Above News Title

चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

चयन हुन सकेन सुदूरपश्चिम प्रदेश सभाको सभामुख

केन्द्र सरकारलाई समर्थन गरे पनि सरकारमा नगएको नागरिक उन्मुक्ति पार्टीले एमालेबाट उम्मेदवार रहेका सुदूरपश्चिम सरकारको मुख्यमन्त्रीलाई समर्थन जनाएपछि प्रदेश सरकारमा जाने आकलन गरिएको थियो ।

किनकि नागरिक उन्मुक्ति पार्टीको भागमा उपसभामुख छुट्याइएको चर्चा आएको थियो ।

तर शनिबार नागरिक उन्मुक्ति पार्टी तटस्थ बस्दा सुदूरपश्चिम प्रदेशको सभामुख चयन हसन सकेन ।

गठबन्धनप्रति विश्वास नलागेको भन्दै नागरिक उन्मुक्ति पार्टी तटस्थ बसेर निर्वाचनमा सहभागी नभएको हो।

संसदमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका प्रमुख सचेतक लक्ष्मणकिशोर चौधरीले मन्त्री बनाउने विषयमा सहमति नै नगरीकन दुई जना मन्त्रीलाई मुख्यमन्त्रीले नियुक्त गरेको भन्दै आफ्नो पार्टीको असन्तुष्टि जनाए।

शनिबार भएको चुनावमा काँग्रेसका सभामुख पदका उम्मेदवार मानबहादुर रावलले पक्षमा २२ र विपक्षमा २२ मत पाए। नागरिक उन्मुक्तिका ७ जना तटस्थ रहे। दोस्रो प्रस्तावमा सत्ता पक्षबाट माओवादीका भीम भण्डारीले पक्षमा २२ र विपक्षमा पनि २२ मत पाए। उनलाई पनि मतदान नगरी नागरिक उन्मुक्ति तटस्थ रह्यो।

स्मरण रहोस्, यसअघि पुस २८ गते भएको निर्वाचनमा एक मत बदर भएर बझाङबाट चुनाव जितेका माओवादीका भण्डारी सभामुख हुन सकेनन् । यहाँ सभामुख चयनका लागि कम्तीमा २७ मत आवश्यक पर्छ।

अहिलेलाई संघीय तथा प्रदेश कुनै सरकारमा नजाने भनिरहेको नागरिक उन्मुक्तिले सुदूरपश्चिमका मुख्मन्त्रीले विना सल्लाह २ जनालाई विना विभागीय मन्त्रीको जिम्मेवारी दिएकोमा आपत्ति जनाएको छ । यसको अर्थ हाम्रो मुद्दा सम्बोधन हुने वित्तिकै हामी सरकारमा जान्छौ, हाम्रो पद सुरक्षित राखी छाड भन्ने उसको आशय रहेको एमालेका एक एक केन्द्रीय सदस्यले बताए । 

प्रकाशित:

१३४४ दिन अगाडि

|

३० पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७६ दिन अगाडि

|

२७ मंसिर २०७९