शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

शपथ ग्रहण गर्न गएका सांसदलाई नागरिक उन्मुक्तिले बोलायो फिर्ता 

१०४० दिन अगाडि

|

९ साउन २०८०

नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, आज शपथ ग्रहण

नागरिक उन्मुक्ति पार्टीबाट रामेश्वर र कैलाश मन्त्री बन्दै, आज शपथ ग्रहण

१०४० दिन अगाडि

|

९ साउन २०८०

नागरिक उन्मुक्ति पार्टीको तर्फबाट सुदूरपश्चिम सरकारमा सांसद रामेश्वर चौधरी र कैलाश चौधरी मन्त्री हुने भएका छन् । पाँच महिनापछि पूर्णता पाउन लागेको सुदूरपश्चिम सरकारमा नाउपा सहभागी हुन लागेको हो । नाउपाबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा रामेश्वर चौधरी र राज्यमन्त्रीमा कैलाश चौधरी नियुक्त हुने भएका हुन् ।  नाउपाका संसदीय दलका नेता घनश्याम चौधरीले आफूहरूको तर्फबाट मन्त्री हुनेहरूको आज साँझ ४ बजे शपथ ग्रहण हुने जानकारी दिए । पहिले मन्त्री हुने चर्चामा रहेका लक्ष्मण जोगेथ्वा चौधरीको नाम यसपाली अँटाएन ।  यहाँको आन्तरिक मामिला तथा कानुन मन्त्रालय पनि रिक्त रहेको छ । गत असार ५ गते नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुन मन्त्री बनेका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा मृत्यु भएपछि रिक्त रहेको छ । सो रिक्त मन्त्रालयको जिम्मेवारी दिन मुख्यमन्त्री कमल बहादुर शाह पार्टीभित्र छलफल थालेका छन् । आजै नाम टुङ्गाएर शपथ ग्रहण गराउने मुख्यमन्त्रीको तयारी छ । नेपाली काँग्रेस स्रोतका अनुसार बैतडीsf सांसद  शिवराज भट्टको नाम चर्चामा छ ।

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

बेल्जियमको ब्रुग सहरमा पाईप लाईनबाट घरघरै बियर

१०४० दिन अगाडि

|

९ साउन २०८०

पाईपलाईनबाट घर घरमा ग्यासको सुविधा र चर्चा त नेपालमापनि सुनेकै हो । तर बेल्जियमको एउटा शहरमा भने विश्वमै पहिलो पटक पाईपलाईनबाट घरघरै बियर पुर्‍याईएको छ । पहिले पहिले कल्पना गरिएपनि घरघरै बियरको पाईपलाईन पुर्‍याउनु अब कल्पनाको विषय रहेन । बेल्जियमको ब्रुग शहरमा सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्तादेखिनै विश्वको पहिलो बियर पाइपलाइन खोलिएको थियो । तीन दशमलव दुई सय किमीको पाइपले सहरको ऐतिहासिक केन्द्रमा रहेको हाल्वे मान ब्रुअरीलाई उपनगरमा रहेको बोटलिङ प्लान्टसँग जोडिदिएपछि यो संभव बनेको हो । ब्रुग मध्ययुगिन सहर हो । पुराना घर र साँघुरा गल्लीमा बियर बोकेर चर्को आवाज आउने हुनाले त्यसलाई रोक्न पनि बियर पाईपलाईन जोडेको भनाई बियर उत्पादक ब्रुवरीको छ । ब्रुगको पुरानो शहर एक युनेस्को विश्व सम्पदा स्थल पनि हो। हाल्भ मान बेल्जियममा सबैभन्दा छिटो लोकप्रियता हासिल गरेको ब्रुअरीहरू मध्ये एक हो, र यसले बियर बितरण गर्दा ट्राफिक जाम बढाउँदै लगेको थियो । पाइपलाइनको अर्थ ब्रुअरी टाउन सेन्टर भित्र पहिले जहाँ थियो, सोही स्थानमा रहेको छ, जहाँ यसले विगत ५०० वर्षदेखि मदिरा बनाउँदै आएको छ। पछिल्लो बियर ट्याङ्करले सन् २०१६ को सेप्टेम्बर तेस्रो हप्ता ब्रुअरी छोडेको ब्रुअरीका ब्यवस्थापक हाल्भ मानले बताएको छ । पाइपलाइन ऐतिहासिक शहर केन्द्र अन्तर्गत चल्छ। पाइपलाइन आंशिक रूपमा क्राउडफन्डिङ अभियानद्वारा आर्थिक सहयोग गरिएको थियो, जसले ४० लाख युरो भन्दा बढि उठायो। हाल्भ मानले बेल्जियममा क्राउडफन्डिङको रेकर्ड बनाएको बताएको छ । पाइपलाइन ३,२७६ मिटर लामो छ, र यसको गहिराई जमिनबाट ३४ मिटर छ । यो सहरको ऐतिहासिक नहर र राम्पार्ट भन्ने स्थल भएर जान्छ । एक घण्टामा यसको पाइपलाइनबाट करिब ४,००० लिटर बियर बग्छ जसबाट १२,००० बोतल भर्न पुग्छ । बियरको गुणस्तर कायम राखिएको सुनिश्चित गर्न ब्रुअरी नयाँ प्रविधिले सुसज्जित छ । यसमा पाइप सफा राख्नको लागि सफा गर्ने र फ्लस गर्ने प्रणाली पनि छ । नेपालप्लसबाट

