Above News Title

डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

डा आचार्यको दङ्गी–उर्वशी महाकाव्यमाथि अन्तक्रिया

शास्वत आचार्य स्मृति प्रतिष्ठान नेपालगञ्जको आयोजनामा  संस्कृतिविद् एवम् महाकाव्यकार डा गोविन्द आचार्यद्वारा लिखित दङ्गी–उर्वशी महाकाव्यको समीक्षात्मक चर्चा भदौ ७ मा नेपालगञ्जमा गरिएको छ । 

समीक्षकहरू चरित्रा शाह, डा राजकुमार थारू र विश्वराज पछलडंग्याले कृतिउपर चर्चा गरेका थिए । तिनले साहित्यकार डा आचार्य साहित्य, गीत, सङ्गीत एवम् संस्कृति क्षेत्रका एक बहुआयामिक स्रष्टा भन्दै दङ्गी–उर्वशी महाकाव्यले पौराणिक मिथकलाई काव्यात्मक रूपमा प्रस्तुत गरिएको र दङाली आदिवासी ऐतिहासिक थारु राजा दङ्गीशरणसंग जोडिएको कथानक दस्तावेज भएको बताए। 

समीक्षात्मक कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठान प्राज्ञ सभा महानन्द ढकालले डा गोविन्द आचार्यले साहित्य, सङ्गीत र संस्कृतिको क्षेत्रमा पुराएको योगदानको चर्चा गर्दै डा आचार्यले पछिल्लो समयमा जातीय संस्कृतिको अनुसन्धान तथा संरक्षणमा खेलेको भूमिका स्मरणीय रहेको बताए।  कार्यक्रममा  प्रलेस नेपालका केन्द्रीय सचिव डा हरिप्रसाद तिमिल्सिना तथा  राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष कमलमणि देवकोटाले डा आचार्यको साङ्गितिक तथा संस्कृतिक योगदानको चर्चा गरेका थिए । 

कार्यक्रममा पुस्तकका लेखक एवम् महाकाव्यकार डा गोविन्द आचार्यले उक्त महाकाव्य लेख्नुको औचित्य, यसका प्रेरणाका स्रोत एवम् प्रकाशनपछिको चर्चा परिचर्चाले आफूलाई अझै उत्साहित बनाएको धारणा राखे । 

दाङ घोराही निवासी डा गोविन्द आचार्य साढे चार दशकदेखि नेपाली गीत, सङ्गीत, साहित्य एवम् संस्कृतिका क्षेत्रमा क्रियाशील साहित्यसर्जक एवम् संस्कृतिविद् हुन्। उनका विविध विधाका अनुसन्धानमूलक एवम् विश्लेषणात्मक २६ वटा पुस्तकाकार कृति प्रकाशित छन्। 

डा जनार्दन आचार्यको स्वागत एवम् स्रष्टा परिचयसंगै शुरु भएको कार्यक्रमको सहजीकरण प्रतिष्ठानका सचिव नरहरिनाथ योगीबाट तथा शास्वत आचार्य स्मृति प्रतिष्ठानका अध्यक्ष किरण आचार्यको सभापतित्वमा कार्यक्रम भएको थियो।
 

प्रकाशित:

३८७ दिन अगाडि

|

७ भदौ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९