Above News Title

माओवादी प्रदेश इन्चार्जको प्रष्टिकरण : लालकिल्लामा नागरिक उन्मुक्ति शक्तिशाली भएर आयो

माओवादी  प्रदेश इन्चार्जको प्रष्टिकरण : लालकिल्लामा नागरिक उन्मुक्ति शक्तिशाली भएर आयो

कैलाली : सशस्त्र जनयुद्धबाट संसदीय राजनीतिमा प्रवेश गरेको नेकपा माओवादी २०६४ को संविधान सभा निर्वाचनमा सबैभन्दा ठूलो दल बन्यो । 

दोस्रो संविधान सभा, २०७४ को प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन हुँदै हालै सम्पन्न प्रदेश र प्रतिनिधि सभा निर्वाचनसम्म आइपुग्दा माओवादीको अस्तित्व नै संकटपूर्ण अवस्थामा पुगेको हो ।

प्रदेशगत अवस्था नियाल्दा त झनै माओवादी खतरापूर्ण अवस्थाबाट गुज्रिरहेको हो । यसैबीच हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनतर्फ सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्र निल देखिएको हो ।

२०७४ को निवार्चनमा कैलाली निर्वाचन क्षेत्र नं. ३ बाट माओवादीका गौरीशंकर चौधरी र क्षेत्र नं. ४ बाट लेखराज भटट् प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । भने कञ्चनपुर निर्वाचन क्षेत्र नं. १ बाट विना मगरसहित सुदूरपश्चिमबाट नेकपा माओवादी ३ सिट जितेको थियो । नेकपा विवादपछि भटट् र चौधरी एमालेमा प्रवेश गरे । माओवादीले भट्ट र चौधरीलाई कारवाही गरेपछि उनीहरु जितेको निर्वाचन क्षेत्र लामो समयसम्म प्रतिनिधिविहीन समेत भयो ।

हालै सम्पन्न निर्वाचनमा पनि कैलाली २ र ३ र कञ्चनपुर १ बाट सत्तारुढ गठबन्धनको तर्फबाट माओवादीले उम्मेदवारी दिएको थियो । तर माओवादीका उम्मेदवार हारेपछि सुदूरपश्चिममै निल देखिएको हो । 

सुदूरपश्चिम प्रदेश सभामा पनि माओवादी कमजोर देखिएको छ ।  ५३ जनाको प्रदेश सभामा २०७४ को निर्वाचनमा माओवादीका १४ जना प्रदेश सभा सदस्य थिए । पछि एमालेमा प्रवेश गरेका झपट बोहरालाई माओवादीले कारवाही गरेपछि उनी पद मुक्त भए । माओवादीबाटै निर्वाचित मुख्यमन्त्री त्रिलोचन भटट् ५ वर्षे कार्यकाल पूरा गरे ।

प्रदेशमा तेस्रो हैसियत
समानुपातिकतर्फ सुदूरपश्चिममा माओवादी तेस्रो हैसियतमा खुम्चिएको छ । प्रतिनिधि सभाको समानुपातिकतर्फ सुदूरपश्चिममा सबैभन्दा धेरै २ लाख ५३ हजार ३४ मत नेपाली कांग्रेसले ल्याउँदा २ लाख ४१ हजार ७९८ मतका साथ नेकपा एमाले दोस्रो र नेकपा माओवादी केन्द्र १ लाख १२ हजार २५६ मतका साथ तेस्रो स्थानमा रहेको हो । ९९ हजार ३८१ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथौं स्थानमा छ । 

प्रदेश सभाको समानुपातिकतर्फ २ लाख ४८ हजार ८४० मतका साथ एमाले पहिलो पार्टी बनेको हो । २ लाख ४३ हजार ३९ मत पाएको कांग्रेस दोस्रो, माओवादी केन्द्र १ लाख १८ हजार ९०३ मतका साथ तेस्रो र ९८ हजार ५५४ मत पाएको नागरिक उन्मुक्ति पार्टी चौथौं स्थानमा छ । 

प्रदेशतर्फको प्रत्यक्षतर्फ भने माओवादी ८ सिट जितेको छ । समानुपतिकतर्फ पाएको मतको आधारमा थप ३ सांसदसहित ११ सिटको हकदार बनेको हो । 