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाइने

१०४० दिन अगाडि

|

९ साउन २०८०

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान तथा लुम्बिनी प्रदेशको दाङस्थित गढवा गाउँपालिकाबीच पालिकालाई सेरामिक्सको हब बनाउने विषयमा छलफल भएको छ ।  प्रतिष्ठानले देशभरका विभिन्न ७ स्थानमा कलाको हब बनाउन अघि सारेको योजना अनुसार गाउँपालिकामा उक्त काम अघि बढाउन प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीको संयोजकत्वमा गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोख्रेल (विश्वास) र प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्यहरुको उपस्थितिमा असार ३१ गते विभिन्न निर्णय भएको छ ।  निर्णयानुसार पहिलो चरणमा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठान र गढवा गाउँपालिकाबीच गढवा गाउँपालिकालाई सेरामिक्सको हब बनाउने सम्बन्धमा अध्ययन गरी कार्ययोजनाको खाका सहितको प्रतिवेदन पेश गर्न गाउँपालिकाका वडा नं ३ को वडासदस्य आशाराम चौधरीको संयोजकत्वमा प्राज्ञ दिनेश्वर महतो, अग्रज कलाकार गोपाल कलाप्रेमी, गाउँपालिकाको वडा नं ६ का वडा सदस्य मानु कुमाल तथा वडा नं ३ का वडा सदस्य तथा कलाकार चुनुराम थारु रहेको टोली रहेको छ ।  यस टोलीले तोकिएको विषयमा अध्ययन गरी साउन मसान्तभित्र प्रतिवेदन पेश गर्नेछ । यसपछि गढवा गाउँपालिकामा रहेका ललितकलाका विभिन्न क्षेत्रहरु मुख्यतः लोककलालाई विस्तार तथा प्रवद्र्धन गर्नका लागि नीतिगत एवम् योजनागत छलफल अघि बढाइने छ ।   

