काठमाडौं
इण्डिजिनियस टेलिभिजनका अध्यक्ष देव कुमार सुनुवार आदिवासीहरूको लागि संयुक्त राष्ट्र संघको स्वेच्छिक कोष सञ्चालक समितिको अध्यक्षमा चयन भएका छन् ।
कोष सञ्चालनका लागि सुनुवारलाई एसिया र प्रशान्त क्षेत्रका आदिवासी जनजातिहरूको प्रतिनिधिको रुपमा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले दुई वर्ष अघि नियुक्त गरेका थिए । उनी अहिले समितिको अध्यक्षमा चयन भएका हुन् ।
सुनुवारसँगै कंगोका डियल मोचिरे, क्यानाडाका मार्जोलेन एटिने, ग्रिनल्याण्ड, डेनमार्कका टुकुमिङग्वाक न्याक्जेर ओल्सेन र बेलिजका पाब्लो मिस कोष सञ्चालक समिति सदस्य छन् ।
आदिवासीहरूको लागि संयुक्त राष्ट्रसंघको स्वेच्छिक कोष सन् १९८५ मा संयुक्त राष्ट्रसंघको महासभाद्वारा स्थापित कोष हो । विश्वका पाँच भौगोलिक क्षेत्रबाट नियुक्त ५ सदस्यहरूको सल्लाहमा, संयुक्त राष्ट्रसंघको महासचिवले संयुक्त राष्ट्रसंघको वित्तिय नीति र नियमअनुसार सञ्चालन गर्छन् ।
यो कोष संसारभरका आदिवासी जनजातिहरूको मानव अधिकार प्रर्वद्धन गर्न संयुक्त राष्ट्रसंघले आयोजना गर्ने विभिन्न सभा र सम्मेलन, मानवअधिकार सम्बन्धि समिति र उपसमितिका बैठकहरूमा आदिवासीहरूको प्रतिनिधित्व र सहभागिताका लागि सहयोग पु¥याउने उद्देश्यले स्थापित भएको हो ।
सुनुवारले अन्तर्राष्ट्रिय कानून र मानव अधिकार, राजनीतिशास्त्र, आमसञ्चार तथा पत्रकारितामा स्नातकोत्तर गरेका छन् । संयुक्त राज्य अमेरिकास्थित अन्तर्राष्ट्रिय गैरसरकारी संस्था कल्चरल सर्भाइभलका एसिया कार्यक्रम संयोजक समेत रहेका सुनुवार हाल काठमाडौं स्कुल अफ लमा अन्तर्राष्ट्रिय कानून विषय अध्यापनरत छन् ।
प्रकाशित:
१३८३ दिन अगाडि
|
२० मंसिर २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९