कार्तिक १५ गते सुरु भएको नागरिक उन्मुक्ति पार्टीको मेची–महाकाली अभियानमा होचा पुड्का कलाकारहरु तन मन दिएरै लागि परे । अभियानमा लेखबहादुर मोक्तान, निर्मल तामाङ, रुक्मिनी खड्का, लालुमाया तामाङ, कृष्णमाया सुनुवार, निर्मल मक्राती, विष्णु मगर थिए ।
हामीले सोध्यौँ तपाईंहरु यो अभियानमा किन लाग्नु भयो ? सबैको उहीँ उत्तर थियो, ‘न्यायका लागि । माननीय रेशम चौधरीको रिहाइका लागि ।’

टीकापुर घटना घटेको सात वर्ष बितिसक्दा पनि झुठा मुद्दामा रेशम चौधरीलगायत निर्दोषहरु जेल जीवन बिताउन बाध्य छन् । टीकापुर घटना राजनीतिक मुद्दा हो सरकाले कहिले बुझिदिने ? सरकार अझै मौन छ ।

लेख मोक्तान भन्छन्, हाम्रो मौन आवाजलाई भने नागरिक उन्मुक्ति पाटीैले सुन्यौँ । अरु पार्टीले त वास्ता पनि गरेनन् । नागरिक उन्मुक्ति पार्टीले हामीलाई समेटेर टिकट दियो । यो भन्दा खुसीको कुरा अरु के नै हुन सक्छ र ? उहाँप्रति सधैँ आभारी रहनेछु ।
होचा पुड्काहरुको नेपाल होचा पुड्का संघ गठन छ । नागरिक उन्मुक्ति पार्टीले यसै वर्गबाट अपाङुग समूहतर्फ लेखबहादुर मोक्तानलाई वागमती प्रदेशबाट प्रदेशसभातर्फ तथा निर्मल मक्रातीलाई गण्डकी प्रदेशसभातर्फ समानुपातिक उम्मेदवार बनाएको छ ।
लेखबहादुर मोक्तान विगत १० वर्षदेखि ठमेलमा डिजेका रुपमा काम गर्दै आइरहेका थिए तर दार्जीलिङमा दोब्बर पारिश्रमिक मिल्ने भएपछि उनी दसैँ अगाडी नै जाने तयारीमा थिए । उनी भन्छन्, दार्जीलिङ जानलाई मैले सबै चाजो पाजो मिलाइसकेको थिएँ तर समयले मलाई अहिले चुनावी मैदानसम्म पुर्यायो ।
दिप तामाङसँग मोक्तानको राम्रो चिनाजानी छ । तामाङ नागरिक उन्मुक्ति पार्टीको बागमती प्रदेशको संयोजक हुन् । उनले एकदिन आग्रह गरे रेशम चौधरीलाई एकपटक भेटौँ भनेर ।
मोक्तान भन्छन्, ‘मलाई रेशम चौधरीलाई पहिलेदेखि नै भेट्ने रहर थियो । टीकापुर घटना घटेपछि मिडियाले थारूहरुलाई नै दोषी देखाएर गलत समाचार सम्प्रेषण गर्याे । जसको शिकार म पनि भएँ । तर माननीय रेशमलाई डिल्लीबजारको कारागारमा भेट्न गए पछि मेरो सबै भ्रम तोडियो । उनी निर्दोष रहेछन् ।’
फोटोमा मात्र देखेको साच्चिकै भेट्न पाउँदा चौधरी मिजासिलो व्यक्ति लाग्यो । उनी भन्छन् , कस्तो खुला हृदय भएको मान्छे । पहिलो भेटमै उहाँहरु जस्तो मान्छेलाई पनि टिकट दिनुपर्छ भनेर भन्नु भयो ।
मेची–महाकाली चुनावी अभियानमा आफू जोडिन पाउँदा औधी खुसी लागेको बताउँछन् । यो यात्रा जिन्दगीकै सबैभन्दा अविस्मरणीय रह्यो । मैले चुनावी घरदैलो कार्यक्रमले गर्दा ४० वर्षपछि आफ्नो मावली पूर्वी चितवनको गोठसोरमा जाने मौका पाएँ । रामेछापको वासिन्दा म त्यहाँ जाने मेसै जुरेको थिएन ।