 गुमराहमा सहिद गुम्रा थारू

 गुमराहमा सहिद गुम्रा थारू

१०४३ दिन अगाडि

|

६ साउन २०८०

सन्तोष दहित चलनचल्तीको नाममा ट्राफिक चोक । घोराही उपमहानगरपालिकाले नामकरण गरेको नाम गुम्रा चोक । त्यही चोकमा फेरि उपमहानगरले घोडाको प्रतिमा राख्यो । घोडाको प्रतिमादेखि करिब सय मिटर पश्चिम–उत्तर कुनामा किसान नेता सहिद गुम्रा थारुको शालिक छ तर शालिकको नाम निशाना नै देखिन्न । गुम्रा थारुको शालिक मात्रै होइन घोडा राखेदेखि त गुम्रा चोक नै गुमराहमा परेको छ । गुम्रा थारु किसान आन्दोलनका योद्धा थिए। जुन योगदान गुम्राको छ, किसान आन्दोलनमा त्यसरी उनको सम्मान हुन नसकेको महेन्द्र बहुमुखी क्याम्पस दाङका उपप्राध्यापक सुदीप गौतमको भनाइ छ । ‘गुम्रा थारु किसान सहिद मात्र नभई दाङको प्रथम सहिद हो’– गौतमले भने– ‘तर जुन हिसाबले उनको सम्मान हुनुपथ्र्यो, त्यो अझै पनि हुन सकेको छैन । एउटा कुनामा शालिक बनाएर गुम्रा थारुको सम्मान होला र रु’ को हुन् गुम्रा थारु ? घोराही–३ बेलुवाका कालुराम थारूका माइला छोरा थिए गुम्रा थारू । १९८२ सालमा जन्मिनु भएका गुम्रा किसान संघको सदस्य भएर किसानहरुको पक्षमा सशक्त आवाज उठाउने क्रान्तिकारी किसान योद्धा थिए। कम्युनिष्ट पार्टीका किसान नेता बयरबटुवाका ढाँटु चौधरी, गैरागाउँका मोतीलाल चौधरी, बर्गद्दीका नारायणप्रसाद शर्मा, माणिकलाल गौतम, मानबहादुर, फुलपाती, चुके, पिठु, बहादुर, क्रिमलाल, ऋषि चौधरी, अशोक चौधरीलगायत नेताहरु सँगसँगै गाउँ–गाउँमा किसानहरुलाई संगठित बनाउने काम गरे । किसानको पक्षमा संघर्ष गर्दागर्दै गुम्रा थारु ३५ वर्षको उमेरमा सहिद भए । २०१७ साल साउन ६ गतेका दिन तत्कालीन सरकारको निर्देशनमा खेत जोत्दै गर्दा प्रहरीले गुम्रा थारुको हत्या गरेको थियो । कसरी भएको थियो घटना ? तत्कालीन नेपाल कम्युनिष्ट पार्टी दाङका संस्थापक सचिव एवं वरिष्ठ पत्रकार नारायणप्रसाद शर्माका अनुसार दाङमा जमिन्दारविरुद्ध किसान आन्दोलन भएको थियो । किसान संघको अगुवाइमा झण्डै १० वर्षसम्म भएको किसान आन्दोलन उत्कर्षमा पुग्यो । सोही आन्दोलनकै क्रममा २०१७ साल साउन ६ गतेका दिन जमिन्दारहरूले वर्षातको समयमा खेत जोत्न नदिएपछि जबर्जस्त रूपमा किसानहरूले खेत जोत्न थाले । जमिन्दार र प्रहरीले रोक्न खोज्दा खोज्दै पनि खेतमा हलो जोतिरहेपछि प्रहरीले गुम्रा थारुमाथि गोली चलायो । जोत्दा जोत्दै गुम्रा थारुको खेतमै निधन भयो । ६२ औं स्मृति दिवस यसैबीच सहिद किसान नेता गुम्रा थारुको ६२ औं स्मृति दिवस दाङलगायत विभिन्न ठाउँमा आज मनाइएको छ । नेकपा एमाले दाङ र अखिल किसान महासंघले संयुक्त रूपमा सहिद थारुको स्मृति दिवसको अवसरमा अन्त क्र्रिया कार्यक्रम गरेको एमाले घोराही नगरका अध्यक्ष भुवन चौधरीले बताए । किसान महासंघले हरेक वर्ष साउन ६ गते गुम्रा थारुलाई सम्झने गरेको छ । नयाँ युगबोधबाट  

