सुशीला शाहीले भनिन्, ‘कैलालीका सबै स्थानीय तहले टीकापुर घटनालाई राजनीतिक घटना रहेको निर्णय गरिसकेका छन् । त्यसैले, सो घटनाका अभियोग लागेकाहरुको रिहाइका लागि तुरुन्त पहल गरिनुपर्छ ।’ थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य रामचरण चौधरीले टीकापुर घटनाको निकासको लागि लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्नुपर्ने माग राखे । सरकारले प्रतिवेदन सार्वजनिक गर्न ढिलाइ गरिँदा थारुलगायत उत्पीडित समुदायमाथि अन्याय भएको उनको जिकिर थियो । थरुहट, थारुवान राष्ट्रिय मोर्चा तथा थारु कल्याणकारिणी सभाले कार्यक्रम आयोजना गरे पनि कार्यक्रममा काँग्रेस, मओवादीको झन्डा टााँगिएको थियो ।   

प्रकाशकीयः पहिचानको लागि पत्रकारिता

प्रकाशकीयः पहिचानको लागि पत्रकारिता

१११६ दिन अगाडि

|

७ भदौ २०७९

आदरणीय पाठकबृन्द,  थारू विद्रोहको उत्कर्ष टीकापुर घटना (२०७२ भदौ ७) को आज ठिक ७ वर्ष पुरा भएको छ । ऐतिहासिक विद्रोह दिवसकै दिन २०७९ भदौ ७ गते हामी चली गोचाली मिडिया प्रालिको तर्फबाट ढकिया भरी समाचार, विचार बोकी ढकियाखबर डटकम (dhakiyakhabar.com) अनलाइन डिजिटल पत्रिका लिएर यहाँहरूको माझमा आइपुगेका छौं ।  सत्यतथ्य समाचार, निष्पक्ष विचार यस पत्रिकाको मूल मर्मलाई आत्मसात गर्दै हामी विविधता र राष्ट्रिय एकतामा जोड दिई अगाडि बढ्ने प्रण गर्दछौं । विचारप्रधान रहेको यो ढकियाखबर (dhakiyakhabar.com ) ले उत्पीडित जाति, समुदाय, वर्ग, लिंगको भाषा, संस्कृति, संस्कार, अधिकारको वकालत गर्ने तथा सत्ता र शक्तिमा रहेकाहरूलाई बिना झिझक खबरदारी गर्नेछ, पहरेदारी गर्नेछ ।  अहिलेको युगमा पत्रिकाबिना पाठक कुहिरोका कागझैं हुने र पाठकबिना पत्रिका झन बाँच्नै नसक्ने हुँदा पत्रिका र पाठकबिचको सम्बन्ध नङ र मासुको जस्तो हुनपर्दछ भन्ने कुरालाई हामी सदैव ध्यानमा राखी अगाडि बढ्नेछौं ।  जनताका पीरमर्का, चाहना, सन्देश सरकार समक्ष पुर्याउन भरपर्दो पुलको काम गर्नमा हामी सदा तत्पर छौं । पत्रिकालाई यहाँहरूको भित्रैदेखिको माया, साथ र सहयोग आवश्यक छ । यहाँहरूले ढकियाखबरमा रहेको तीतो मीठो समाचार, विचारमा खुल्ला बहस गर्न सक्नुहुन्छ । तपाईंहरुको विचारलाई पनि उचित स्थान दिन तम्तयार छौं । तपाईंहरुले आफ्ना मनमा लागेका विचार सम्प्रेषण गर्नुहुनेछ भन्ने कुरामा हामी विश्वस्त छौं ।  पाठक बृन्द, ढकिया खास गरी थारू समुदायका महिलाहरूले हातबाटै बुन्ने सामान बोक्ने, राख्ने एउटा विशेष भाँडो हो । यो हस्तकलाबाट निर्मित पहिचानमूलक भाँडो हो, थारूहरुको पहिचान हो । जुन पहिचानलाई थरुहट तराई पार्टी नेपालले २०७० सालमा आफ्नो चुनाव चिन्ह बनाएको थियो । थरुहट तराई पार्टी नेपाल समयको गर्तमा हराइसक्यो ।   अहिले रञ्जिता श्रेष्ठ चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीले पनि ढकियालाई आफ्नो चुनाव चिन्ह बनाएको छ । नागरिक उन्मुक्ति पार्टीको चुनाव चिन्ह ढकिया रहेको र हाम्रो पत्रिकाको नाम पनि ढकियाखबर डटकम राखिएबाट कतिपयलाई लाग्न सक्छ, कतै यो नागरिक उन्मुक्ति पार्टीको मुखपत्र जस्तो त होइन ? तर यो शंका उपशंकालाई कृपया बाहिरै राख्नु होला । ढकियाले थारू लगायत आदिवासी पहिचानलाई अहिले जसरी उत्कर्षमा पुर्याएको छ, त्यो अरु कुनै शब्दले लिन सकेको छैन । त्यसैले, हामीले पहिचानको सम्मानको खातिर ढकियाखबर डटकम नाम जुराएका हौं । हामी पहिचानको लागि नयाँ डगर पहिल्याउने यात्रामा छौं । यहाँहरूलाई हामी भित्रैदेखि के अनुरोध गर्न चाहन्छौं भने तपाईंहरू नाम भन्दा बढी पत्रिकाको काम हेर्नुहोला, मूल्याङकन गर्नुहोला ।  थारू लगायत आदिवासी महिलाहरूले अब धेरै मेहनतका साथ रङ्गीचङ्गी ढकिया, डेल्वा जस्ता हस्तकलाका सामान बुन्नमा मात्रै केन्द्रीत नहोऊन् । पुरुषहरु हलो, फाली, जाल लगायत सामग्री बनाउन मात्रै केन्द्रीत नहोऊन् । उनीहरु आफ्नो समाजको मूल मुद्दालाई पनि चासो राखून्, बुझून् । ढकियामा अब सामान मात्रै होइन, विचार पनि राखुन् भन्ने मनसायले चली गोचाली मिडिया प्रालिले अनलाइन पत्रिकाको नाम dhakiyakhabar.com न्वारन गरेको छ ।  dhakiyakhabar.com यहाँहरूको बिचमा छ । यहाँहरूको पूर्ण साथ र सहयोग हामीलाई रहन्छ भन्नेमा विश्वस्त छौ । अन्तमा हामीलाई शुभकामना उपलब्ध गराउनु हुने सम्पूर्ण महानुभावहरुप्रति आभारी छौं । यस्तै, यस्तो साथ सहयोग निरन्तर रहनेछ भन्ने अपेक्षा गर्दछौ । धन्यवाद !   दिलबहादुर चौधरी अध्यक्ष  चली गोचाली मिडिया प्रालि  

नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना

नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना

११२१ दिन अगाडि

|

२ भदौ २०७९

कञ्चनपुर नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना चयन भएका छन् ।  बुधबार एक कार्यक्रमको आयोजना गरी रानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसअनुसार कार्यसमितिमा उपाध्यक्षमा बन्दीराम डंगौरा, सचिवमा पिताम्बर चौधरी, सहसचिवमा पतिराम चौधरीलाई चयन भएका छन् । यस्तै सदस्यहरुमा जगदीश निरौला, लक्ष्मण डंगौरा, राम कुमारी राना, बिन्तु प्रसाद चौधरी, सम्झना चौधरी, हेमन्तराज उपाध्याय, विष्णु चौधरी, खेमराज बडु, बिमल चौधरी, पार्वती चौधरी, सुरेश चौधरी, सुगम चौधरी, डुठा राना, पल्टु राना, राजमान चौधरी, कलावती चौधरी, तिलक चौधरी, ईतवारी राना र सुग्रीब चौधरी चयन भएका छन् । यसै गरी भदौ ११ गते बेलौरीको खुलामञ्चमा नागरिक उनमुक्ति पार्टीले पार्टी प्रबेश कार्यक्रम राखेको जनाएको छ । सोही दिन नागरिक उन्मुक्ति पार्टी कार्यालय कञ्चनपुरकोे उद्घाटन कार्यक्रम पनि रहेको जिल्ला अध्यक्ष नन्दकुमार रानाले जानकारी दिएका छन् । यसै गरी अर्के समाचार अनुसार नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं २ प्रदेश (ख) बर्दगोरिया गाउँपालिका कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बुधबार विभिन्न पार्टी त्याग गरी ५७१ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका सुदूरपश्चिम संगठन विभाग प्रमुख अरुणकुमार चौधरीले जनाएका छन् । अरुणकुमार चौधरीले कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवारीको दावी गरेका छन् । 

जनसंख्याअनुसार थारु क्लस्टर कायम गर्न माओवादी अध्यक्ष प्रचण्डको प्रतिबद्धता 

जनसंख्याअनुसार थारु क्लस्टर कायम गर्न माओवादी अध्यक्ष प्रचण्डको प्रतिबद्धता 

११२२ दिन अगाडि

|

१ भदौ २०७९

काठमाडौं संघीय निजामती विधेयकमा थारु कलस्टर घटाइएको सम्बन्धमा नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग थारु आयोग, नेकपा माओवादीको भातृसंस्था थारु राष्ट्रिय मुक्तिमोर्चा तथा थारु कल्याणकारी सभाका पदाधिकारीहरुको केन्द्रीय कार्यालय पेरिसडाँडामा बुधबार छलफल भएको छ ।  सो अवसरमा जनसंख्याको आधारमा निश्चित गरिएको थारु क्लस्टर ६.६ प्रतिशतलाई कायम गरिने अध्यक्ष प्रचण्डबाट प्रतिबद्धता व्यक्त भएको जानकारी बारबर्दिया नगरपालिकाका पूर्व मेयर दुर्गाबहादुर थारु कविरले जनाएका छन् ।

 नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुर र लम्कीमा कार्यक्रम गर्ने

 नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते टीकापुर र लम्कीमा कार्यक्रम गर्ने

११२३ दिन अगाडि

|

३१ साउन २०७९

काठमाडौं, २०७२ सालमा टीकापुर घटनाको सम्झनामा नागरिक उन्मुक्ति पार्टीले भदौ ७ र ८ गते कार्यक्रम गर्ने भएको छ । टीकापुर र लम्की बजारमा कार्यक्रम आयोजना गरिएको कार्यक्रम संयोजक ललित ताम्राकारले बताएका छन् । स्मरण रहोस् यसअघि भदौ ७ र ८ गते टीकापुर घटनामा दोषी भनिएका रेशम चौधरी लगायतको रिहाइको दबाबका लागि नेपाल बन्द गर्ने पार्टीले तयारी थालेको थियो । यो कार्यक्रम प्रत्युत्पादक ठानेर फिर्ता लिएको बुझिएको छ । टीकापुर घटनाबारे नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले भनेकी छिन्, ‘थारुको पहिचान, स्वाभिमान र अधिकारका लागि गरिएको थरुहट आन्दोलनमा मिति २०७२ भदौ ७ गते भएको घटनाप्रति गहिरो दुख व्यक्त गर्दै, लगत्तै अर्को दिन भदौ ८ गते गरिएको आवेगपूर्ण घटनाप्रति पनि गहिरो दुःख व्यक्त गर्दै ती दिनहरु स्मरण गर्न चाहन्छौं ।’  ‘थारुको पहिचान, अधिकार र सबै नेपाली समान भन्ने भावका साथ थारुवान राज्य र सबै प्रस्तावित थारुवान राज्य निवासी आम नेपालीहरुलाई सभ्य, विकसित,सुशासित र प्रस्तावित थारुवान राज्यप्रति गौरवान्वित बनाउने वातावरण तयार गर्ने लक्ष्यसहित हामी अगाडि बढिरहेका छौं,’रन्जिता श्रेष्ठ चौधरीले भनेकी छिन्, ‘थारुको पहिचानमा अरुको पहिचान नमासिने प्रतिवद्धता जाहेर गर्दै समग्र जनयुद्ध, मधेस आन्दोलन, थरुहट आन्दोलनसहित बिभिन्न पहिचानवादी आन्दोलनहरुप्रति ऐक्यबद्धता जाहेर गर्न चाहन्छौं ।’ अध्यक्ष रन्जिताले भनेकी छिन्, साथै ती आन्दोलनहरुमा शहादत भएका सम्पूर्ण सहिदहरुप्रति हार्दिक श्रद्धान्जली अर्पण गर्दछौं । राजनीतिक आन्दोलनमा, राजनितीक संघर्ष हुँदा भएको राजनीतिक  घटनालाई राजनीतिक रुपमा नलगी आपराधिक कार्यसँग पूर्वाग्राही रुपमा जोडी  फौजदारी मुद्धा चलाई हाल नेपालका विभिन्न जेलहरुमा रहेका झुटा मुद्धा लगाईएका सम्पूर्ण राजबन्दीहरुको रिहाईका लागि राज्यसंग जोडदार अपिल गर्दछौं ।’ ‘हाम्रो राष्ट्रियता मजबुत होस, विविधतामा रहेका सम्पूर्ण नेपालीहरुमा एकता होस्, हाम्रो देश विश्व परिवेश माझ विकसित सम्पन्न राष्ट्रमा स्थान बनाओस् भन्दै २०७२ सालको भदौ ७ र ८ गते कैलालीको टीकापुरमा भएको घटनालाई स्मरण गर्ने, गराउने, आपसी सद्भाव कायम गर्ने, पहिचानको आन्दोलनलाई स्थापित गर्ने र यस क्षेत्रमा बस्ने आम समुदायको हक हितका लागि राज्यलाई दबाब सृजना होस् भनी शान्तिपूर्ण तरिकाले कार्यक्रम गर्ने कुराको जानकारी गराउँदछौं,’ अध्यक्ष रन्जिताको अभिव्यक्ति छ ।