निर्मल तामाङ जो पेशाले डान्सर हुन् । हाल बौद्ध बसाइ रहेका उनी त्यही नजिकैको रेस्टुरेन्टमा काम गर्छन् । काभ्रेका उनी पश्चिम कहिल्यै पुगेका थिएनन् रे ।
उनी भन्छ्न्, ‘मेरो लागि यो नौलो अनुभव रह्यो । नागरिक उन्मुक्ति पार्टीको मेची–महाकाली अभियानमा जोडिएर नै पहिलो पटक पश्चिम देख्ने मौका पाए ।’
उनी तीतो अनुभव सुनाउदै भन्छन् ,समाजले हामीलाई हेर्ने दृष्टिकोण अझै फेरिएको छैन । हामीलाई सान्त्वना होइन, हौसला दिनुहोस् । हामीले सबै चीज गर्न सक्छौँ ।
अभियानमा विभिन्न नेपाली गीतहरुमा नृत्य गरेका होचा पुड्का कलाकारहरुले विशेष गरेर रेशम चौधरीद्वारा रचित बाबा टोहार छावा जेलम परल बा गीतमा प्रस्तुति दिए ।
सोही गीतमा प्रस्तुति दिदा रेशम चौधरीको भूमिका निभाएका तामाङ भन्छन्, मैले उहाँको भूमिका निभाउँदा त यति ऐठन हुन्थ्यो । झन् उहाँ सात सात वर्षसम्म कारागारमा हुनुहुन्छ, निर्दोष भइकन पनि । उहाँलाई कस्तो हुँदो हो ? उहाँको चाँडै रिहाइ होस् ।

रुक्मिणी खड्का लामो समयदेखि नाच्दै आइरहेकी उनी अहिले भने सानोतिनो व्यवसाय गर्छिन् । यही गीतमा प्रस्तुति दिदा सधैँ भक्कानिइन् । खड्का भन्छिन् , स्टेजमा गीत गुन्जिने बित्तिकै रेशम दाइकै अनुहार आउँथ्यो, दर्शकहरुको आँखाम आँसु देख्दा त म झन् धेरै भक्कानिन्थे ।
नागरिक उन्मुक्ति पार्टीको बर्दिया, राजापुरमा भएको आमसभामा बाबा टोहार छावा जेलम परल बा गीतमा होचा पुड्का कलाकारहरुको प्रस्तुति हेरेर रेशम चौधरीकी धर्मपत्नी नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ र उनका पिता लालवीर चौधरी गीत सकिएपछि पनि दुबैको आँसु थामिएको थिएन ।
उनी यही प्रसंगलाई जोड्दै भन्छिन्, हुन त हामीले विभिन्न ठाउँमा यो गीतमा प्रस्तुति दियौँ । तर बर्दियाको राजापुरको भने कहिले बिर्सिन्न । उहाँहरु रोएको देख्दा साँच्चै मन अमिलो भयो । सरकारले निर्दोषलाई कहिल्यै न्याय दिने ?

यही अभियानमा जोडिएकी लालुमाया तामाङ धादिङकी हुन् । उनको दुई वर्षकी छोरी छ । क्षेत्रपाटीमा नाच्ने काम गर्छिन् । ‘बुढा बुढी नै नाइट ड्युटी गर्छौ । समय दिन नसक्ने भएकाले नानीलाई आमाकोमै छोडेर आएको ।’ उनले आफ्नो बाध्यता सुनाइन् ।
प्रस्तुति दिदा सधैँ भावुक हुने तामाङ भन्छिन्, ‘कामबाट फर्किएर आउँदा मलाई सधैँ छोरीको यादले सताउँछ । झन् निर्दोष छोरा जेलमा हुँदा आमाको मन कति रुँदो हो ?’
एक दिन सत्यको नै जित हुन्छ ।
प्रकाशित:
१४०२ दिन अगाडि
|
१ मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९