Above News Title

पौने २ करोडको लागतमा कैलालीका अग्नी पीडित मुक्तकमैयाका घर बन्दै

पौने २ करोडको लागतमा कैलालीका अग्नी पीडित मुक्तकमैयाका घर बन्दै

धनगढी : अग्नी पीडित मुक्तकमैयाका घर निर्माण सुरु भएको छ ।

कैलालीको कैलारी गाउँपालिका ७ विपतपुर मुक्तकमैया शिविरस्थित अग्नी पीडित मुक्तकमैयाहरुको घर निर्माण सुरु भएको हो ।

सुदूरपश्चिम प्रदेश सरकार, ह्याबिटेड फर ह्युमानिटीको आर्थिक तथा ह्याबिटेडको साझेदार संस्था राष्ट्रिय दलित नेटवर्कको प्राविधिक सहयोग र स्थानीयको श्रमसहितको सझेदारीमा निर्माण सुरु गरिएको छ । बस्ती निर्माण सुदूरपश्चिम प्रदेश सरकारको मुख्यमन्त्री एकीकृत बस्ती विकास कार्यक्रम अन्तरगत हुन लागेको हो ।

शनिबार एक कार्यक्रमका बीच प्रदेश सरकारकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले घरको शिलान्यास गरेकी हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारको बस्ती विकास कार्यक्रमले विपन्न मुक्तकमैया परिवारलाई राहत हुनेमा विश्वास व्यक्त गरिन् । सुरक्षित आवासभित्र प्रवेश गरेको दिन सरकारको कार्यक्रमले सार्थकता पाउने भएकोले सबै पक्ष कार्यक्रम सफल पार्नमा लाग्नुपर्ने मन्त्री चौधरीको भनाइ छ ।

कार्यक्रममार्फत स्थानीयले तोकिएको मापदण्ड अनुसार आफ्नो घर आफै बनाउने भएकोले लाभग्राहीलाई घर निर्माण अवधिसम्म रोजगारी पनि सिर्जना हुने बताइएको छ । कार्यक्रममा सुदूरपश्चिम प्रदेशका निवर्तमान सांसद विरमान चौधरीले भने, ‘तपाईहरुको आफ्नो घर मात्रै बन्दै छैन । तपाईहरु आफै मिस्त्री हो । श्रमिक हो । घर आफै बनाउँदै हुनुहुन्छ । जसबाट निर्माण अवधिसम्म कामको लागि कहीँ जानु परेन । पछि पनि सीप रहिरहने छ । जुनकारण घरको संरचनाको गुणस्तरसँग सम्झौता नगर्नुहोला ।’

मन्त्रालयका सचिव डा. मदनसिंह धामीको अध्यक्षतामा भएको कार्यक्रममा ह्याबिटेडकी परियोजना प्रबन्धक पुनिता चौधरी, वडा नं. ७ का वडाध्यक्ष दीपेन्द्र बम, निवर्तमान वडाध्यक्ष कमल चौधरी, शिविरका भलमन्सा हिंगुराम चौधरीलगायतको उपस्थिति रहेको थियो ।

२०७९ बैशाख गते सो मुक्तकमैया बस्तीमा आगलागी भएको थियो । बस्तीको २७ घर पूर्णरुपमा जलेर नष्ट भएको थियो । भने दर्जनौं घरमा आंशिक क्षति पुगेको थियो । कार्यक्रम अन्तरगत भन्सासहित ३ कोठा र शौचालयसहितको २७ घर निर्माण गर्न लागिएको हो ।

जसमा प्रदेश सरकारको ९० लाख, ह्याबिटेड फर ह्युमनिटीको ५४ लाख र लाभग्राहीको ४१ लाख ९९ हजार ९९६ रुपैयाँ बराबरको लगानी रहने ह्याबिटेड फर ह्युमानिटीका इन्जिनीयर अनुपराज जोशीले जानकारी दिए । घर २०८० जेठ मसान्तभित्र बनाइसक्नुपर्ने छ ।  

प्रकाशित:

१३६५ दिन अगाडि

|

९ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९