तस्करीको एक कुन्टल सुनका मालिक साधारण ज्यामी 

तस्करीको एक कुन्टल सुनका मालिक साधारण ज्यामी 

१०४५ दिन अगाडि

|

४ साउन २०८०

मदन ढुङ्गाना विमानस्थल भन्सार कार्यालयबाट जाँच पास भएको करिब एक सय केजी अवैध सुनका मालिक कुनै धनाढ्य नभएर निर्माणस्थलमा काम गर्ने एक साधारण ‘ज्यामी’ भएको खुलेको छ । काठमाडौँमा घर बनाउने काममा खटिने दोलखाका दिलीप भुजेल नै अहिलेसम्मको अवस्थामा एक सय किलो सुनको मालिक देखिएका छन् ।  राजश्व अनुसन्धान विभागले बुधवार राति करिब १० बजे साँखुबाट पक्राउ गरेका दिलीप भुजेलको खास घर दोलखाको मेलुङ गाउँपालिका–१, पवटी भन्ने स्थानमा पर्छ । २१ वर्षीय दिलीपले कक्षा १२ सम्मको अध्ययन गरेका छन् ।  दिलीपका बुवा राम बहादुर भुजेलका अनुसार दिलीप केही समय अगाडिसम्म घर बनाउने स्थानमा इँटा बोक्ने लगायतको साधारण काम गर्थे । करिब २ महिना अगाडिबाट भने दिलीपले साँखुमा रहेको आफन्तको चाउमिन फ्याक्ट्रीमा चाउमिन तयार पार्ने र बजारमा लगी विक्री गर्ने काम गर्दै आएका थिए ।  तर पहिले ज्यामी काम गर्ने र हालसालै मात्र चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका तिनै दिलीप यतिबेला अहिलेसम्मकै ठुलो भनी अनुमान गरिएको सुन तस्करीमा संलग्न भन्दै पक्राउ परेका छन् । उनकै नाममा रहेको ‘रेडी ट्रेड प्रालि’को नाममा आयात भएको ठुलो परिमाणको विभागले बरामद गरेको हो । तर, यति धेरै सुनको ‘मालिक’ एक साधारण कुल्ली भएको खुलासा भएको हो । फिसिङबाट पक्राउ परेका थिए दिलीप रेडी ट्रेड प्रालिको नाममा हङकङबाट आएको सुन मंगलबार नै बरामद गरिएको थियो । उक्त सुन विमानस्थल भन्सार कार्यालयबाट भन्सार जाँच पास भई बाहिर निकालेपछि राजश्व अनुसन्धान विभागको टोलीले नियन्त्रणमा लिई बुधवार बिहान मात्रै भन्सार विभागकै ल्याबमा लगेर परीक्षण गराएको थियो । मोटरसाइकल र स्कुटरको ब्रेक सु भनी ल्याइएको सामानभित्र रहेको सामान ‘ब्रेक सु’ नभएर सुन रहेको कुरा परीक्षणपछि पुष्टि भयो । त्यसलगत्तै भन्सार एजेण्टलाई केरकार गरी सामान आयात गर्नेको खोजी गर्दा कम्पनी भुजेलको नाममा रहेको पाइएको थियो ।  भुजेलको स्वामित्वमा रहेको कम्पनी भनिए पनि दिलीपबारे विभागको टोलीलाई अरू जानकारी थिएन । त्यसपछि दिलीपको बारेमा जानकारी बटुल्दै विभागकै अनुसन्धान अधिकृतले दिलीपसँग सम्पर्क गरेका थिए । सुरुमै कम्पनीको कुरा गर्दा दिलीप फरार हुनसक्ने डरले विभागको टोलीले युवतीको प्रयोग गरेर दिलीपसम्म पुगेको पाइएको छ ।  बुधवार अपराह्नदेखि दिलीपसँग एक युवतीको बारम्बार कुरा भएको र दिलीपले युवतीलाई नचिनेको भन्दै कुरा गरेको दिलीपकै भाइ नाता पर्ने एक व्यक्तिले रातोपाटीलाई बताए । दिलीप हाल साँखुमा रहेको ठुलीआमाको डेरामा बस्ने गरेको र युवतीसँगको कुराकानी आफूले पनि सुनेको दिलीपका ती आफन्तले रातोपाटीलाई बताए ।  