धरानमा डेंगुका कारण ७ जनाको मृत्यु भएको छ । जेठ महिना देखि धरानमा डेंगु फैलिएको थियो ।
धरान उपमहानगरपालिकाका स्वास्थ्य प्रमुख उमेश मेहताकाअनुसार ३ हजार ५ सय ३२ जना डेंगु परीक्षण गर्दा २ हजार ६६ जनामा डेङगु सङ्क्रमण देखिएको छ ।
यो कुल सङ्ख्या मध्ये ५८ प्रतिशत हो । उपमहानगरपालिकाले डेंगी नियन्त्रणका लागि भन्दै सर्च एण्ड डिस्ट्रोयलाई नै प्रभावकारी उपायाको रुपमा लिएर काम अगाडि बढाइरहेको दावी गरेको छ ।
धरानका प्रमुख हर्क साम्पाङ, उपप्रमुख आइन्द्र विक्रम बेघा, स्वास्थ्यकर्मीसहितको टोलीले धरानको ११, १५ र १६ नम्बर वडामा खोज र नष्ट गर ‘सर्च एण्ड डिस्ट्रोए’ अभियान चलाएको छ । धरानको ११, १५, १७ र १८ नम्बर वडा बढी प्रभावित देखिएको छ ।
डेंगुको १९ वर्ष
नेपालमा पहिलो पटक २०६१ सालदेखि डेंगु रोग देखिन सुरु भएको हो । त्यसपछि प्रत्येक वर्ष डेंगु रोग कहिले महामारीको रूपमा त कहिले छिटफुट रूपमा देखा पर्ने गरेको छ ।
२०७९ सालमा ७७ वटै जिल्लामा सङ्क्रमण पुष्टि भएको थियो । त्यस वर्ष पुस मसान्त सम्ममा ५५ हजार धेरै केस पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।
१९ वर्षको अवधिमा सन् २००४ देखि हालसम्म ८३ हजार ६८१ मा डेंगुको केस पुष्टि भएको छ ।
यसरी जोगिन सकिन्छ डेंगी सङ्क्रमणबाट
–पुरा बाहुला भएको लुगा लगाउने ।
–झुलभित्र मात्र सुत्ने ।
–घरको झ्याल, ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने ।
–घर, कार्यालय, विद्यालय वा सार्वजनिक क्षेत्रमा पानी जम्न नदिने ।
–खाल्डाखुल्डी पुर्ने र खानेपानी वा ढल चुहिएको छ भने तत्काल मर्मत गर्ने ।
–गमलाको प्लेट, फूलदानी, कुलर आदिको पानी कम्तीमा हप्ताको एक पटक फेर्ने ।
–साँझ, बिहान करेसाबारीमा जाँदा, घर बाहिर टहलिँदा वा पार्कमा जाँदा बालबालिकालाई लैजाँदा लामखुट्टेले नटोकोस् भनेर विशेष सावधानी अपनाउने ।
प्रकाशित:
१०३८ दिन अगाडि
|
११ साउन २०८०
३ घण्टा अगाडि
|
१६ जेठ २०८३
२ दिन अगाडि
|
१४ जेठ २०८३
३ दिन अगाडि
|
१३ जेठ २०८३
४ दिन अगाडि
|
१२ जेठ २०८३
५ दिन अगाडि
|
११ जेठ २०८३
६ दिन अगाडि
|
१० जेठ २०८३
७ दिन अगाडि
|
९ जेठ २०८३
१३२७ दिन अगाडि
|
२५ असोज २०७९
१३६१ दिन अगाडि
|
२१ भदौ २०७९
१३७१ दिन अगाडि
|
१२ भदौ २०७९
१३२६ दिन अगाडि
|
२६ असोज २०७९
१२७५ दिन अगाडि
|
१५ मंसिर २०७९
१३३१ दिन अगाडि
|
२० असोज २०७९
१२६४ दिन अगाडि
|
२७ मंसिर २०७९