लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले विश्वासको मत पाएका छन् ।
चाैधरीका पक्षमा ५३ र विपक्षमा २९ मत परेको हो । त्यस्तै ४ सिट रहेकाे राप्रपाले कतै पनि मत दिएन ।
लुम्बिनी प्रदेशसभा नियमावली २०७९ को नियम १४५ अनुसार प्रदेशसभामा विश्वासको मत लिने सम्बन्धी पत्र आइतबार प्रदेशसभा सचिवालयमा दर्ता भएको थियो । यसअघि ८ दलका ५२ र एक स्वतन्त्र प्रदेशसभा सदस्यको समर्थनमा चौधरी बिहीबार मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
चौधरीले शुक्रबार पद तथा गोपनीयताको शपथ लिएर पदभार ग्रहणपछि गरेका थिए । चौधरी नेतृत्वको सरकारमा ३ जना बिना विभागीय मन्त्री छन् । माओवादीका धनबहादुर मास्की, जसपाका सन्तोष पाण्डेय, नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री बनेका छन् ।
प्रकाशित:
१२३६ दिन अगाडि
|
१९ वैशाख २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९