आफ्नो नाम नखुलाइदिन आग्रह गर्दै उनले भने, ‘११र१२ बजेदेखि दिलीपको मोबाइलमा एउटा केटीको फोन आइरहेको थियो । दिलीपले चिनेको छैन भन्दा पनि युवतीले मैले चिनेको छु त भन्दै जिस्कने गरेकी थिइन् । तर बेलुका दिलीपलाई भेट्न भन्दै युवती साँखुमै आएकी थिइन् । युवतीले ट्याक्सी लिएर भेट्न आउँदै छु, बाहिर निस्कनुस् भनेर दिलीपलाई भनेको र रातको करिब ९ः३० बजे दिलीप आफ्नो डेरा कोठाबाट बाहिर निस्किएका थिए । त्यसपछि आज पो थाहा भयो, दिलीप त पक्राउ परेछ ।’ दिलीपको ठुलीआमाका अनुसार उनले मंगलबार र बुधवार दिनभर फ्याक्ट्रीमै काम गरेका थिए । यस्तै साँझपख भने उनी चाउमिन डेलिभरी गर्न हिँडेका थिए । ‘बुधवार पनि साँझ सामान डेलिभरी गरेर डेरामा फर्किएको थियो । कसैलाई भेट्न भनेर १० बजेतिर बाहिर निस्किएको हो, अरू कुरा हामीलाई थाहा भएन’, ठुलीआमाले भनिन् । २० हजार पैसा लिएर खोलिदिएका थिए दिलीपले रेडी ट्रेड दिलीपका बुवा राम बहादुर भुजेलका अनुसार उनले २० हजार रुपैयाँको लोभमा उक्त कम्पनी कसैका लागि खोलिदिएका थिए । आफू पनि कुल्लीको काम गर्ने दिलीपका बुवाका अनुसार दिलीप पहिले थानकोटमा रहेको दिदीको डेरामा बसेर घर बनाउँदा इँटा बोक्ने लगायतका ज्यामी काम गर्थे । तर पछि ज्यामी काम गाह्रो भएको र आम्दानी पनि राम्रो नभएको भन्दै चाउमिन फ्याक्ट्रीमा काम गर्न थालेका थिए । चाउमिन फ्याक्ट्रीमा काम गर्नुभन्दा पहिले आफ्नो मामा रामकुमार भुजेलले एउटा कम्पनी खोल्ने र त्यसबापत २० हजार रुपैयाँ आउने भनेपछि दिलीपले त्यही २० हजारको लोभमा आफ्नो नाममा अरुकै योजना अनुसार रेडी ट्रेड नामक कम्पनी खोलिदिएका थिए ।  दिलीपका बुवाका अनुसार स्वयम्भूमा एक तिब्बतीयन नागरिकको घरमा काम गर्ने रामकुमारले भने अनुसार नै दिलीपले कम्पनी खोलिदिएपनि कम्पनी र त्यसको कारोबारबारे भने उनी बेखबर थिए । मामाले कम्पनी कसलाई चलाउन दिएका थिए, दिलीपलाई त्यो पनि थाहा छैन ।  यद्यपि कम्पनी खोलिसकेपछि बैंक खाता समेत खोलेर चेकमा हस्ताक्षर गर्ने लगायतका काम सकिएपछि दिलीपलाई २० हजार रुपैयाँ दिइएको थियो ।  तिब्बतीयनको घरमा काम गर्थे रामकुमार भुजेल दिलीपका बुवा रामका अनुसार उनका जेठान तथा दिलीपका मामा रामकुमारसुरुमा स्वयम्भूमा रहेको एक तिब्बतीयनको घरमा साधारण कामदारका रुपमा काम गर्थे । तिब्बतीयन नागरिकको नाम थाहा नभएपनि सुरुमा स्वयम्भूमा बस्ने ती तिब्बतीयन यतिबेला सीतापाइलाको हाउजिङमा बस्छन् ।  दिलीपका मामा उनै तिब्बतीयनको घरमा काम गर्ने र उनीहरूलाई कतै लैजानुपरेमा कहिलेकाहीँ गाडी चलाउनेसमेत काम गर्थे । तर तिब्बतीयनसँग मिलेर उनले के गर्थे भन्ने दिलीपका बुवालाई थाहा छैन । यद्यपि दिलीपका मामा रामकुमारले भने अनुसार नै कम्पनी स्थापना गरिदिएको र त्यसबापत २० हजार रुपैयाँ पाएको दिलीपका बुवाले  बताए । रातोपाटीबाट

