गणेश विशु
बाँकेको इतिहासमा हालसम्म लगातार दुईवटा निर्वाचन कुनै दलले पनि जितेका छैनन्। हरेक निर्वाचनपछि फरक दलका उम्मेदवारलाई बाँकेवासीले निर्वाचित गर्दै आएका छन्। तर, यहाँको राजनीति ठूला दलहरू र मधेसकेन्द्रित दलहरूकै वरिपरि घुमिरहेको देखिन्छ।
हालसम्म यहाँबाट नेपाली काँग्रेस, राप्रपा, एमाले, माओवादी र मधेस केन्द्रित दलका उम्मेदवार विजयी भएका छन्। देशभरि बलियो संगठन भएका दलभन्दा फरक दलका उम्मेदवारलाई पनि बाँकेवासीले निर्वाचित गराएको अहिलेसम्मको इतिहासले देखाउँछ। यसपटक पनि देशभरि बलियो संगठन भएका दललाई चुनौती साना दलहरू नै बन्ने देखिएका छन्।
यसपटक नयाँ गठित र पहिलोपटक संसदीय चुनावमा भाग लिन लागेका दलले पनि ठूला दललाई चुनौती दिने अनुमान गर्न थालिएको छ।
बाँकेको क्षेत्र नम्बर १ र ३ मा ठूला दलका लागि नागरिक उन्मुक्ति पार्टी तगारो बन्न सक्ने चर्चा राजनीतिक वृत्तमा चलेको छ। निवर्तमान प्रतिनिधिसभा सदस्य रेशम चौधरीको दलका रूपमा परिचित उक्त पार्टीले थारु समुदायको मत प्रभावित पार्न सक्ने र कतिपय ठाउँमा चुनौती नै दिनसक्ने आकलन गर्न थालिएको छ।
बाँके क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सुरेशकुमार चौधरी, प्रदेशसभा सदस्यमा (क)मा सोमराज चौधरी र (ख) मा भुमबहादुरी भण्डारीले उम्मेदवारी दिएका छन्। यी तिनैजनाले राजनीतिक रूपले परिचित नभए पनि पार्टीको अजेन्डा र भावनात्मक रूपमा मत तान्न सक्ने विश्लेषण गर्न थालिएको छ।
नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवारी दिएका सुरेशकुमार चौधरी यसअघि विभिन्न पार्टीको कार्यकर्ता थिए। अहिले रेशम चौधरीले पहिचानसहितको समृद्धि, पिछडा वर्गको उत्थानसहितका अजेन्डा लिई बाँकेमा पार्टीको संगठन विस्तार गर्न आह्वान गरेपछि उनी उम्मेदवारी दिन पुगेका हुन्।
क्षेत्र नम्बर १ (क) मा उम्मेदवारी दिएका सोमराज भन्छन्, ‘हामी चुनौती मात्रै होइन, जित्न नै सकिन्छ भन्ने विश्वाससहित जनतासमक्ष जाँदै छौं।’ चौधरी इलेक्ट्रिकल ओभरिसयर हुन् भने भण्डारी नेपाली काँग्रेसको जिल्लास्तरीय युवा नेताका रूपमा परिचित व्यक्ति हुन्।
क्षेत्र नम्बर १ मा एमालेबाट सूर्य ढकाल र सत्ता गठबन्धनबाट वर्तमान खेलकुदमन्त्री महेश्वरजंग गहतराजलाई मुख्य प्रतिस्पर्धीका रूपमा हेरिएको छ।
क्षेत्र नम्बर ३ मा पनि नेपाली काँग्रेस त्यागेर नागरिक उन्मुक्ति पार्टीबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए, रवीन्द्रमान श्रेष्ठले। उनले अन्तिम समयमा आएर उम्मेदवारी फिर्ता लिए। श्रेष्ठजस्तै काँग्रेसबाट असन्तुष्ट भएर नागरिक उन्मुक्ति पार्टीमा गएका चन्तराम थारू ३ (क) बाट उम्मेवार बनेका छन्।
चन्तराम यसभन्दा अघिल्लो निर्वाचनमा काँग्रेसबाट उम्मेदवार थिए। उनलाई पनि क्षेत्र नम्बर ३ को मत प्रभावित पार्नसक्ने उम्मेदवारका रूपमा हेरिएको छ। क्षेत्र नम्बर ३ मा सत्ता गठबन्धनका किशोरसिंह राठौर र एमालेका किस्मतकुमार कक्षपतिलाई मुख्य प्रतिस्पर्धी ठानिएको छ। नागरिकबाट
प्रकाशित:
१४२१ दिन अगाडि
|
१२ कात्तिक २०७९
६ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९