Above News Title

रेशम चौधरीको आशिर्वाद लिएर रन्जिताले लिइन् शपथ

रेशम चौधरीको आशिर्वाद लिएर रन्जिताले लिइन् शपथ

प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शपथ लिनु अघि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई डिल्लीबजार कारागारमा आर्शीवाद लिन गइन् । 

थारू पोशाकमा सजिएकी उनी सपथपछि आफूमा जिम्मेवारी बोध भएको बताइन् । आफूले न्यायको लागि आवाज उठाउने र न्यायको लागि लड्ने बताइन् । 
बाहिर हामीले जति बोले पनि कसैले सुनिदिदैन । सुने तापनि कसैले मनन गरिदिदैन तर यो ठाउँ भनेको आफ्नो नीति, कानुन भित्र रहेर बोलिएका आवाज सुनिनु पर्छ भनेर हामीले झक्झक्याउने हो । यो ठाउँबाट बोल्दा खेरि जति बुलन्द आवाज निस्किन्छ । निर्दोषहरुका लागि हामी न्याय मागिरहेका छौ । हामीले यो ठाउँबाट पनि यहि नै बोल्नेछौ । पक्कै पनि हाम्रो आवाज अब चाहिँ सुनिनेछ ।
उनले भनिन् ,रेशम चौधरी लगायत राजबन्दीहरुको रिहाइ छिट्टै नै हुनेछ । हामीले आशा लिएका छौ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक, हाम्रा निर्दोष राज्बन्दीहरु ७२ सालको घटनामा अहिले सम्म पनि झुठ्ठा मुद्दामा कारागारमा हुनुहुन्छ । उहाँहरु निर्दोष साबित गरेर रिहाइ हुनुपर्छ । हाम्रो माग पूरा भए मात्र हामी सरकारमा जान्छौ ।

नयाँ बानेश्वरस्थित संसद भवनमा शपथग्रहणका लागि आएका सांसदहरुले आआफ्नो मौलिकता झल्कने पोसाक लगाएर आएका थिए । 

नागरिक उन्मुक्ति पार्टीका सांसद अरूण चौधरी र गंगा चौधरी पनि थारू पोशाकमा सजिएका थिए । थारु टोपी, कोट र धोतीमा सजिएका गंगाको गोडामा खराउ (काठको चप्पल) थियो ।

संसद् भवनमा रेशम चौधरीकी आमा सुल्फीदेवी पनि आएकी थिइन् । उनले भनिन् , आज श्रीमान् र बुहारी सांसद भएकोमा खुसी छु तर आधा मात्रै । मेरो छोरा जेलबाट बाहिर निस्किए मात्रै पूरै खुसी हुनेछु ।

संसद् भवनमा प्रतिनिधिसभाका ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले सांसदहरुलाई शपथ खुवाएका थिए ।

प्रकाशित:

१३६७ दिन अगाडि

|

७ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९