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

स्माइल पहिले रिक्सावाल, अहिले प्राचार्य

१०४५ दिन अगाडि

|

४ साउन २०८०

कमैयाको जञ्जिरबाट उदाएको एक अथक अभियन्ताको नाम हो, स्माइल चौधरी । यिनको खास नाम हो बन्सीराम डंगौरा थारू ।  बहुमुखी प्रतिभाका धनी स्माइलको पेशाको कुनै निश्चित दायरा भने छैन । उनी कुशल शिक्षक, प्राचार्य, प्रशासक, सामाजिक अभियन्तादेखि कुनै बेलाका राजनीतिकर्मीसमेत हुन् । मेहनत गरे कसैको मुख ताक्नु पर्दैन भन्ने दरिलो उदाहरण बनेका स्माइलको विगत पनि निकै कहालीलाग्दो छ । कैलालीको गोदावरी नगरपालिका–१ जित्तलपुर मुक्त कमैया शिविर स्थायी घर भएका स्माइल (४०) का बुवा पल्टु डंगौरा र आमा तुलसी डंगौरा थरुनी जन्मजात कमैया थिए । उनी जन्मिनुभन्दा पहिले उनका बुवा १७ जनाको परिवारको गर्जो टार्न साहुबाट १५ हजार सौंकी (ऋण) लिएका थिए । तर लिएको सौकी कहिल्यै तिर्न सकेनन् । पछि सोही सौकी तिर्न जमिनदारलाई जग्गाजमिन बेचे । यसरी उनको बुवाको कमैया जीवन सुरु भयो । स्माइल भन्छन्, ‘म जति बेला जान्ने बुझ्ने भएँ, त्यति बेला मेरो बुवा अनि दाई धनीराम चौधरीलाई कमैया भएको पाएँ । पछि मैले पनि उहाँहरुसँग मालिकको काम गर्नुपर्यो ।’ विभिन्न ठाउँमा कमैया बस्दै जाँदा उनका बुवा र दाई धनगढी बडहाराका जमिनदारको घरमा कमैया बसे । जमिनदारका छोराछोरीसँगै स्माइललाई नजिकैको नवदुर्गा प्राथमिक विद्यालयमा भर्ना गरियो । अनि सुरु भयो उनको स्कुले  जीवन ।  कक्षा ५ सम्म नवदुर्गामै पढेका उनी  कक्षा ६ र ७ भने धनगढीकै त्रिनगर माविमा पढे । उनका बुवा र दाई अत्तरिया फर्केपछि कक्षा ६ र ७ को विद्यालय खर्च जोहो गर्न उनलाई निकै ठूलो संघर्ष गर्नुपरेको थियो । विगत स्मरण गर्दै उनले भने, ‘बुवा र दाई अत्तरिया फर्केपछि पढ्नकै लागि आफन्तकहाँ बस्न थाले तर खर्च जुटाउन गाह्रो भयो । दिनभरि स्कूल पढ्थे, स्कूल विदापछि राति अवेरसम्म रिक्सा चलाउँथे । त्यही पैसाले कापी कलम किन्थे । स्कुलको शुल्क तिर्थे ।’ पछि उनी पनि अत्तरिया फर्केर ग्वासी माध्यमिक विद्यालयबाट २०५२ सालमा एसएलसी उत्तीर्ण गरे । त्यसताका उनलाई कक्षा ८ देखि १० सम्मको अध्ययनमा अत्तरियाका शिक्षक रामेश्वर विकले सहयोग गरेको उनी सम्झिन्छन् । विक हाल बुटवल बहुमुखी क्याम्पसमा प्राध्यापक छन् । शिक्षा प्राप्तीको लागि निकै संघर्ष गरेका उनी पूर्वाञ्चल विश्वविद्यालयबाट डेभलमेन्ट स्टडीबाट मास्टर्स गरेका छन् ।  अध्ययनसँगै उनले शिषण पेशा सुरु गरे । कैलालीको चौमालामा २०५८ सालमा आनन्द प्रावि स्थापना गरे । जहाँ उनले मुक्त कमैयालगायतका बालबालिकाहरुलाई पढाए । उनको शिक्षा पेशामा मात्रै सक्रियता रहेन । सन् २००३ देखि २०१० सम्म कमैया प्रथा उन्मुलन समाज नामक् गैरसकारी संस्थाको उनी कार्यक्रम संयोजक भइ ७ वर्ष काम गरे । २०६४ सालको पहिलो सविधानसभा सदस्य निर्वाचनमा उनी संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमार्फत् उम्मेदवारी दिएका थिए । काममा निकै लगनशील उनी नेपालकै प्रतिष्ठित चौधरी ग्रुपमा म्यानेजरदेखि सुदूरपश्चिम र कर्णाली प्रदेशको प्रशासकको रुपमा काम गरे । उनी  हाल अत्तरियास्थित एभेरेष्ट एकेडेमीका प्राचार्य छन् ।   त्यस्तै, युथ एलाइन्स फर डेभलपमेन्ट (याड) संस्थाका प्रमुखसँगै थारू भाषाको पहिलो दैनिक पत्रिका ‘पहुरा थारू दैनिक’ का प्रकाशक पनि हुन् ।