रेशम चौधरीलगायत बन्दीहरू रिहाइको माग उठाउँदै आएको नागरिक उन्मुक्ति पार्टीले अहिले पनि सरकारमा सहभागी हुने विषयमा तीन सर्त अघि सारेको छ । अहिलेसम्म कुन दलको नेतृत्वमा सरकारमा जाने भन्ने निर्णय नगरिसकेको नागरिक उन्मुक्तिले आफ्ना मागहरू सम्बोधन गर्नेकै नेतृत्वमा सरकारमा जाने बताएको हो ।
काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको बैठकमा पनि माग सम्बोधन हुने अवस्थामा मात्रै सरकारमा सहभागी हुने निर्णय गरिएको हो । अहिले एमाले नेतृत्वको गठबन्धनमा सहभागी हुने विषयमा पनि पार्टीले तीन सर्त अघि सारेको छ ।
पहिलो सर्तमा रेशम चौधरी लगाएको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ । त्यस्तै टिकापुर घटना पछि गिरिशचन्द्रलाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पार्टीले माग राखेको छ । त्यस्तै झूटा मुद्धाहरू खारेजको माग पनि अघि सारेको छ ।
बालकोटमा नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ पनि पुगेकी थिइन् । उनले त्यहाँ तीन बुँदे आफ्ना मागहरू राखेकी छन् । एमाले नेतृत्वको गठबन्धनमा जान नागरिक उन्मुक्तिले सहमति जनाइसकेको छ ।
प्रकाशित:
१३६४ दिन अगाडि
|
१० पुष २०७९
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९