धनगढी । कैलाली र कञ्चनपुर जिल्लास्थित मुक्तकमैयाहरुले पुनःस्थापनाको लागि पुनः आन्दोलित भएका छन् ।
सुदूरपश्चिममा अझै हजारौं मुक्तकमैया पुनस्र्थापना हुन बाँकी रहे पनि सरकारले वेवास्ता गरेको भन्दै मुक्तकमैयाहरु आन्दोलित भएका हुन् ।
बिहीबारदेखि मुक्तकमैया, बुक्रही र कमलरीको न्यायिक पुनस्र्थापनाको लागि अधिकार यात्रा सुरु गरेका हुन् । कैलाली कञ्चनपुरमा एक साथ विभिन्न कार्यक्रम गरी आन्दोलनको कार्यक्रम सुरु गरेका छन् ।कञ्चनपुरको भीमदत्त नगरपालिका १८ भगतपुर मुक्तकमैया शिविरबाट अधिकार यात्रा सुरु गरिएको छ । अधिकार यात्राको उद्घाटन सुदूरपश्चिम प्रदेश सांसद तथा पूर्व आर्थिक मामिलामन्त्री प्रकाश रावलले गरेका थिए ।
कैलालीको टीकापुर नगरपालिकाबाट सुरु गरिएको अधिकार यात्रा टीकापुर नपा १ का वडाध्यक्ष मोहन बिकले उद्घाटन गरेका थिए । त्यस्तै, जानकी गाउँपालिका पुगेको यात्रापछि आयोजित कोणसभालाई गाउँपालिका अध्यक्ष गणेश चौधरीले सम्बोधन गरेका थिए ।
अधिकार यात्राको क्रममा प्रत्येक मुक्तकमैया शिविर हुँदै अगाडि बढेको आयोजक मुक्तकमैया समाजका केन्द्रीय अध्यक्ष पशुपति चौधरीले जानकारी दिए । कञ्चनपुरको अधिकार यात्राका यात्रीहरु दैजी छेला मुक्तकमैया शिविरमा बास बसेका छन् कैलालीका अधिकार यात्राका यात्रीहरु बर्दगोरिमा बास बसेको अध्यक्ष चौधरीले बताए ।

चैत्र १७ गतेसम्म प्रत्येक मुक्तकमैया शिविर हुँदै १८ गते धनगढीमा भेला हुने कार्यक्रम रहेको छ । यसैबीच समाजको प्रदेश सम्मेलन पनि हुने र आन्दोलनको नयाँ यात्रा तय गरिने अध्यक्ष चौधरीले बताए । सरकारको तथ्यांकमा कञ्चनपुरमा एक जना पनि हुनमा नछुटेको देखिए पनि कैलालीमा ३८० जनाले जग्गा प्राप्त गर्न नसकेको देखिएको बताए । तर समाजको तथ्यांक अनुसार कैलालीमा ९५३ र कञ्चनपुरका १२९ जना गरी १ हजार ८२ जना मुक्तकमैयाको पुनस्र्थापना हुन बाँकी रहेको दाबी गरे ।
सरकारले २०५७ साउन २ गते कमैया मुक्तिको घोषणा गरेको थियो । भने, २०७० असार १३ गत कमलरीको मुक्तिको घोषणा गरेको थियो । समाजको तथ्यांक अनुसार सुदूरपश्चिममा १२ हजार ९ सय २४ मुक्तकमैया परिवार पुनस्र्थापित भएका छन् ।
भूमि व्यवस्था, सरकारी तथा गरिबी निवारण मन्त्रालयको तथ्यांकअनुसार सुदूरपश्चिम प्रदेशमा ३ हजार ५०८ कमलरीको तथ्यांक संकलन गरेकोमा १ हजार १५८ जनाले परिचय पत्र पाएका थिए । मुक्त कम्लहरी मञ्चले अझै सुदूरपश्चिममा १ हजार ७३५ छुटेका छन् ।
प्रकाशित:
१२४० दिन अगाडि
|
१५ वैशाख २०८०
५ दिन अगाडि
|
२९ भदौ २०८३
६ दिन अगाडि
|
२८ भदौ २०८३
१९ दिन अगाडि
|
१५ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२१ दिन अगाडि
|
१३ भदौ २०८३
२७ दिन अगाडि
|
७ भदौ २०८३
३६ दिन अगाडि
|
२९ साउन २०८३
१४३९ दिन अगाडि
|
२५ असोज २०७९
१४७४ दिन अगाडि
|
२१ भदौ २०७९
१४८३ दिन अगाडि
|
१२ भदौ २०७९
१४३८ दिन अगाडि
|
२६ असोज २०७९
१३८८ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४४ दिन अगाडि
|
२० असोज २०७९
१३७६ दिन अगाडि
|
२७ मंसिर २०७९