हाम्रो आधार क्षेत्रमा नागरिक उन्मुक्ति शक्तिशाली : इन्चार्ज भटट्
पछिल्लो निर्वाचन मत परिणामले माओवादी नेतृत्वलाई नराम्ररी झस्काएको छ । अस्तित्व नै संकटमा परेपछि माओवादी नेतृत्व स्तब्ध भएको छ ।

खासगरी सुदूरपश्चिमको कैलाली र कञ्चनपुरको अधिकांश निर्वाचन क्षेत्रमा विगतका निर्वाचनमा माओवादीले नै जितेको माओवादीले आफ्नो आधार क्षेत्रको रुपमा लिदै आएको थियो । तर ती सबै क्षेत्र गुमेका हुन् । थारु बाहुल्य कैलाली र कञ्चनपुरमा नागरिक उन्मुक्ति पार्टी उदय भएपछि माओवादीमाथि संकट आएको माओवादी नेताहरु स्वीकार गर्छन् ।

माओवादी सुदूरपश्चिम इन्चार्ज तथा डडेल्धुरा (१) बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रदेश सभा सदस्य खगराज भटट्ले भने, ‘कैलाली र कञ्चनपुर हाम्रो आधार क्षेत्र नै हो । हाल ती क्षेत्रमा नागरिक उन्मुक्ति पार्टी शक्तिशाली भइ आएकोले हाम्रो स्थिति कमजोर भएको हो । यसबारे गम्भीर समीक्षा गरी निचोडमा हामी पुग्छौ ।’

त्यस्तै, माओवादी कमजोर देखिदै जानुको अर्को कारण माअ‍ेवादीबाट जितेका नेताहरु नेकपा एमालेमा प्रवेश गरिनुलाई पनि लिइन्छ । माओवादीभित्र ती नेताहरुको पनि अभाव खड्किएको र ती नेताहरु पनि एमालेमा गएपछि राजनीतिक रुपमा पतनको स्थितिमा पुगेका छन् । २०७४ को निर्वाचनमा कैलाली ३ बाट जितेका गौरीशंकर, कैलाली ४ बाट जितेका लेखराज र अछाम १ (१) बाट प्रदेश सभामा निर्वाचित झपट बोहरा एमालेमा प्रवेश गरेका थिए । हालै सम्पन्न निर्वाचनमा तीनै जना पराजित भएका छन् ।

मुख्यमन्त्रीको दौड कायमै
पछिल्लो समय कमजोर अवस्थामा रहेको माओवादी प्रदेश सरकार नेतृत्वको कसरत भने पुनः कायमै राखेको छ । ११ सिट संख्याको आधारमा माओवादीले प्रदेश सरकारको नेतृत्व पुनः पाउनुपर्ने माग दाबी गर्दै आएको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा रातोपाटीसँगको अन्तरवार्तामा इन्चार्ज भटट्ले भनेको थिए, ‘जहाँसम्म मुख्यमन्त्रीको कुरा आयो, भोलि त अब गठबन्धनबीचमै छलफल हुँदा कुन प्रदेश कसले लिने कुरा होला । स्वाभाविक रूपमा माओवादी केन्द्रको भागमा प¥यो भने दाबी त मेरो रहने नै भयो । यसमा मेरो पार्टी र गठबन्धनमा पनि कुनै समस्या छैन ।’

निर्वाचित भइसकेपछि पनि उनले सो दाबीलाई निरन्तरता दिएका छन् ।

इन्चार्ज भटट्ले भने, ‘गठबन्धनमा आबद्ध दलहरूबीच मलाई मुख्यमन्त्री बनाउने एक किसिमको समझदारी छ । लिखित त छैन । निर्वाचनपछि पनि मुख्यमन्त्रीबारे कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि समझदारी भएको भएको छ । शीर्ष नेताहरूले समझदारी कार्यान्वयन गर्नुहुन्छ भन्ने पूर्ण विश्वास छ ।’
 

प्रकाशित:

१३८२ दिन अगाडि

|

२२ मंसिर २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४४० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७५ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८९ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४५ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७७ दिन अगाडि

|

२७ मंसिर २०७९